Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

सरकारले चालू आर्थिक वर्षको पहिलो २ महिनामा ५ अर्ब ८९ करोड रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता पाएको छ ।

खुला अर्थव्यवस्थाको प्रत्याभूति, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र सहस्राब्दी विकास लक्ष्यलगायत विषयमा सरकारी प्रतिबद्धता आए दातृ निकायले थप सहयोग दिने जनाएका छन् । सोमबार अर्थ मन्त्रालयमा भएको दातृ निकायसँगको छलफलमा उनीहरूले यी विषयमा सरकारी योजना मागेका थिए ।

छलफलमा सहभागी अर्थसचिव कृष्णहरि बाँस्कोटाका अनुसार सरकारले सन् १९९० को उदारीकरण प्रक्रियाबाट सरकार पछि नहट्ने प्रतिबद्धता जनाएको बताए ।

यसैगरी यस वर्षको बजेट समयमै पारित भएकाले लक्षित ५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा पनि सरकारको रहेको उनले बताए ।

दातृ निकायका प्रतिनिधिहरूले बालबच्चाको शिक्षा र स्वास्थ्यमा सरकारले गरिरहेको खर्च, कृषि क्ष्ाेत्रका लागि विनियोजित बजेट लगायत विषयमा पनि चासो देखाएको बाँस्कोटाले बताए ।

0 comments:

Post a Comment