LeaVe MeSaGe
रञ्जना शर्मा आफूलाई साडीमा 'सेक्सी' देख्छिन् । भन्छिन्, 'मान्छेहरू साडीमा मलाई आहा ! कस्तो सुहाएको । क्या 'क्युट एन्ड सेक्सी' देखिएकी छौ भन्छन् । मलाई पनि साडी सुहाएझैं लाग्छ ।' रञ्जना पार्टीमा प्रायः साडीमा सजिने गरेको बताउँछिन् । 'साडी नारीको पहिचान हो । अरू डे्रसभन्दा साडी झन्झटिलो भए पनि मलाई साडी लगाउन अल्छी लाग्दैन,' रञ्जना भन्छिन्, 'मेरा ३५-४० वटा विभिन्न कलरका साडी छन् । फेरि-फेरि लगाउँछु ।' जमानाअनुसार 'फेसनेबल' हुनपर्छ भन्ने मान्यता छ उनको । साडीबाहेक मौसमअनुसारका ड्रेस पहिरने बताउँछिन् उनी । जाडोमा प्रायः उनी जिन्स-पाइन्ट र ज्याकेटमा देखिन्छिन् भने गर्मीमा स्कर्ट, व्ाान पिस ड्रेसमा देखापर्छिन् । 'सपिङ' मा पनि उनको रुचि उत्तिकै छ, । भन्छिन्, 'बाटोमा हिँड्दाहिँड्दै कुनै कपडा मन पर्यो भने किनिहाल्छु । फेसनमा 'कम्प्रोमाइज' गर्ने पक्षमा छैन म ।' उनको सपिङ प्रायः न्युरोडमा हुने गर्छ रे ! हालसम्म मर्यादा र मौसम गरी दुईटा फिचर फिल्म, गहना टेलिशंृखला तथा केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी उनी फिल्ममा भने कथाको मागअनुसार कपडा लगाउनुपर्ने भएकाले आफूले इच्छाएको डे्रस पहिरने मौका विरलै मिलेको बताउँछिन् ।
सुटिङका लागि सिलाएको कपडा फिल्मबाहिर लगाउदिनन् रे । किन त ? प्रस्ट्याइन्, 'क्यामेराका लागि कलरफूल ड्रेस सिलाइएको हुन्छ । बाहिर लगाउँदा आँखा खानुको साथै 'कार्टुन' जस्तो पनि देखिन्छ । त्यसैले लगाउँदिनँ ।' साडीपछि उनलाई कुर्ता, पाइन्ट र गाउन मनपर्ने रै'छ । 'पार्टी, हेरेर गाउन पनि लगाउँछु,' रञ्जना भन्छिन्, 'बुढापाका बढी भेला हुने पार्टी छ भने साडी वा सुट लगाउँछु । टिनएजर्सको पार्टी छ भने गाउन, पाइन्ट लगाउँछु । पार्टी पनि हेरीहेरी हुन्छ नि ।' झन्डै पाँच वर्षअघि आफन्तको बिहेमा पहिलोपटक साडी लगाउँदा निकै सास्ती बेहोर्नुपरेको अनुभव छ उनको । यता सम्हाले उता फुत्कने, हिँड्दा लडिएलाजस्तो भएकाले साडीले तनाव दिएको उनले बताइन् । भनिन्, 'पहिलोपटक साडी लगाउँदा मान्छेहरूले 'फुच्ची बेहुली' भनेर जिस्क्याएका थिए । साह्रै लाज लागेको थियो । तर, अचेल त साडी लगाउन मजाले आउँछ ।' डे्रसमा अहिलेसम्म सबैभन्दा बढी साडीमै लगानी गरेको बताउने रञ्जनाले किनेको सबैभन्दा महँगो साडीको मोल कति होला ? 'एउटा साडीलाई २५ हजारसम्म हालेकी छु,' उनले भनिन् । उनलाई मनपर्ने गाउन भने १५ हजारमा किनेको बताइन् । घरमा बस्दा लुज टाइपका कपडा लगाउने रञ्जना स्कुटरमा सर्रर हुइँकिँदा भने टाइट जिन्स पाइन्ट र टिसर्टमा सजिने बताउँछिन् । उनलाई मनपर्ने गर्मी सिजन सुरु भएको छ । अब भने उनलाई स्कर्टमा देख्न पाइनेछ । 'स्कर्ट लगाउन सजिलो तथा शीतलदायक हुन्छ । त्यसैले 'ओपन ड्रेस' लगाउँछु,' रञ्जनाको कथन छ, 'आफूलाई सुहाउँदो, सजिलो लाग्ने ड्रेसअप गर्नुपर्छ । फेसन भन्दैमा समाजले नै छि भन्ने खालको लगाउनुहुन्न ।' 'ओपन डे्रस' लगाएर हिँड्दा केटाहरूले र्याक भने कत्तिको गर्दा हुन् हिरोइन रञ्जनालाई ? लजाउँदै भनिन्, 'अहिलेसम्म त जिस्क्याउने मौका पाएका छैनन् । फेरि म त्यसरी खुलमखुला त कहाँ हिँड्छु र ?' अहिलेसम्म उनले आफूले चाहेअनुसारको डे्रस लगाएर अभिनय गर्न पाएकी छैनन् रे । उनको 'दिलखुस' हुनेे 'फिल्मी ड्रेस' भने कस्तो रै'छ त ? खुलाइन्, 'हाफ-पाइन्ट, छोटो टिसर्ट । मोर्डन लेडी, चुलबुले 'क्यारेक्टर' ।' डे्रसको सन्दर्भमा रञ्जनालाई के भनिदिए खुसी लाग्दो रै'छ त ? 'साडी लगाएको वेलामा आहा क्या सेक्सी देखिएकी भनिदियो भने म त भुतुक्कै हुन्छु । सेक्सी उपाधि पाउनु चानचुने कुरा होइन नि,' उनले भनिन् ।
भारतीय चलचित्रबाट प्रभावित नेपाली चलचित्र
नेपाली चलचित्र निर्माणको आधा शताब्दी बिति सक्दा पनि अहिले पनि नेपाली चलचित्र भारतीय चलचित्रबाट प्रभाबित छ । शुरुमा नेपाली चलचित्र स्तरीय भएपनि अहिलेका नेपाली चलचित्र हुबहु हिन्दी चिलचित्रको नक्कल गर्छन । आखिर किन गर्छन नेपाली निर्देशकले हिन्दी फिल्मको नक्कल के नेपाली निर्देशकहरुमा केही नौलोपन दिने खुबी छैन र कुनै पनि कुराबाट प्रभावित हुनु नराम्रो होइन् । हामीहरु कुनै न कुनै चीजहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएको हुन्छौ । हामीले प्रभावित भएको चीजबाट पुरै हुबहु नक्कल गर्ने होइन
कि हामीले त्यसबाट शिक्षा लिएर एउटा नयाँ तरिकाले प्रस्तुत गर्न सक्नु पर्छ । तर हाम्रा नेपाली निर्देशकहरु हिन्दी चलचित्रको कथा सम्वाद तथा अन्य कुराहरु हुबहु नक्कल गर्छन् । अनि हाम्रो चलचित्र नौलो छ । अहिलेको परिपेक्षमा एउटा नयु चलचित्र निर्माण गरेका छौ भन्नलाई निर्देशकहरु पछि पर्दैन । नेपाली निर्देशकहरु ठान्छन होला नेपाली जनताहरुलाई जस्तो चलचित्र बनाएर देखाए पनि हुन्छ । तर अहिलेको समयमा नेपाली जनताहरु नेपाली निर्देशकहरु भन्दा अगाडि छन् । अब नेपाली चलचित्रको स्तर पनि प्राबिधिक रुपमा पनि नयाँ पन दिनु पर्छ ।
नयाँ प्रविधिको प्रयोग गर्नु पर्छ नेपाली फिल्ममा । नेपाली फिल्म गाउमा बस्नेको लागि मात्र नबनाई अब सबैको लागि बनाउन पर्छ । कथा पटकथामा नौलोपन दिनु पर्छ । आपुनै कुरा गर्ने हो भने म त्यति नेपाली चलचित्र हेर्दिन । कहिले काही नेपाली चलचित्र पनि हेरौन भनेर हेर्न जाँदा फिल्मको पि्रन्ट नै २० बर्ष अगाडिको चलचित्र हेरेको जस्तो हुन्छ । अनि कथा पटकथा सम्वाद कलाकारको अभिनय पनि त्यति राम्रो हुदैन । पुराना चलचित्रहरु जस्तै लाहुरे कुसुमे रुमाल हरु कति राम्रा छन् । अहिले निर्माता तथा निर्देशकले चलचित्रको संख्या बढाउन भन्दामा पनि केही स्तरीय चलचित्र बनाउनु पर्ने अवस्था छ ।
निर्माता तथा निर्देशकले हिन्दी फिल्मको हुबहु नक्कल गर्नु भन्दा पनि त्यसबाट केही शिक्षा लिनु पर्दछ । अहिलेको अवस्थामा नायक तथा नायिकाहरुको पनि हेयर स्टाइल कपडा लगाउने शैली परिर्वतन गर्नु पर्दछ । अहिले बजारमा निस्केको नयाँ फेसनको कपडा तथा हेयर स्टाइल गर्नु पर्दछ । नयाँ नयाँ ठाँउमा फिल्म सुटिङ्ग गर्नु पर्दछ । समयनुसार चलचित्र पनि परिवर्तन गर्नु पर्दछ ।Anup Gurung




