Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

3:29 AM

टुट्यो अटुट बन्धन

Posted by Lovlyanup


पश्चिमा समाजमा वैवाहिक जीवनलाई सम्बन्धविच्छेदमा रूपान्तरण गर्नु फेसनजस्तै भइसकेको छ । पश्चिमेलीहरूको विवाह र सम्बन्धविच्छेद नाटकीय रूपमा नै हुने गर्छ । हलिउडकी प्रसिद्ध अभिनेत्री जुलिया र्रबर्ट्सले विवाह गर्नेबित्तिकै भनेकी थिइन्- गहिरो मायामा डुबेपछि शारीरिक रूपमा टाढा हुनुको कुनै अर्थ छैन ।’ उनका पति गायक लायल लोभेटले पनि भनेका थिए- ँजुलियालाई केटाकेटी मन पर्छ, हामी चाँडै नै यसका बारेमा पनि सोच्नेछौं ।’ तर विवाहको २१ महिनामै उनीहरूको सम्बन्धविच्छेद भएको खबर आयो ।
त्यस्तै प्रसिद्ध संगीतटोली स्पाइस गर्ल्सकी सदस्य मेल जीले नर्तक जिमीसँग प्रेमीहरूको शहर मानिने पेरिसमा इन्गेजमेन्टपछि भनिन्- ँहामीबीच अब कोही आउन सक्दैन ।’ जिमीले पनि भनेका थिए- उनी मेरो र्सवस्व हुन् ।’ त्यसपछि उनीहरूले भव्यतापर्वक बिहे गरे र एउटा सन्तान पनि जन्मियो । दुइ वर्षबित्दानबित्दै उनीहरूको विवाह पनि पारपाचुकेमा परिणत भयो । ब्राड पिट र जेनिफर एनिस्टन हलिउडका गोल्डेन जोडी मानिन्थे तर उनीहरूको वैवाहिक जीवन पनि पाँच वर्षै समाप्त भयो । एउटा फिल्मको सुटिङका क्रममा नायिका एन्जेलिना जोलीसँग नजिक भएको हल्लापछि एनिस्टनले ब्राडविरुद्ध सम्बन्धविच्छेदको मुद्दा हालिन् ।
दुइ वर्षो वैवाहिक एनिभर्सरी मनाउन नपाउँदै पप गायिका ब्रिट्नी स्पर्ेयर्स र केभिन फेडरलिनको पनि सम्बन्धविच्छेद भयो । सन् २००१ मा निकोल किडमेन र टम क्रुजको डिभोर्स भयो । उनीहरूले धर्मपुत्र बनाएका दुइ बच्चा पनि आपसमा बाँडेका थिए । यी परिचित केही व्यक्तिहरूका उदाहरणले पश्चिमेली विवाह र सम्बन्धविच्छेदको पाटोलाई प्रतिविम्बित गर्छ ।


हामी पर्ूर्वीयहरू विवाहपर्ूव घर बसाउने कुरा गर्र्छौं तर पश्चिमेलीहरू भने विवाहपर्ूव नै कसरी भत्काउने भनेर पनि योजना बुन्छन् । सम्बन्धविच्छेद भयो भने एकले अर्काको सम्पत्तिको कति अंश पाउने भनेर विवाहपर्ूव नै कानुनी कागजात तयार पारिन्छ युरोप-अमेरिकामा । सन् २००० मा विवाहबन्धनमा बाँधिएका हलिउड अभिनेता माइकल डग्लस र क्याथरिन जेना जोन्सले सम्बन्धविच्छेद भएको खण्डमा विवाहित रहेको हरेक वर्षो १० लाख पाउन्ड क्याथरिनले पाउने गरी समझदारी गरेका थिए । एक अध्ययनअनुसार बेलायतमा हरेक १ सयमध्ये ४० भन्दा बढी विवाह सम्बन्धविच्छेदमा परिणत भएका हुन्छन् ।
विवाह एक पवित्र र अटुट बन्धन भए पनि विभिन्न कारणले पर्ूर्वीय समाजमा समेत यस्तो बन्धन टुट्ने गरेको पाइन्छ । बदलिँदो समय र जिन्दगीको तीव्र भागदौडका कारण विस्तारै संयुक्त परिवारको चलन पनि एकलमा रूपान्तरित हुने क्रममा छ । त्यसमाथि ग्रामीण भेगमा रोजगारीको खोजीमा परिवारका सदस्यहरू शहरतिर लाग्ने र विवाहजस्तो महत्त्वपूर्ण निर्णय अभिभावकको सल्लाहबेगर गर्ने प्रचलनका कारण पनि थुप्रै विवाह असफल भएका छन् । नेपाली समाजले पश्चिमी सभ्यताको प्रभावमा परी एकल परिवारको अवधारणा अपनाउन थाले पनि त्यसको मौलिकता बुझन नसक्दा वैवाहिक सम्बन्धमा तरलता आउने र कतिपय अवस्थामा परिवार नै तहसनहस हुने अवस्था सिर्जना हुने गर्छ ।


हिन्दू धर्ममा प्राचीनकालदेखि नै विवाहलाई एक पवित्र धार्मिक संस्कार मानिँदै आएको छ । हिन्दू मान्यताअनुसार यो एउटा कानुनी सम्झौता नभएर पवित्र र जन्मजन्मान्तरको बन्धन हो, जसलाई कहिल्यै तोड्न सकिँदैन । विवाहलाई शारीरिकभन्दा बढी आध्यात्मिक मिलनका रूपमा व्याख्या गरिएको पाइन्छ । हिन्दू धर्मका प्रमुख १६ कर्ममध्ये विवाह पनि एक हो । अग्निसमक्ष पवित्र प्रतिज्ञा गरी सात फेरा लिएर गरिने विवाहले स्त्रीपुरुषलाई दृढ प्रतिज्ञामा बाँधेर धर्म, अर्थ, काम, मोक्षको लक्ष्यप्राप्तिको बाटो खोल्ने शास्त्रीय मान्यता छ । दार्शनिक अरस्तुले भनेका छन्- ँमानिस सामाजिक प्राणी हो । समाजको गठन हजारौं परिवार मिलेर हुन्छ र परिवार पतिपत्नी र छोराछोरी मिलेर । स्त्री र पुरुषको शारीरिक आकर्षाले प्रेमलाई जन्म दिन्छ । प्रेमको स्थायित्व अथवा घर बसाउने इच्छाले नै मानिसलाई विवाहबन्धनमा बाँध्छ ।’
नेपाली सेलिब्रिटी अर्थात् हाम्रो कलाकारिताजगत्मा पनि सम्बन्धविच्छेदको रोगले महामारीको रूप धारण गर्न लागिसकेको छ । विशेष गरी आपसी असमझदारीका कारण नेपाली चलचित्रक्षेत्रमा यस्तो विकृति फैलिँदो छ । वैवाहिक जीवन एक-दुइ वर्षन्दा नटिकेका कलाकार नेपालमै पनि प्रशस्त छन् । पश्चिमेलीहरूको अन्धाधुन्ध अनुकरण गरिरहेको नेपाली समाजमा पनि सम्बन्धविच्छेदको प्रवृत्ति बढिरहेको छ । खास गरी शिक्षित अनि कामकाजी पतिपत्नीका बीचमा सम्बन्धविच्छेद बढी हुने गरेको देखिएको छ । शिक्षित अनि कामकाजी दम्पतीहरूमा पनि श्रीमान् श्रीमतीभन्दा माथिल्लो पदमा कार्यरत छन् भने यस्तो अवस्था आएको देखिन्छ । उनीहरू सधैं पत्नीलाई तल देख्छन्, जसले गर्दा पत्नीको आत्मसम्मानमा ठेस पुग्छ । पतिको यस्तो एटिच्युडले आपसी सम्बन्धमा कटुता उत्पन्न हुन सक्छ । यसको विपरीत पत्नी माथिल्लो दर्जामा छिन् भने श्रीमान्मा हीनताबोध र कुण्ठाको भावना उत्पन्न हुन्छ, जसले गर्दा दाम्पत्य जीवनमा तनाब र कलह उत्पन्न हुन जान्छ ।
शिक्षित मानिसमा स्वभावतः व्यक्तिवाद, स्वतन्त्रता र समानताको भावना बढी हुन्छ । शिक्षित पत्नीहरू महिला हकअधिकारका पक्षधर देखिनु स्वाभाविकै पनि हो । यसले पुरुषप्रधान हाम्रो समाजमा पुरुषले आफ्नो स्वाभिमानमा ठेस पुगेको महसुस गर्छन् । नारीपुरुषबीचका यस्तै असमझदारीका कारण धेरैजसो सम्बन्धविच्छेदका घटना हुने गरेको अध्ययनले देखाएका छन् । प्रत्येक वर्षकाठमाडौं जिल्ला अदालतमा मात्र ४ सयभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुन्छन् ।
सम्बन्धविच्छेदको मुख्य कारण पतिपत्नीबीच एकअर्काप्रतिको असीमित अपेक्षा हो । श्रीमान्ले श्रीमतीबाट घरको हेरचाह, सामाजिक जिम्मेवारी, पतिको सेवा र सम्पर्ूण्ा परिवारको खुसीका लागि र्समर्पणको भावना अपेक्षा गरेका हुन्छन् तर व्यक्तिवादबाट प्रभावित शिक्षित महिलाहरू आफूलाई संयुक्त परिवारमा बाँध्न चाहँदैनन् । त्यस्तै पत्नीले पनि पतिबाट कयौं कुराको अपेक्षा राखेका हुन्छन्, जस्तै- ठूलो घर, बैंकब्यालेन्स, महँगा कपडा र गरगहना, उच्च सामाजिक प्रतिष्ठा, विदेश भ्रमण आदि । जब यी अपेक्षा पूरा हँुदैनन्, उनीहरूबीचमा गुनासो बढ्दै जान्छ र त्यसले सम्बन्धविच्छेदजस्तो गम्भीर परिस्थिति निम्त्याउँछ । सुखी र खुसी परिवारको निर्माणका लागि वास्तवमा पतिपत्नीबीच आपसी प्रेम, सौहार्दता र समझदारीको विकास हुनर्ुपर्छ । जब आत्मनिर्भरताप्रतिको चेतनाको
स्तर बढेर पतिपत्नीबीच आत्मसम्मानको टक्कर पर्छ तब सम्बन्धमा फाइदाको खोजी हुन थाल्छ र असन्तुष्टि जन्मन्छ ।

5:41 AM

Your friendly neighbourhood hawker

Posted by Lovlyanup

‘Hey! Be careful with those tomatoes, else they might get damaged," a middle-aged woman with a forehead dripping in sweat speaks inside a bus loaded with sacks full of vegetables. Dressed in a colourful maxi and draping a shawl, the woman is just one of the thousands of neighbourhood hawkers we encounter every day in the capital. Yet, her concerns for her goods show a dedication similar to any other individual business owner.
Dawn hasn't broken properly today, even though it's nearly 6. But the bus is packed with vegetables sellers transporting their wares from the Valley's biggest market at Kalimati to several other points inside the capital. As the driver gets ready to push the pedal like a super-express train, the early commuters take care to not trample on the vegetable sacks inside the vehicle. However, there is limited space inside, which means some of the hawkers must ride on top — a free-fall, if you can call it that. The conductor seems to have practised carrying the sacks on top — after all, he has been doing this everyday.
The biggest vegetable market in the country at Kalimati sees thousands of vegetable traders from different parts of the country gathering together for a round of haggling every morning. Over the million different shouts, one can barely figure out what's going on. However, there is a semblance of order in all that chaos. It is in the stories of these hawkers who toil long and hard all day long.
Parmananda Shah came to the valley 25 years ago from Birgunj in search of a better life. "I have been selling vegetables for the last two decades," says Shah, who has finally set up his own shop in Boudha after several locations. As could be imagined, it is a similar tale that one hears from Shah. The only bread winner of a family of seven, he still has to ask for money from home if he falls ill. What about his savings? "I made a profit of Rs. 1,000 one day." The next day, he made none.
Since one consumes vegetables everyday, the hawkers must bid for the lowest price every day as well, come rain or shine. Parbati Ghimire explains, "I come around 4 in the morning for the best of the stock, no matter the weather. I have been coming here since the last 13 years — even when it's pouring cats and dogs, as well as in the freezing cold." Parbati is 56 and has married off four kids, and currently lives with her youngest son at Jorpati.
The hawkers want to arrive at their respective destinations as early as possible, but the driver is a bit slow today. Dharma Raj Maipati, a grocer from Golfutar comes to the market around 4:30 and is in a hurry, despite it being only 6:15. "People start coming to buy milk early morning," he says.
The vegetable-selling economy is as unpredictable as the share market. For example, the current price of potatoes inside the valley is Rs. 160 a Dharni (2.5 kg), while just a week ago, they cost Rs. 80 for the same quantity. Though protests, strikes and political problems create a supply shortage, even the seasons are an important factor in deciding the prices. Basu Maharjan, a grocer since the last 18 years at Bafal, says, "These days, I make nearly 20% less profit as vegetables go dry in a day." Similarly, if a political event is a prolonged affair, hawkers begin to feel the pinch, as the supply itself dries up. Maipati says "normal people" think vegetable sellers make a lot of money, which isn't true at all. True, the profit element is not overlooked, as the hawkers have to pay the coolies and the vehicles' fares. But most consumers are aware of that, according to Ghimire.
However, there are others like Sita Khadgi who has learned to improvise and survive the hard times. In her late thirties, Khadgi says whenever a shortage occurs, she gets green vegetables like spinach and broccoli from the locals farmers. "These vegetables show immediate profit, as they have to be sold within a day or they will go stale," Khadgi says.
This cycle of their morning haggling amid the chaos, and on the bus to the local market continues everyday. They are among the city's lifeline, an essential part without whom the common man's meal cannot be completed. Yet, they struggle everyday — sometimes with the weather, sometimes with political volatility, and other times, with the fluctuations of daily fortunes. As expected, resentment brews here. A woman in her 40s who places her load carefully amid the back seats of the bus gives a vitriolic reply when asked about difficulties in the profession. "I don't want to talk about it because nobody can do anything to help people like us."
It is broad daylight by now, and the sun has risen hard over the valley. Residents wake up from their slumbers and begin to trot towards their neighbourhood hawker. And a new cycle of bargaining begins.

हाम्रो भविष्य सुन्दर बनाउनको लागि हाम्रो पुर्खाले पनि धेरै रगत बगाएका छन् । कहिले २००७ सालमा राणा शासन अन्त्यकाको लागि त कहिले २०४६ सालको जनआन्दोलन र जनआन्दोलन भाग २ को लागि रगत बगाएका छन् आपुनो देशको लागि र हामीले पनि कहिले सम्म रगत बगाउनु पर्ने थाहा छैन । हामीहरु आन्दोलन गर्ने बेला सबै मिल्छौ । अनि हामी देश बनाउनको लागि चाहि किन मिल्दैनौ । के सबै आन्दोलन खाली कुर्सीको लागि मात्र हो र के प्रधानमन्त्रि बन्नको लागि मात्र आन्दोलन गर्ने अनि कुर्सीमा पुगे पछि केही नगर्ने ।सबै सहमतिमा आएर सहमति गरेर देशको लागि केही गरौ न भन्ने भावाना पनि अलिकति मनमा राखौ न । अनि देश बनाउन तिर लागौ न । अहिले देशमा कतै शान्ति छैन । न कसैले देशको कानुन नै मान्छन् । आजकल त जे गरे पनि बन्द गर्नै बाहैक अरु कुनै बिकल्प नै रोज्दैनन् । बाटोमा केही भयो भने अनि घरमा एक जनालाई केही भयो भने पनि उनीहरु बन्द गर्न अनि तोडफोड गर्न उत्रीन्छन् । उनीहरुले सोच्दैन कि अरुलाई पनि त्यसबाट असर पर्छ भन्ने खाली आपुनो माग पुर्याउनको लागि अरुको अधिकार हनन् मात्र गछैन् । हो आपुनो हकको लागि आवाज उठाउन पर्छ तर त्यो समस्याको समधान सबै बन्दमा नै छ त्यसको केही विकल्प छैन कि हामीले त्यसको लागि केही विकल्प खोज्ने प्रयास नै गरेको छैनौ बन्दले गर्दा हाम्रो देशका अर्थतन्त्र पनि आरालो लागेको छ कति उधोगधन्दा बन्द र धरायसी भएका छन् र कतिको रोजगारी गुमेको छ भने कतिले ज्यान नै गुमाएका छन् । यसरी हेर्दा खेरी आपुनो हितको लागि कतिलाई दुःख दिएका छौ त्यो पक्कै पनि हामी आफैले सोच्न पर्ने बिषय हो । हुन पनि बन्द नगरी सरकारले हाम्रो केही माग नै सुन्दैनन् र आजकल एउटा सानो कुराको पनि माग हामी प्रधानमन्त्री सँग गर्दछौ किनकी जि वि स हरुले केही गर्न नै सक्दैन कि उनीहरुलाई केही अधिकार नै छैन त । उनीहरुलाई पनि अधिकार दिए कसो होला सानो तिनो माग पुराउनको लागि । अब बन्दले मात्र केही हुने वाला छैन । नेपालमा अब बन्द महिनामा १२ दिन बन्द भएन भने पनि अनौठो मान्नु पर्ने अवस्था छ । यो सब हामीले गर्दा भएको हो । अब हामीहरु बन्द हडताल छोडेर नयाँ नेपाल बनाउनतिर लाग्ने हा कि देशमा भएको प्राकृतिक सोत्रहरुको सदुपयोग गरेर व्यक्ति धनी हुनु भन्दा देशलाई धनी बनाउने हो कि हाम्रो देशमा के को कमी छ र देशको भएको जलसोत्रलाई राम्रो सँग सदुपयोग गर्यो भने पनि देश धनी बन्छ । अनि देशमा पर्यटकहरुको गन्तव्य स्थान पनि बनाउन सकिन्छ । पर्यटक क्षेत्रबाट पनि हामीले धेरै गर्न सक्छौ । हाम्रो नेपाल सरकारले खाली कर काहाबाट उठाउने भनेर बिदेशीहरुको नक्कल गर्छन् बरु त्यसको सट्टा हामीले विदेशीहरुले कसरी उनीहरुको देशको विकास गरेको छ र कसरी जनताहरुलाई सेवा दिदाँ राम्रो हुन्छ त्यस्तो राम्रो विकासको नक्कल गर्दा कसो होला । अनि देशमा भएको जनशक्तिलाई पनि यो ठुलो ठुलो आयोजनामा मौका दिनु पर्छ । हामीहरु नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु प्नि सक्षम छन जुन काम गर्न विदेशी कम्पनीले गर्छ । अब हामी सम्पुर्ण नेपालीहरु मिली नयाँ नेपाल बनाउनलाई एक अर्काको खट्टा नतानी साथ दिनु पर्छ होला । हाम्रो यो खुट्टा तान्ने बानीलाई हटाउनु पर्छ र अब नयाँ नेपाल बनाउन सबै सँग हातेमालो गरी सम्पुर्ण नेपाली एक भई देशको विकास गर्नु पर्छ ।

Writer : अनुप

रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति बाह्र बजेको समय हुनु पर्छ।
म यतिखेर इन्टरनेटमा बस्नुमा यौटा रमाइलो सन्दर्भ छ। पछिल्ला दिनमा मैले रमाइलो च्याट पार्टनर फेला पारेको छु। उसका अभिव्यक्ति मलाई निकै मन पर्छन्। यति चाखलाग्दा हुन्छन् कि म ऊबाट धेरैथोक सिकिरहेको अनुभव गर्छु। उसका कुराहरु जति चाखलाग्दा हुन्छन्, उत्तिकै अचम्मलाग्दा पनि। उसैसँग कुरा गर्न म आज पनि यो मध्यरातसम्म बसेको छु।
यो च्याट पार्टनर किन अचम्मलाग्दो छ भन्ने कुरा मैले बताउनै पर्छ। उसले मेरो ‘एड’ कसरी पायो मैले सोधिनँ। मलाई त्यो त्यति ठूलो चासोको विषय पनि बनेन। तर उसैले मेरो इमेल उसको ‘एमएसएन’ मेसेन्जरमा पहिले एड गरेकै हो। त्यसपछि मात्र मैले उसको आइडिलाई स्वीकारेर ओके गरिदिएको हुँ। किन पनि भने मलाई च्याट पार्टनर बढाउनु थियो मैले ओके गरिदिएँ। त्यसपछि हाम्रो च्याट सामान्य रुपमा शुरु भएको हो।
शुरुकै दिनमा उसले मलाई अचम्म पारेको थियो। मैले उसको नाम सोधेको थिएँ जब ऊ मेरो मेसेन्जर बक्समा अनलाइन देखिएको थियो।
त्यसपछि उसले आफ्नो परिचय दिँदै भनेको थियो-’म टेस्ट्युब बेबी हुँ। माने टेस्ट्युब छोरो हुँ।’मलाई शंका लाग्यो तत्काल सोधेँ-’तिमी कम्प्युटर ह्याकर त होइनौ?’
‘अहँ होइन होइन , सत्य होइन’ उसले उत्तर दियो-’आत्तिनु पदैन।’
‘सत्य सत्य म टेस्ट्युब बेबी हुँ, तिमीले पत्याएनौ?’ उसले तुरुन्तै लेख्यो।
त्यसपछि हाम्रो सम्बन्ध विस्तारै चौरको दुवोजस्तो गाँजिदै र बढ्दै गएको बयरको पोथ्रो जस्तो झाँगिदै गएको थियो।
इन्टरनेट कनेक्सन भएको एकै छिनमा एमएसएन साइन इन भएको संकेत गर्‍यो। उसले अघिनै साइन इन गरिसकेको रहेछ।‘सञ्चै छौ?’, अंग्रेजी वर्णलाई रोमन नेपाली बनाएर उसले पहिले लेख्यो।
‘ठीक छु’ सरल नेपाली कै लवजमा मैले उत्तर दिएँ। यसैगरी हाम्रो च्याट गफ क्रमश बढ्दै गयो।
‘दिनहरु कसरी बित्दैछन्?’-मैले लेखेँ।
‘त्यसरी नै जसरी हिजोका दिनहरु वितेका थिए’ टेस्ट्युब छोराले उत्तर फर्कायो-’अर्को एउटा दुःखदायी दिनको सूर्यलाई जन्माउन एउटा दिनको सूर्यको हत्या गरिरहेको छु। प्रत्येक दिनको हत्या गर्दै म दिन बिताइरहेको छु।’
उसका कुराहरु मलाई दार्शनिक लाग्थे। उत्तर आधुनिक दर्शन बोकेको कुनै व्यक्तिजस्तो लाग्थ्यो उसको व्यवहार। लेखेँ-’तिमीसँग गफ गर्न पाएकोमा म धेरै खुशी छु।’
‘तिमीले किन आफ्नो नाम टेस्ट्युब बेबी राखेको भन्न सक्छौ?’ मैले उसको प्रतिक्रियाको प्रतीक्षा नगरी अर्को प्रश्न तेस्र्याएँ।
‘टेस्ट्युबमा वीर्य र डिम्ब घोलेर जन्माइएको हो मलाई। त्यसैले मलाई जान्नेहरु टेस्ट्युब बेबी भन्छन् मलाई’ उसको बिना हिच्किचाहट जवाफले ऊसँगको मेरो गफ झन् फरासिलो बन्दै गएको थियो।
‘तिमी विज्ञानको प्रगति रहेछौ, तिमीसँग गफ गर्न पाएकोमा म औधी खुशी छु टेस्ट्युब छोरा’ मैले निकै खुशी दर्शाएँ।
तर मेरो अपेक्षा विपरीत उसले उत्तर दियो-’तर विज्ञानको प्रगति भएर जन्मिनु परेकोमा म चाहिँ साह्रै दुःखी छु।’
जन्मिनुमा मान्छेहरु किन दुःखी हुन्छन्? मैले अचम्म मानेँ। र उसलाई पनि मेरो मनमा जे लागेको थियो त्यही कुरा सोधेँ। साथमा केही आश्चर्यका संकेत चिन्हहरु पनि पठाएँ।
‘म आफ्नो जन्मप्रति होइन, त्यसरी जन्मिनु परेको प्रति दुःखी छु’-उसले थप प्रष्ट पार्‍यो।म केही अचम्मित भएँ। केही जिज्ञासु भएँ। विज्ञानको प्रगतिबाट संसार हेर्न पाएको टेस्ट्युब बेबी किन यसो भन्दैछ मैले बुझ्न सकिनँ। सोधेँ-’किन तिमी यसमा साह्रै दुःखी छौ?’
‘हो’, उसले भन्यो ‘सबैभन्दा दुःख मलाई मेरो बाबु आमा नखुट्टिएकोमा छ।’
उसले आफू गम्भीर भएको केही संकेत चिन्हहरु पनि सँगै पठाएको थियो। म उसलाई केही सोध्न चाहँदै थिएँ । उसले त्यही कुरा लेख्यो-’म आज तिमीलाई मेरो वास्तविक कथा सुनाउँछु, सुन्छौ?’‘
यदि तिमीलाई गाह्रो पर्दैन भने’-मैले सहानुभूतिसहित लेखेँ।
‘सुन सत्य कुरा बताउन कुनै गाह्रो हुँदैन। जो सत्य कुरा बताउन गाह्रो मान्छन् ती कपटी हुन्। तीसँग इष्र्या र द्वेष बाहेका केही हुँदैन’, उसले भन्यो-’उनीहरु (अहिले म जसको छोरो भएर बसेको छु) ले प्रेम विवाह गरेका थिए। उनीहरु दुवै कलेजका प्रोफेसर हुन्। तर उनीहरुबीच छोराछोरी जन्माउने विषयमा मतान्तर रहेछ। यो प्रमाण मैले अहिले भेटेको छु। त्यसैले टेस्ट्युबमा घोलिएको डिम्ब र वीर्य अर्कै आइमाइको पाठेघरमा गर्भाधान गरेर म जन्मिएँ। अर्कै आइमाइमार्फत मेरो बाबु (जो मलाई छोरो भनिरहेको छ) को पालन पोषणमा आएको हुँ।
अहिले मेरा बाबुसँग उसकी श्रीमती छैन। उसलाई छोडेर गइसकी।’
उसको कुराले मेरो मथिङ्गल चकरायो। मैले केही बुझेजस्तो अनुभव गरेँ। केही नबुझेजस्तो अनभव गरेँ। उसको यौटै अभिव्यक्तिले मेरो मन भावुक भयो। ‘किन तिमी उदास त? तिमीसँग माया गर्ने बाबु त रहेछ नि?’ मैले लेखेँ।
‘म साइनोमा उनीहरुको छोरो हुनु परेकोमा दुःखी छैन’-उसले तुरुन्तै लेख्यो,’ हो उनीहरुबाट सक्दो माया पाएको छु।’
‘अनि अरु के भयो त?’ मैले जिज्ञासा राखेँ।
‘आफ्नो पाठेघरमा (प्राकृतिक) गर्भाधान नगराएर भ्रुणको जन्मन पाउने अधिकार हनन् गर्ने प्रकृति विरोधी आइमाइ (हरु) प्रति म निकै दु:खी छु’, उसले आफ्नो दुखेसो पोख्यो-’यो विखण्डन र प्रकृतिविरोधी काम विज्ञानले गरेको हो र मैले त्यो पत्ता लगाएँ।’
‘कसरी आइमाइ असक्षम पनि त हुन सक्छे’ म थप जिज्ञासु बनेँ।‘एकै छिन है’, उसले लेख्यो। मैले उसका अभिव्यक्तिहरु पर्खिएँ। र एकै छिनमा एउटा स्क्यानिङ म्याटरको एटेच फाइल मेरो इमेलमा पठायो।
‘त्यो इमेलम मेरो बाबुलाई छाडेकी प्रोफेसर प्रेमी श्रीमतिले लेखेको चिठी छ । राम्ररी पढ, प्रमाण त्यही हो’, उसले लेख्यो-’त्यो मैले मेरो बाबुको डायरीमा भेटेको थिएँ। स्क्यानिङ गरेर राखेको हुँ र यसलाई मैले एक्काइसोँ शताब्दीका युवतीहरुको भावना हो भन्ने बुझेको छु।’मैले मेल खोलेँ। श्रीमान प्रोफेसरलाई श्रीमति प्रोफेसरले लेखेको पत्र थियो। निकै बेर पढेँ। पत्र यस्तो थियो-
प्रिय………आ आफ्न तर्कमा अडिग रहेर हामी असहमत भयौँ। तिमीलाई मभन्दा तिम्रो वीर्य प्रिय लाग्यो। मैले सम्मान गरेको विज्ञानको प्रगतिलाई तिमीले घृणा गर्‍यौ। म मेरो पाठेघरमा गर्भाधान गर्न चाहन्न। तिमी टेस्ट्युब छोराको बाबु बन्न इन्कार गर्छौ। तिमी विज्ञानको प्रगति मुन्तिर आफू नंपुसक नभएको देखाउन चाहन्छौ। म मेरो पाठेघरमा गर्भाधान गर्न सक्षम भएर पनि विज्ञानको प्रगति उपभोग गर्न चाहन्छु। हामी देख्नका लागि श्रीमान् श्रीमति हौँ।तर आफू आफूमा स्वतन्त्र छौँ। त्यसैले म मेरो स्वतन्त्तताको पूर्ण प्रयोग गर्न चाहन्छु। म आधुनिकतामा डुब्न चाहन्छु। तिमी त्यसमा छट्पटाउँछौ।
प्रोफेसर अन्त्यमा,यो पत्र लेख्दा साँझ परिरहेको छ।पश्चिममा घाम पहेँलो भएर डुब्दैछ। म हामीले प्रेम साटेको विश्वविद्यालयको हरियो चौरमा छु। केही विद्यार्थी हिजो हामीले प्रेम गर्दा अंगालिएजसरी नै यी पोथ्राइला रुखका फेदमा अंगालिएका छन्। म यतिखेर विवाह पूर्व र पछिका तिमीसँग बिताएका हरेक साँझ सम्झिरहेछु। हामीबीच असहमति गम्भीर रुपमा बढेपछि मैले एक्लै बस्ने निर्णय गरेँ र यो पत्र लेखेँ। यसलाई सुरक्षित राख। यही पत्रमार्फत् जानकारी दिन्छु-तिम्रो जन्म दिनको लागि यौटा राम्रो उपहार तयार गर्न लगाएको छु। त्यो टेस्ट्युब बेबी हो। तिमी जन्मिएको ३६ वर्ष पूरा भएको दिन मेरो उपहार टेस्ट्युब छोरो जन्मिएको ३६ हप्ता हुनेछ। र मेरो प्रेमको अन्तिम चिनो तिमीले त्यसैलाई स्वीकार्नु पर्नेछ। मलाई माफ गर, मैले तिम्रो प्रस्ताव स्वीकारेर मेरो पेट अस्वभाविक रुपमा बढेको देखाउन सकिनँ।तिम्रोप्रोफेसर श्रीमति
मैले चिठी पढिसकेको जानकारी गराएपछि उसले मेरो दिमागले नसोचेको कुरा गर्‍यो-’अब तिमी आफ्नो वीर्य बेच्न जाँदैनौ?’
हाँसोको संकेत चित्रसहित मैले टेस्ट्युब छोरो नजन्माउने मेसेज सेन्ड गरेँ।
‘तिमीलाई थाहा छ ? अब शहरका क्लिनिकहरुमा दूध वा तेलका ट्याङ्कीजस्ता वीर्यका ट्यांकीहरु राखिनेछन्। मेरो उत्पादन त्यसैको संकेत हो’, टेस्ट्युब छोराले मेरो उत्तर बाहेकको तर्क गर्‍यो -’र शहरका डाक्टरहरु वीर्य वेचेकै पैसामाथि सुत्नेछन्।वीर्य वेच्ने पुरुषहरु शिथिल भएर कालो पत्रे सडकमा आफ्नो मधुरो छाँया हेर्दै लठक् लठक् शिथिल हिँड्नेछन्।’
‘रमाइलो कुरा त अर्को छ केही समय पछि नै मेरा बाबुका श्रीमतीजस्ता आइमाइहरु (युवतीहरु) शहरका क्लिनिकमा योनीको प्लास्टिक सर्जरी गर्न लाम लाग्नेछन्। र डाक्टरलाई उनीहरु भन्नेछन्-’ˆफ्याँकिदेऊ डाक्टर मेरो पाठेघर फ्याँकिदेऊ। मसँधै कुमारी बस्न चाहन्छु।’ क्लिनिकहरुमा पाठेघर झिकेर फ्याँक्ने महिलाहरुको लाम लाग्नेछ। प्रत्येक पक्की र शीशाले बेरिएका घरहरुमा विज्ञानको प्रयोगशाला बन्नेछ। त्यतिखेर अहिले जस्तो टेस्ट्युब बेबी जन्माउन कुनै अर्को महिलाको पाठेघर आवश्यक पर्ने छैन। प्रत्येक शीशाले वेरिएका घरका प्रयोगशालामा च्याँच्याँ गर्दै नानीहरु जन्मनेछन्, पोल्ट्रिफार्ममा चल्ला उत्पादन भएजस्तो। तर नानीहरुको पहिलो रुवाइले त्यतिबेला त्यहा कुनै स्वास्नीमान्छेको मन छुने छैन। तिनीहरु स्तन नझोलिएर टम्म हुनेछन्।’
‘श्रीमती/प्रेमीहरु टेस्ट्युब छोराकेँ बाबु बन्न इन्कार गर्ने पुरुषप्रेमी वा श्रीमान्को छातीको रौँहरु उखेलेर उनीहरु प्लास्टिकको बलबान पुरुष खेज्नेछन्।र, लोग्नेको छेवैमा तृप्त निद्रा सुत्नेछन्।’ यसपटक उसले निकै लामो अभिव्यक्ति लेख्यो। मैले उसका प्रत्येक अभिव्यक्ति ध्यान दिएर पढेँ।
मैले केही सोध्न नपाउँदै उसले फेरि लेख्यो-’हेर अब यहाँ कोही कसैको स्वास्नी हुने छैन। कोही कसैको लोग्ने वा छोरा छोरी पनि हुने छैनन्। (मेरोजस्तो साइनो हुनेछ सबैको) प्रत्येक पुरुषले वीर्य बेचिसकेका हुनेछन्। प्रत्येक आइमाइले डिम्ब बेचिसकेका हुनेछन्। त्यसपछिका सबै केटाकेटी विज्ञानको प्रयोगाशालामा जन्मिने छन्। प्रयोगशालामा जन्मिने ती छोराहरु कुनै दिन टिमिक्क छाती बनाएर हिँड्ने डिम्ब बेच्ने ‘आमाहरु’लाई नै सम्भोगको प्रस्ताब राख्नेछन्।ती छोरीहरु वीर्य वेच्ने पुरुषहरु (चाहे उनीहरुमा तिनकै वीर्य मिसिएको किन नहोस्) लाई प्रेमको प्रस्ताव राख्नेछन् र निर्धक्क संभोगमा लिन हुन चाहनेछन्।र टेस्ट्युब छोराछोरीले भन्ने छन्-’छैन तिमीसँग मेरो कुनै नाता छैन। म तिम्रो प्रेमी हुन सक्छु। तिमी र म लोग्ने स्वास्नी बन्न सक्छौँ। आऊ आजको रात सँगै सुतौँ।’ त्यसपछि मेरो बाबुका श्रीमतिजस्ता आइमाइहरु भावुक बन्दै फर्किएर छोडेका लोग्नेहरुसम्म आउने छन् र विज्ञानलाई प्रेम गरेको विगत सम्झिँदै हिक्हिकाउने छन् बुढो प्रेमीको अंगालोमा जतिबेला बुढा लोग्नेका हड्डीहरु विस्तारै मक्किँदै कमजोर भइसकेका हुनेछन्। हेरिबस तिमी यी सबै सबै देख्ने छौ।’
उसले आफ्ना तर्कहरु लेखिरह्यो। कतिसम्म भने म उसका तर्कहरु पढ्न मात्र भ्याइरहेँ। तर पनि उसलाई सोधेँ-’तिम्रो मतलब विज्ञानसँगको मान्छेहरुको प्रेम सत्यताको अन्तिम मोह हो भन्ने हो ?’
‘तिमीले ठीक भन्यौ। म तिमीलाई यही कुरा लेख्दै थिएँ ‘, उसले एकछिन पनि ढिलो नगरी लेखेको मेसेज मकहाँ आइपुग्यो-’विज्ञानको प्रगतिको नाममा हजारौँ आइन्स्टाइनको मृत्यु त प्रारम्भ भइसकेको छ नि।’
मैले उसको कुरा अलिकति पनि बुझिनँ। सोधेँ-’कसरी? तिमीले के भन्न खोजेको हो खासमा?’‘ल तिमीले यति सजिलो कुरा पनि बुझ्न सकेनौ?’, उसले यौटा जोकर चित्र पनि मेसेजसँगै पठायो-’कण्डम, निलोकन, डायफ्राम, नरप्लान्ट आदि छ नि, हो मैले यिनै परिवार नियोजनका साधनको कुरा गरेको हुँ जुन वीर्य र डिम्बको मिलनमा खलनायक बनेर देखिएको छ। विज्ञानको ‘गर्भ निरोधक प्रगतिले’ नजन्मँदै जन्मन सक्ने हजारौँ आइन्सटाइन, बुद्ध वा गान्धीहरु मारेको छ। परिवार नियोजनका यी सब अस्थायी साधनलाई भ्रुण हत्याको आरोपमा कारागार पठाउनु पर्छ। यो भ्रुण विनासको विकास विज्ञानले गरेको हो।’
उसले मान्छेहरु आधुनिकताको पाखण्डमा हिँडेको तर्क गर्‍यो। उसले लेख्यो-’विज्ञानले सबैलाई बाँधिसकेको छ। चाहेर नचाहेर मान्छे त्यसको भासमा फस्दैछन्। शुरुमा त्यसले रमाइलो दिइरहेको छ तर मान्छेको समवेदना, हार्दिकता र अनुभुतिहरुमा यसले विस्तारै डढेलो लगाउँदै छ।’
त्यसपछि अकस्मात मेरो कम्प्युटरमा इन्टरनेट डिस्कनेक्ट भयो। हामीबीचको संवादलाई त्यसले टुक्र्याइदियो। विज्ञानको प्रगति कहिलेकाहीँ यस्तै हो भन्ने सोच्दै मैले पुनः कनेक्ट गरी साइन इन गरेँ।तर ऊ अनलाइन थिएन। ऊसँगका कुराहरु मैले सेभ त गरिनँ तर उसले एटेचमा पठाएको श्रीमति प्रोफेसरको चिठी भने अझै मेरो इमेलमा छ।•
आज पनि म मेरो कम्प्युटरअघि बसेर यो कथा लेखिरहेको छु। आफ्नो एमएसएन साइन इन मै छ। केही मेरा साथीहरु अनलाइनमा छन्। तर ऊ मेरो अनलाइनमा छैन। तै पनि मसँग प्रतीक्षा छ। र उसको सम्झनामा यो यौटा कथा छ।
कथा लेख्दै गर्दा म यतिखेर मेरी प्रेमिका सम्झिरहेछु। जो दिनभर साइबर क्याफेमा छिरेर च्याटमा कुरा गर्दै कुनै च्याट पार्टनरसँग छिल्लिन्छे र हरेक साँझ मसँग अँगालिन आउँछे। र भन्छे-’अनमोल, जन्माउन्न म कुनै सन्तान जन्माउन्न। खेप्न सक्दिन म गर्भको पीडा। र सक्दिनँ लालाबाला खेलाएर दिन बिताउन। त्यसप्रति कुनै मोह छैन मलाई। बस म तिमीलाई प्रेम गर्छु।’
म केही भन्न सक्दिनँ मेरी प्रेमिकालाई। टेस्ट्युब छोरासँगको च्याट गफ मैले कहिल्यै उसलाई सुनाइनँ। शायद उसले त्यसमा सहमति जनाउँदी हो वा नपत्याउँदी हो। टेस्ट्युब छोराले सुनाएको कुरा पनि म मेरो भाषामा सुनाउन सक्दिनँ। कतिसम्म पनि भन्न सक्दिनँ भने-’तिमी नारी हौ। तिमी आमा हुनुपर्छ।एउटी स्वास्नीमान्छेका लागि जिन्दगीको सबैभन्दा सुखद क्षण प्रसव पीडाको क्षण हो।जहाँ पीडाभित्र पनि खुशी हुन्छ। जहाँ पीडाभित्र पनि मीठो आनन्दबोध हुन्छ।’
उसले जितेकी छ मलाई हरेक कुरामा। पत्रपत्रिकामा टेस्ट्युब बेबीको समाचार पढेपछि एक साँझ उसले पनि लाडिँदै भनेकी थिइ-’हामी पनि टेस्ट्युब छोरा जन्माउन है।’ र केही बेर लजाएकी थिई।
मैले केही पनि उत्तर नफर्काएपछि ऊ अझै लाडिएर झन् नजिकिएकी थिइ र भनेकी थिइ-’हुन्छ भन्या?’ -मेरी प्रेमिका जसको छाला साह्रै गोरो थियो। तर चेतना त्यति गोरो हुन सकेको थिएन। यतिखेर शायद आफ्नै गर्भको छोरो खेलाउँदै होली कतै )
तर त्यतिखेर मैले उसको प्रस्तावमा असहमति जनाउँदै ओठको ल्याप्चे उसको गालामा टाँसिदिएर भन्न सकिनँ-’मलाई माफ गर प्रिय, म टेस्ट्युब छोराको बाबु बन्न सक्दिनँ।’
(कर्नेसन, धुवाँ र तिम्रो झझल्को संग्रहबाट)