Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

जिवन जब एयरपोर्टबाट बाहिर निस्कन लाग्छ उसलाई कता कता डर पनि लागि रहेको थियो । कतै केही पो हुने हो की भनेर मनमा उसको जे भए पनि आखिर उसलाई काम गरेर पैसा कमाउनु छ । त्यसैले उसले मुटु दह्रो गरेर बाहिर निस्कन्छ नेपाल छाडनु अघि नेपालको एजेन्टले दुबईको एजेन्टलाई फोन गर्नु उसले तिमीलाई लिन आउछँ भनेको सम्झिन्छ र उसले पनि त्यसै गर्न थाल्छ । तर जिवन त त्यो ठाउँमा एकदमै अन्जान उसलाई केही पनि थाहा छैन फोन बुथ कहाँ छ भनेर उसले यता उता हेर्छ तर कतै देख्दैन सायद ऊ त्यस शहरमा नौलो व्यक्ति भएर पनि होला । उसले फोन बुथ पत्ता लगाउन नसकेपछि उसले अलिकति पर एकजना नेपाली फोनमा कुरा गरी रहेको देख्छ र उ पनि त्यही गई उसले म यस देशमा भर्खर आएको हुँ दाजु मलाई यहाँको बारेमा केही थाहा छैन त्यसैले दाजुले मोबाइलबाट यो नम्बरमा फोन लगाई दिनुस् न भनेर अनुरोध गर्छ र उसले पनि एकजना नेपाली भाईको नाताले हुन्छ भनेर उसले दिए बमोजिम फोन नम्बरमा सम्पर्क गरी दिन्छ । दई घण्टी पश्चात उताबाट हेलो भन्ने जवाफ आउछ र जिवनले त्यो व्यक्तिलाई नेपालको एजेन्टले भने अनुरुप म फलानो व्यक्तिको मान्छे हु म अहिले दुबईको एयरपार्टमा छु भन्छ र यताबाट भाई त्यही बसी रहनु म तिमीलाई लिन आउछु भन्ने जवाफ आउँछ र फोन राखी दिन्छ जिवनले हृदयदेखिनै त्यो मोबाइलवाला दाजुलाई धन्यवाद दिन्छ साथै उसले त्यो व्यक्तिलाई फोन गरेको पैसा पनि तिर्न खोज्छ तर त्यो दाजुले भाई यो के गरेको दाजु पनि भन्छौ फेरी यो पैसा पनी पैसा पर्दैन भाई तिमीलाई सानो सहयोग गर्न पाएँ म त्यसैमा खुशी छु भाई । उसले आफनो परिचय दिन्छ म रवि थापा म यही रोयल शिखरमा काम गर्छु अनि भाई कुन कम्पनीको लागि आएको र जिवनले भन्छ दाजु बास्तबमा म इराक जानको लागि आएको हुँ । कुराकानी गर्दा गर्दा रबिको मान्छे आई पुग्छ र उसले जिवनलाई ल भाई तिमी यही बस तिमीलाई लिन आउछँ यो मेरो नम्वर हो केही पर्यो भनी फोन गर्नु भनेर रबि आफनो बाटोतिर लाग्छ । त्यसैको केही समयपछि जिवनललाइ अपरिचित व्यक्ति आएर सोध्छ भाई तिम्रो नाम जिवन हो र जिवनले हो भन्छ र उनीहरु दुइ जना त्यहाँबाट निस्किएर त्यो एजेन्टले लिएर आएको कारमा चढी आफनो गन्तव्यतिर लाग्छन । यात्राको क्रममा त्यो व्यक्तिले जिवनलाई सम्झाउछँ भाई तिमी त्यहाँ पुगेपछि त्यहाँ पुराना केटाहरु छन् उनीहरु सगँ त्यति घुलमिल नहुनु र तिमी कहाँ जान लागेको भनेर पनि नभन्नु कसैसगँ राम्रोसगँ कुरा नगर्नु त्यहाँ भएको सबै केटाहरु बिगि्रसक्यो । कुरा गर्दा गर्दा करीव १ घण्टाको कार यात्रा पछि हामीहरु एउटा पुरानो बस्तीमा पुग्यौ र हेर्दा खेरी लाग्थ्यो हामी कुनै नेपालको तराईको गाउँ तिर आयौ । जिवनले कहिले पनि सोचेको थिएन की दूबइमा पनि यस्तो घरहरु हुन्छ भनेर उसले त खाली दुबइमा हेर्दा नै लोभ लाग्दो चिल्लो अग्ला अग्ला घरहरुको बारेमा मात्र सुनेको थियो । उनीहरु दुबैजना त्यही पुरानो थोत्रो घरतिर र्छिछन् । भित्र छिरे पछि जिवनले त्यहु ७ ८ जना नेपाली दाजुभाईहरु खाना खान लागेको देख्छ उनीहरुसगँ न त तरकारी थियो न त दाल उनीहरु केवल भात र नुन मात्र खाईरहेका थिए । उसलाई ल्याउने व्यक्तिले जिवनलाई आज खाना छैन तिमी त्यो परको होटलमा खाना खानु भनेर १० दिराम दिन्छ र उसले भोली खाना बनाउन चाहिने साम्रगीहरु ल्याउने बचनका साथ त्यहाँबाट आफनो बाटो लाग्छ । जिवन मनभरी मिठो कल्पना गर्दा गदै भुसुक्क निदाउछँ । बिहान करीव सात बजे तिर त्यही एजेन्टले चामल दाल तरकारी तथा मरमसलाहरु लिएर आँउछ । बिहानीको मिरमिरे सगै बाहिर बसेर तातो तातो कफीको चुस्की सगै साथीहरुसँग विदेशीनुको पिडा र विदेश यात्राको वेलिविस्तार लगाउछँ साथीहरुले पनि आफुले भोगेको पिडाहरु एक एक गरेर सुनाउछँ र दुवइमा आएर पनि भोगेको आफनो पिडाहरु प्नि सुनाउछ र उसलाई थाहा हुन्छ कि उनीहरु करीब ४६ दिन देखि त्यहाँ बसेका रहेछन् एजेन्टले तिमीहरुको फलाईट भोली हुन्छ भन्दा भन्दा त्यतिका दिन राखेका रहेछन् र उनीहरु विगत ६ ७ दिन देखि केवल भात र नुन खाएर बसेका रहेछन् उनीहरुले एजेन्टलाई पनि खानाको बारेमा कुरा गरेका रहेछन् तर एजेन्टले भोली ल्याउछु भन्दा भन्दा त्यतिकै झुलाएर यतिका दिन राखेको रहेछ । उनीहरुसगँ अरु कुनै विकल्प पनि थिएन एजेण्टको आश गर्नु बाहेक आखिर सास रहुन जेल आश हुन्छ भनै झै आशा गर्दा गर्दा जिवनको पनि १० दिन वितिसक्यो । एजेन्टलाई फोन गर्दा भाइ तिमीहरु किन आतिन्छौ तिमीहरुको फलाईट हुन्छ ढुक्क भएर बस्नु मात्र भन्छ । जिवन साथीहरुसँग कहिले सुम्रदको किनारा त कहिले दुवइको रमणीय पार्कहरु घुमेर दिनहरु बित्दै थियो र यसरी बस्दा बस्दा उनीहरुको खाद्मान्न पनि सकि सकेको हुन्छ उनीहरुले एजेन्टलाई फोन गरेर भएको खाद्मान्न सकिएको जानकारी गराउछ उताबाट म भोली बिहान ल्याइदिन्छु भनेर फोन राखी दिन्छ । यसरी उनीहरु सवै भोकै सुत्छन् उनीहरुलाई के थाहा यसरी पैसा कमाउन हिडेको मान्छे दुवइ जस्तो ठाउँमा पनि भोकै सुत्नु पर्छ भन्ने । भोलिपल्ट बिहान उनीहरुले एजेन्टले खाद्मान्न ल्याउछ होला भनी कुरी बस्छन तर एजेन्ट आउदैन उनीहरुमा धैर्यताको बाध पनि फुटी सकेको हुन्छ निराश अनुहार भोको पेट र अनिन्द्रो अनुहार लिएर एजेन्टलाई तैपनि एकचोटी फोन गरी हरौ भनेर फोन गर्छन् तर उता एजेण्टले फोन नै उठाउदैन उनीहरु सबै मिली एजेन्टलाई खोज्न जाने योजना बनाउछँ तर त्यो अपरिचित ठुलो शहरमा काहाँ खोज्न जाने कही केही पनि थाहा छैन दुइ दिनको भोकले गर्दा सबैको अनुहार निलो भइसकेको हुन्छ उनीहरु पैसा पनि छैन केही किनेर खानको लागि एकजना साथीसगँ अलिकति पैसा रहेछ त्योही पैसाले खबुस रोटी किनेर खानु सिवाय अको कुनै विकल्प पनि सवै जना पिडीत कसैले ४ लाख त कसैले ३ लाख तिरेर आएको र कोही कोही सेक्युरिटी कोही ड्राइभर तथा इलेक्ट्रीसिन कामको लागि आएका रहेछन् ।

करिव सायद रातको ८ बजेको थियो होला बाहिरबाट कसैले ढोका ढकढकाएको सुनिन्छ सबैको मनमा खुशीको रेखाकाहरु देखिन्छ कतै एजेन्टले खाद्मान्न पो लाएको हो कि जिवन दौडिएर गएर ढोका खोल्छ सबैको अनुहारमा एकाएक निराशको कालो बादल मडारिन्छ । ढोका एजेन्ट नभइकन एक अधबशै आइमाई थिई र उसले सबैलाई अहिले नै कोठा खाली गरीदिनु नभए म पुलिस बोलाउछु भन्छिन् । जिवनले किन हामीले यो कोठा खाली गर्ने भन्दा खेरी त्यो आइमाइले तिमीहरुको एजेन्टले कोठाको भाडा दिएको कुरा बताइन् जिवनले नम्र स्वरमा उसलाई आहिले रात परी सक्यो आजको रात बिताई भोलि बिहान नै कोठा छोडी दिने भनेर बिनम्र आग्रह गर्छ । तर निर्दयी ढुगांको मन भएकी आईमाई उनीहरुको पिडा नबुझी झन कठोर स्वरमा अहिले नै कोठा खाली गरी देउ नभए पुलिस बोलाउएर थुनी दिने धम्की दिईन् । आखिर विवश भएर जिवन लगायत सम्पुर्ण साथीहरु खादै गरेको खवुश हातमा वोकेर बाहिर निस्कन्छ र अरु कुनै पनि सामान लाग्न दिदैन् । कुन बाटो जान्छौ यात्री कुन मन्दिर जाने हो भने झै उनीहरुको पनि कतै जाने ठाउँ थिएन र एउटै मात्र विकल्प थियो त्यो हो कि त खुला पार्कमा सुत्नु वा समुन्द्रको किनारमा । यो बाहेक उनीहरु सगँ कुनै पनि विकल्प थिएन । सबै साथीहरुको सल्लाह बमोजिम समुन्द्र तिर लाग्छन् र समुन्द्र्रको वालुवालाई डसना खुल्ला आकाशलाई ओढने सिरक र आफनो हत्केलालाई सिरानी वनाई सुत्छन् । भोली पल्ट बिहान फेरी उनीहरुले आफनो एजेन्टलाई फोन गर्छ र यसपालि एजेन्टले फोन उठाउछँ र उनीहरुले भोगेको सबैे कुरा बताउछँ र हाम्रो फलाइट छिटो गरी दिनु नभए हाम्रो पासर्पोट तथा फर्किने टिकट फिर्ता गरीदिन दबाब दिन्छ तर उताबाट एजेन्टले उनीहरुले पनि आफुहरु सँग अहिले घरभाडाँ तिर्ने पैसा नभएकोले तपाईहरुले भोग्नु परेको दुख र पर्न गएको असुविधाको लागि क्षमा माग्छ र सबैको फलाईट पसर्िहुनु कुरा बताउछँ । यो कुरा सुनेर सबै साथीहरुमा खुशीयाली छाउछ र उनीहरुले भोकै बसेको समुन्द्रमा सुतेको सबै कुरालाई र्विसिन्छ ।

कम्रशः

लेखक ः अनुप गुरुङ्ग

पहिलो भाग पढनको लागि
यहाँ क्लिक गर्नुस्

1:29 AM

My Best Friend...

Posted by Lovlyanup

We've talked for hours until we've looked at the clock and in amazement cannot believe where the time went. He's made me laugh so hard the tears just poor down my face, and my stomach hurts. I start sentences, and he finishes them, and vice versa. He knows my every thought, my feelings...my fears. He's been my best friend for the past few years, and even though I've tried to hide my feelings from him, he's always known somehow.
We live so far apart from each other, but when I sit alone and think of him which is often, I can feel him. I know when he's sad, and I know when something makes him laugh.
I save inside of myself all this love that I want to give only to him...my best friend, and I wonder if fate or destiny or the man above will someday bring us together. He's the man I can see myself growing old with. The man that I can reach across a table and hold his hand, and without a single word being spoken, can tell him what my heart is feeling.I want him to see my tenderness and my soul, and I want only him to be the keeper of it all. He is my best friend and I love him with all of my heart.

जिन्दगीको मोडले पनि हामीलाई काहाँ काहाँ पुर्याउने रहेछ कहिले सुख कहिले दुःख हुने रहेछ त्यसैले जिन्दगीलाई दुःख सुखको संगम पनि भन्छन तर कसै कसैलाई दुखले कहिले पनि नछोडने रहेछ झन् दुख माथि दुख थपिदो रहेछ

जिवन हरेको दिन गाँउमा भएको सुन्दर पाण्डेको पी सी वो मा जान्छन् हरेक फोनको घण्टी बज्ने साथै उसको मुटुको ढुकढुकी तेज सँग बढने गर्छ हुन पनि उसको मुटुको ढुकढकी नबढोस् पनि कसरी हुन पनि उसले आफनो कागजपत्र काठमाडौको एजेन्टलाई बुझाई इराक स्थित विदेशी कम्पनीमा काममा जानको लागि छनौट भई आफनो एजेण्टलाई लाख बुझाएको पनि महिना भएको थियो उसलाई विदेशमा गएर काम गरेर छिट्टै धन कमाएर पल्लो घर सुन्दरको जस्तै टिनको छाना लगाउनु थियो आफुले नपढे पनि उसले आफनो भएको दुई छोरा छोरीलाई राम्रो सगँ शिक्षा दिनु तथा उनीहरुले चाहेको हरेक कुरा पुर्याउनु थियो अनि प्रकृति पत्नी लाई पनि सुखसँग राख्नु थियो यही कुरको सोचले पनि जिवनलाई हिजो पनि अरामले निदाउन पाएको थिएन् अर्को तिर उसलाई उता भर्खर २४ पुगेर २५ लागकी प्रकृतिलाई कसरी एक्लै छोडेर कसरी जाने भन्ने कुराले उसको मन भतभती पोली रहेको थियो हुन पनि उसले भगवान्लाई साक्षी राखी हरेक दुख सुखमा साथ दिने गरेको बाचा याद आँउछ नजाउ भने पनि छोरा छोरी अनि परिवारको चिन्ता अनि कसरी पोहोर दशैमा लिएको साहुको ऋण तिनु थियो जाउ यता लालाबाला छोराछरी अनि प्रकृतीलाई कसरी छोडेर हिडनु यस्तै मनमा अनेकौ कुरा खेलौदा खॆलौदा त्यही दोकानभित्र भएको सुन्दर पाण्डेले उसलाई बोलाउँछ जिवन यहाँ काठमाडौबाछ तिम्रो एजेन्टको फोन आएको छिटो आउ भनेर बोलाउछ जिवन उसको बोलाई सँगै झसंग हुन्छ खुशी भएर फोनमा कुरा गर्न थाल्छ उताबाट हेल्लो जिवन भाइ हो भन्ने आवाज सुनिन्छ जिवनले प्रतिउत्तरमा हो जिवन वोल्दैछु भन्छ हेलो भाई जिवनको तिम्रो भिषा आईपुग्याे तिमी बुकी पैसा लिएर तुरुन्त काठमाडौ आउनु भनेर उसको एजेन्टले भन्यो जिवनले हुन्छ जति सक्दो चाडो आउछु भनेर फोन राख्छ सुन्दर पाण्डेलाई धन्यवाद दिएर उसको घरतिर लाग्छ घरमा प्रकृतिलाई यता उता हेर्छ उसले खाना बनाउदै गरको देख्छ अनि प्रकृतिको छेउमा गएर बस्छ प्रकृतिले चाडै आउनु भयो आज भनेर भन्छिन् जिवनले खुशी हुन्दै आज काठमाडौबाट एजेण्टले फोन गरको थियो मेरो भिषा आयो रे त्यसैले मलाइ चाडै पैसा लिएर आउनु भनेको अनि प्रकृतिले जिवनलाई सोध्छ बुढा कहिले जान्छौ जिवन पैसा पाए भने पसर्ि नै जान्छु भन्छ अनि पैसा काहाँबाट ल्याउने होला भनी प्रकृती सँग सल्लाह गर्छ हामी सँग पैसा पनि छैन् बुढी के गर्ने हामी सँग भएको त्योही तल्लो खेत त्यसैलाई बन्दकी राखेर पैसा निकाल्नु पर्छ होला भनेर बुढीसगँ सल्लाह गर्छ प्रकृतिले पनि कुनै पनि उपाय पाउदैन पैसाको व्यवस्था गर्नलाइ उसले पनि मन नलागि नलागि भए पनि बाध्यताले गर्दा हुन्छ भनेर स्वीकृति दिन्छ इराकमा काम गर्न थाले पछि प्रति महिना १५०० डलर कमाउछ भनी एजेन्टले उसलाई पहिला नै जानकारी गराएको थियो जिवन सुन्दर पाण्डेको घरमा गएर जग्गा बन्दकी राखी कागजात गर्छन महगो ब्याचदरमा ऋण लिन्छन् घरमा आउछन् अनि सबैसगँ बसी खाना खान थाल्दछ आज उसलाई भोक पनि थिएन् तैपनि उसले करले अलिअलि खाना खायो अनि बच्चाहरुलाई माया गर्न थाल्छ बच्चाहरुलाई सम्झाउन थाल्छ आमालाई धेरै दुख नदिनु अनि आमाले भनेको मान्नु गएपछि तिमीलाई खेलौनाहरु पठाइदिन्छु भनेर फकाउछँ आज उसलाई प्रकृतिलाई अनि छोरा छोरीलाई एकदम माया गर्न मन लागेको थियो यस्तै गर्दा गर्दै १० बज्छ अनि अब सुत्ने तरखर तिर लाग्छ अनि प्रकृति पनि बच्चाहरुलाई सुताएर आउ छिन् जिवन सगँ कुरा गर्छन् बुढा विदेशमा गएर राम्रो सगँ बस्नु आफनो स्वस्थ्यको ख्याल गनुृ्रस् भनेर भछिन् जिवन पनि बुढीलाई सम्झाउछन् तिमी पनि आफनो राम्रो सँग ख्याल गर्नु बच्चाहरुको पनि ख्याल गनृ्र के गर्ने बुढी हामी गरीब छौ हामीले आफनो लागि नभए पनि हाम्रो बच्चाहरुको सुनौलो भबिष्यको लागि पनि विदेशीनु पर्छ त्यसैले तिमी आफनो मन खिन्न नबनाउ भोलि मलाई जाने बेला हासेर बिदा गर भन्छ यसरी कुरा गर्दा्र गर्दै अनि मनमा अनेकौ कुरा साच्दा सोच्दै कति बेला निन्द्रामा पुग्छ जिवनलाई थाहा नै हुन्न् बिहान कुखुराले कुखुरी काँ कुखुरी काँ गरेको बेला झस्याङ हुन्छ उठेर हातमुख धुएर कपडा लगाएर प्रकृति अनि बच्चाहरुसँग अन्तिम पल्ट आिलंगन गरेर घरको सबै जिम्मा प्रकृतिलाइ जिम्मा दिई रातो टिका अनि सयपत्री फुलको माला लगाई जिवन काठमाडौको लागि निस्कन्छ जिवनलाई आज उसको हरेक पाईला एकदम गाह्रो लाग्छ नचाहादा नचाहादा पनि उसले आफनो पाइला अगाडि बढाउन बाध्य मनले नमान्दा नमान्दा पनि मुटु माथि ढुङ्गा राखी हिडनु परेको एकातिर विदेशमा गएर धन कमाउला भन्ने मनमा खुशी भने अर्को तिर आपुनो घरपरिवार छोडेर जानु परेको पिडा तैपनि उसले भोलीको सुनौलो दिनको कल्पनामा हराउदै आफनो पाइला अगाडि सार्छ बिहान ६ः३० बजेको बसमा काठमाडौ हिडछ्

यता काठमाडौ पुगे पछि उसले आफनो एजेन्टलाई फोन गरेर आफु काठमाडौ आएको जानकारी गराउछ त्यसको केही समय उसको एजेन्ट आएर उसलाई काठमाडौमा भएको लजमा लगेर राख्छ जिवनले आफनो एजेन्टलाई मेरो पुलाइट कहिले हुन्छ भनेर बुभुछ एजेन्टले प्रतिउत्तरमा तिमी अहिले थाकेको छौ पहिला आराम गर तिमीलाई भोली भन्छु भनेर आफनो बाटो लाग्छ भोली पसर्ि भन्दा भन्दा जिवन काठमाडौमा बसेको पनि हप्ता हुन लाग्यो उसले घरमा पनि फोन गरेको छैन उसले सोच्छ की पुलाइट हुने दिनमा फोन गर्छु भनेर सोच्दा सोच्दै कसैले बोलाएको जस्तो लाग्छ उसलाई नभन्दै त्योही एजेन्ट रहेछ उसलाई बोलाउने झसंग हुन्छ उसको वोलावटवाट एजेन्टले भन्न थाल्छ जिवन तिम्रो पुयाइट आज दिनको बजे त्यसैले आफनो तयारी गर्नु हामी तिमीलाई १२ बजे लिन आउछौ भनेर एजेन्ट त्यहाँबाट निस्कन्छ जिवन त्यो खबर सुने पछि खुशी हुन्छ प्रकुतिलाई फोन गरेर आफु आज जान लागेको कुरा बताउछ प्रकृतिले पनि राम्रो सगँ जानुस् बेला बेलामा फोन गर्नुस् भन्छिन् फोन गरी सकेपछि जिवन खाना खाई ठिक परेर बस्छ १२ बजे एजेन्ट आई उसलाई लिएर एयरपोर्ट तिर लाग्छ एयरपोर्टमा बाहिर झरेर एजेन्टले उसलाई टिकट १५०० डलर दिन्छ भन्छ यो १५०० डलर तिमीलाई दुबई एयरपोटमा लिन आउने फलानो व्यक्तिलाई दिनु भित्र एयरपोर्टमा मैले सबै मिलाई सकेको छु त्यहाँ गएर फलानो व्यक्तिको मान्छे हो भन्नु भन्छ ट्याक्सीमा चढाई एयरपोर्ट भित्र पठाउछन् एयरपोर्ट भित्र पुगे पछि आपुनो एजेन्टले भने अनुरुप गर्छन् सबै काम अनि सुरक्षा जाच भइसकेपछि हवाइजहाज चढन तिर लाग्छ उसले जिन्दगीमा पहिलो पल्ट नजिकैबाट हवाईजहाज दैख्दा कता कता खुशी पनि लागि रहेको थियो हवाइजहाजमा चढी सकेपछि हवाइजहाज उडने बेलामा प्रकृतिले भनेको कुरा सम्झिन्छ आखाँ चिम्मा गरेर भगवानलाई सम्झिन्छ उसले आखाँ खोल्दा हवाइजहाजले जमिन छोडीसक्छ करीब घण्टाको यात्रा पछि दुबईमा पुग्छ जिवन जिन्दगीमा पहिलो चोटी विदेश आएकोले होला उसलाई कता कता डर पनि लागि रहेको थियो जे जस्तो भएपनि होस् भनी जिवन इमीर्गेसन् तिर लाग्छ उसले त्यहाँ आफुसगँ भएको भिषा आपुनो राहदानी फिर्ता टिकट देखाउछँ केही छिन पासपोर्ट हेरेपछि त्यहाँको इमीर्गेसनको अरबीयनले एकजनालाई बोलाएर उसको आखाँको नानीको स्क्यान गर्न पठाउछँ उसले भने अनुरुप गरी सके पछि जिवनको पासपोर्टमा दुबइको महिनाको बस्न पाउने छाप हानी दिन्छ जिवन यता उता गर्दै दुवइको एयरपोर्ट बाहिर निस्कन्छ

कम्रशः

अनुप गुरुङ्ग