टेलिभिजन प्रत्यक्ष प्रसारणको फाइदा बेफाइदा दुबै छन्। यतिखेर गैर आवासीय नेपाली संघको काठमाडौंमा भइरहेको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनको प्रत्यक्ष प्रसारण नेपालका केही फुर्सदिला टेलिभिजन च्यानलहरुले गरिरहेका छन्। विदेशमा यस्तो हुन्छ उस्तो हुन्छ, विदेशका मान्छे यस्ता राम्रा/सभ्य हुन्छन् भन्ने बानी परेको मध्यमवर्गीय नेपालीलाई लामो समय विदेशमा बिताएका गैरआवासीय नेपाली अगुवाहरुका गतिविधिलाई नियाल्ने मौका टेलिभिजनको प्रत्यक्ष प्रसारणले दिइरहेको छ। सँधै सँधै पट्यारलाग्दो सभासद र नेताहरुको चर्काचर्की, भनाभन आरोप-प्रत्यारोप र एकाध अवस्थामा हात हालाहालको मनोरन्जन लिइरहेको नेपाली दर्शकहरुले बिहीबार नयाँ स्वाद फेरे। दृश्य उही चर्काचर्की, भनाभन, आपसी आरोप-प्रत्यारोप र झण्डै हात हालाहालको अवस्था तर फरक पात्रहरुको साथमा। गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्षका दावेदार र उनीहरुका समर्थकहरु एक आपसमा आरोप प्रत्यारोप र गालीको स्तरमा ओर्लिए र झण्डै हात हालाहाल र झडपको अवस्था आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन नै रोक्नुपर्यो। विदेशमा बसेर सभ्यता सिकेका भनिएका सुटेडबुटेड नेपाली अगुवाहरुको यो चाला देखेर टेलिभिजन हेरिरहेका नेपाली दर्शकहरुले भने होलान्- ‘बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखे बरु ढुंग्रो बांगिएला, पूच्छर बांगाको बांगै !’
अघिल्लो मेरो ब्लग ‘गैर आवासीयले सँधै माग्ने कि अब दिने?’ भन्ने शीर्षक मेरो आफ्नो थिएन, वास्तवमा गत वर्ष मे २०१० मा अमेरिकाको टेक्सासमा भएको संघको चौथो क्षेत्रीय सम्मेलनमा डा. उपेन्द्र महतो बोलेको कुरालाई मैले लेख शीर्षक बनाएको थिएँ। सम्मेलनमा उपेन्द्र महत्तोले भनेका थिए ‘हामीले सधैं कति दोहोरो नागरिकता दोहोरो नागरिकता भनेर मागिरहने अब यो छोडौं। हामीले नेपालमा केहि गरेर देखाऔं सरकार आफै हामीलाई दोहोरो नागरिकता दिन वाध्य हुन्छ, त्यस्तो वाध्य पार्ने काम गरौं।’ जलविद्युत, दुरसंचार, बैंकमा लगानी गरेर मात्रै होइन थुप्रै लोककल्याणकारी कामहरु गरेर धनको साथै ठुलो मन पनि देखाएका उपेन्द्र महत्तोले त्यहाँ सहभागीहरुलाई ‘नेपालमा केहि गरौं यो हरियो पासपोर्टलाई लिंदा गर्व गर्नसक्ने देश नेपाललाई बनाऔं’ भनेका थिए। उनले हाम्रो भनाई र गराई मिलेन भनेर सहभागीलाई झक्भकाएका पनि थिए। सम्मेलन सकियो घोषणपत्र जारी भयो उनी आफ्नै व्यवसायीक व्यस्ततामा लागे होलान्। कस्ले के भन्यो, कस्ले के गर्यो भन्ने हेक्का राख्ने फुर्सद अर्को सम्मेलन मुखमा नआउँदासम्म भएन। मेरो लेखको आशय शब्द केहि कडा भएपनि उनीहरुले गरेका वाचाहरु संझाउने थियो र लेखको निष्र्कष थियो — अब गफ मात्रै होइन काम गरेर देखाउ। त्यसो त यसपटक सबै पत्रिका अनलाइनहरुमा ‘अब गफ होइन काम’ भनेर छापेका छन्। उद्योग बाणिज्य संघका सुरज वैद्यले सम्मेलनको पुवार्धमा मुखै खोलेर भने ‘लगानी गछौं भनेर मात्रै भएन कुन कुन क्षेत्रमा लगानी गर्ने हो स्पष्ट पार्न पर्यो।’
मैले अघिल्लो लेखको निष्कर्ष कुनै आवेग वा पूर्वाग्रह राखेर निकालेको होइन त्यसका केही तथ्य कारणहरु छन्। छ बर्षको विदेश बसाई, यहाँको संघसंस्थाको ससानो अनुभव, पत्रकारितासँगको मितेरी, केही एनआरएन अगुवासँगको चिनजान, नेपाल जाँदा खुल्ला विश्वविद्यालय सम्बन्धी कामको जानकारी, नेपालीजनको एनआरएनप्रतिको आशा र पत्रिकामा आएका एनआरएन गतिविधी सबैलाई संश्लेषण गरेर उक्त निष्कर्ष निकालेको हुँ।
वाचा पूरा नभएको: यसभन्दा पहिलेका यस्ता सम्मेलनहरुमा गरिएका वाचाहरु १० करोड डलरको लगानी कोष निमार्ण गर्ने, प्रत्येक जिल्लामा एउटा सामुदायीक कार्यक्रम संचलन गर्ने, एक गाँउ एक उत्पादनलाई सघाउने, भ्रमण वर्ष २०११ मा प्रत्येक एनआरएनले एकजना विदेशी नेपाल पठाउने कुन पनि काम हालसम्म पुरा भएन। अझ भनौं थालनी नै भएन। अहिले त एनआरएनहरुले उक्त कुरा गर्न नै छोडिसकेका छन्।
प्रतिनिधपत्वको प्रश्न: एनआरएनका अगुवाहरुले ३० लाख विदेशीमा रहेका नेपालीहरुको प्रतिनिधीत्व गछौं भने पनि प्रत्येक देशका एनआरएन संघमा सदस्यता लिनेहरु त्यसदेशमा वसोवास गरेका नेपालीहरुको संख्याको ५ प्रतिशत भन्दा पनि कम छ। सदस्यता लिनेहरुको संख्या पछिल्लो समयमा बढ्ने भन्दा घट्दो छ। त्यसो त सबैभन्दा बढि नेपाली बसोवास गर्ने खाडी क्षेत्रका एनआरएनका नेतृत्ववर्ग नै अधिकांश म्यानपावरका संचालक भएकोले उनीहरुले त्यहाँका श्रमीक नेपालीको हकहितको लागि होइन उल्टै उनीहरुलाई उल्टै शोषण गर्ने गरेको समाचारहरु बारम्वार बाहिर आइरहेको छ। गैरआवासीय नेपाली अगुवाहरुको धेरै देशको चुनाव (अमेरिका, वेलायत, फ्रान्स) ‘इलेक्सन’ नभई ‘सेलेक्सन’ हुने कुरा बारम्वार बाहिर आइरहेको छ। अमेरिकामा त यो पदको झगडा अमेरिकी अदालतको ढोका ढक्ढकाउने स्तरसम्म पुगेको छ।
दोहोरो नागरिकता नै किन: करिब १५० वर्षभन्दा पुरानो आप्रवासको इतिहास भएको भारतीयहरुले भारतमा शिप पुँजी लगानी गरेको उदाहरण दिइन्छ तर प्रवासी भारतियलाई परिचयपत्रको मात्रै व्यवस्था भएको भारतमा प्रवासीहरुलाई संवैधानीक र राजनैतिक अधिकारबाट वंचित गरिएको तथ्य एनआरएन अगुवाहरु सुन्न चाहदैनन्। भारतमा प्रवासी भारतीयका छोराछोरीले त्यहाँको मेडिकल कलेजका परिक्षाहरु पनि दिन पाउदैनन्। सबैभन्दा उदेक लाग्दो माग विदेशीले नेपालमा लगानी गर्दा भन्दा नेपाली नागरिकता त्यागेका गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्दा बढि सुविधा लिन पाउनु पर्ने (कर कम तिर्न पाउनु पर्ने) माग गरिएको छ। साच्चै देशको माया लाग्छ भने, उनीहरुले त विदेशीले भन्दा बढि कर तिछौं हामी हाम्रो देशमा लगानी गछौं भनेर भन्न सक्नुपर्ने होइन र ? सबैभन्दा डरलाग्दो पक्ष, यतिवेला नेपालको सरकार सबैभन्दा कमजोर छ त्यसकारण दोहोरो नागरिकताको माग यहिवेला नै पुरा गर्नुपर्छ भन्ने बोलीहरु एनआरएन अगुवाहरुबाट सुनिन्छ। त्यसकारण दोहोरो नागरिकताको माग भित्र आशंका गर्ने प्रसस्त ठाँउ दिएको छ। लगानी सुनिश्चिता त धेरै हदसम्म अहिलेको गैर आवासीय ऐन र नियमावलीले नै गर्दछ। त्यसका भएका अप्ठ्याराहरुलाई समयक्रममा सहज बनाउन सकिन्छ। अब गैर आवासीय अगुवाहरुले कुरा नचपाईकन भन्न सक्न परयो हामीले विदेशी नागरिकता लिए (वाध्यता वा स्वार्थले?) पनि नेपालमा राजनिति पनि गर्न चाहन्छौं। दल खोल्न चाहन्छौं, चुनावमा भाग लिन पनि चाहन्छौं। आफ्नो दल/मान्छे नजिक भएको बखत संवैधानिक नियुक्ति पनि लिन चाहन्छौं।
अन्त्यमा, गैरआवासीय नेपाली आन्दोलनले शुरुवात दिनहरुमा केहि सकारात्मक कामको थालनी गरेतापनि पछिल्ला दिनहरुमा काम भन्दा कुरा ठुला भएकै हुन् भन्न हिचकिचाउने कुनै कारण छैन। गैरआवासीय नेपालीहरुले आफुलाई भाग्यमानी नै मान्नु पर्दछ, गर्व गर्न पनि सक्नुपर्दछ। काम कम ठुला गफै मात्रै गरेपनि एनआरएन भनेपछि राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि उच्च पदस्थ कर्मचारी र ठुला व्यापारीसम्मले रातो कार्पेट ओछएकै छन्। गरिब नेपाली जनताले तिरेको करको पैसा तारे होटलमा कक्टेलयुक्त सम्मेलन गर्न २५ लाख प्रत्येक सम्मेलनको लागि नेपाल सरकारले व्यवस्था गरेकै छ। मिडियाहरुले पनि उनीहरुलाई प्रसस्त स्थान दिएकै छ। सरकारका सबै अंगहरु एनआरएनको स्वागतमा तम्तयार छ तर यति हुँदा हुँदै पनि हामीलाई के ले रोकेको छ ? अहिले त नेतृत्वको लागि एकआपसमा पाखुरा सुर्काएपछि हामीले विदेशमा बसेर नेपालको नेताहरुलाई भ्रष्टाचारी र पदको लागि मरिमेटने भनेर आरोप लगाउने नैतिक सहास पनि अब समाप्त भएन भएको छ । हामीले त यस्तो रमित विदेशका प्राय सबै जसो संघसंस्थामा देखेकै हो। तर टेलिभिजनका नेपाल बस्ने दर्शकले भने होलान – विदेशको सफा र फराकिलो सडकमा गुडेकाहरुको मन कति कलुषित र सानो ?
LeaVe MeSaGe
सरकारले चालू आर्थिक वर्षको पहिलो २ महिनामा ५ अर्ब ८९ करोड रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता पाएको छ ।
खुला अर्थव्यवस्थाको प्रत्याभूति, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र सहस्राब्दी विकास लक्ष्यलगायत विषयमा सरकारी प्रतिबद्धता आए दातृ निकायले थप सहयोग दिने जनाएका छन् । सोमबार अर्थ मन्त्रालयमा भएको दातृ निकायसँगको छलफलमा उनीहरूले यी विषयमा सरकारी योजना मागेका थिए ।
छलफलमा सहभागी अर्थसचिव कृष्णहरि बाँस्कोटाका अनुसार सरकारले सन् १९९० को उदारीकरण प्रक्रियाबाट सरकार पछि नहट्ने प्रतिबद्धता जनाएको बताए ।
यसैगरी यस वर्षको बजेट समयमै पारित भएकाले लक्षित ५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा पनि सरकारको रहेको उनले बताए ।
दातृ निकायका प्रतिनिधिहरूले बालबच्चाको शिक्षा र स्वास्थ्यमा सरकारले गरिरहेको खर्च, कृषि क्ष्ाेत्रका लागि विनियोजित बजेट लगायत विषयमा पनि चासो देखाएको बाँस्कोटाले बताए ।
शुक्रबार एकाबिहानै हल्ला फैलियो- भक्तपुरको एउटा ढुंगेधारामा पानीको साटो दूध बग्न थाल्यो रे। अनि त के छ र भीड लाग्न थालिहाल्यो नि भक्तपुर व्यासी स्थित रहेको डाँफा हितिचाले प्रचलित ढुङगेधारामा। भगवान नारायणको जल भन्दै थाप्न आउनेहरु तँछाड मछाड गर्न थाले। हुन पनि धाराबाट सेतै पानी बगिरहेको थियो। पहेँलो सबै सुन हुँदैन, सेतो सबै दूध हुँदैन भनेर उनीहरुलाई कसले सम्झाउने?
हल्ला सुन्दा नै धत् ढुंगेधाराबाट पनि दूध बग्छ र नचाहिने कुरा भन्ने लागिसक्या थियो। कताबाट चुन मिस्यो होला अनि सेतो देखियो होला भन्ने लागेको थियो। यदि त्यसो हो भने त पोखराको सेती नदीलाई पनि पानी हैन दूध बग्ने नदी भन्नुपर्ने होला! नभन्दै हो रहेछ, त्यहीँ कै स्थानीय बासिन्दाले चुन मिसेर सेतो पानी आएको पछि पत्ता लगाए।
तर यो बीचमा अन्धविश्वासीहरुले ठूलै नाटक मञ्चन गरे त्यहाँ। आखिर किन हामी कर्ममा भन्दा पनि चमत्कार र भाग्यवादमा विश्वास गर्छौँ ? किन कसैलाई आशीर्वाद दिँदा पनि काम गरेर ठूलो बनेस् हैन ‘भाग्यमानी भएस्’ भनेर भाग्यको हातमा सबै छाड्छौँ? किन कहिले गणेशको मूर्तिले दूध खायो भनेर दूध बोकी मन्दिरमा लाम बस्छौँ र कहिले दूध बग्यो भन्दै ढुंगेधारामा ? किन मुखबाट सुनको डल्ला निकाल्ने बाबालाई महान् ठान्छौँ उसले आँखा छलेको कुरामा ध्यान नदिई ? यदि त्यसरी चमत्कार गर्नै सक्ने भए उनले लाखौँ भोकाहरुका लागि अन्न निकाल्ने थिएनन् होला त
Saujana :Mysansar
विजयकुमार श्रेष्ठ/धादिङ्ग हाल बलाद ईराक
देशमा बड्दै गई रहेको स्वार्थ पूर्ण राजनितीको फोहोरि खेलले गर्दा विदेशिनु बाध्य भएका बेरोजगारि नेपाली युवाहरुको रोजगारको सपना साकार पार्ने अन्तिम थलो विदेश पलाएन हो भनेर नकार्न सकिदैन । जिवनको अनगिन्ति सपनाहरु सजाएर अगि बढेका युवाहरुको जमातमा आफनो गन्तव्यको कुनै टुङ्गो नहुने भएकोले गर्दा आºनो मातृभुमीलाई चटक्क छाडेर विदेशिको गुलाम बन्न बाध्य हुनु सिवाय कुनै अर्को उपाय छैन । देशमा नेता भनाउदाहरुले युवा वर्गलाई आºनो सुरक्षा कवजको रुपमा मात्र प्रयोग गर्दै आई रहेका छन् । विभिन्न आशा र भरोसालाई साथमा लिएर कयौ युवाहरु नेताहरुको लहै लहैमा लागेर आºनो जिउ ज्यानको बाजि लगाएर एकले अर्कालाई निसाना बनाउन पछि परेका छैनन् । अवसरवादिहरुको अगाडि कस्को के लाग्छ र आफनो पहरेदार बनेर काम गरुन्जेल मेरो भनेर काखि चेप्ने गर्छन जव आफनो स्व्ाार्थ पुर्तिबाट तृप्त हुन्छन् अनि ति युवाहरु घाडो भएर आउछ । अनि आफनो छत्रछायाबाट पन्छाउने तरखरमा लाग्दछन् । यस्ता अवसरबादको दाउमा नाच्न जान्नेहरुको लागी निमुखा बेरोजगारि युवाको मनमा प्रतिकार गर्ने न त कुनै आट र सार्मथ्य हुन्छ । आखिर नेपाली हु भन्ने आत्मग्लानी आफैमा पलाउन थाल्दछ र निरास भएर पलायन हुने सोचमा लाग्न बाध्य हुन जान्छ । हिजो आफैले भन्ने गरेको के हामीले देशमा केहि उव्जाउन सकिदैन भनेर चर्को आवाजमा निस्कने ति स्वारहरु पछि गएर बाध्यता र आफुमा आएको गहन जिम्मेवारिताको अगाडि झुक्नु पर्ने परिस्थितीले गाज्न थाल्दछ । अनि ति जिम्मेवारि पुरा गर्नको लागी केवल भाषणको खेतिले मात्र हुने वाला छैन भन्ने सोचले गर्दा आफुमा आत्मग्लानीको बोज थाम्दै विवस भएर बैदेशिक रोजगारको खोजिमा भौतारिन थाल्दछ । दलालको परिपाजामा पर्न बाध्य हुनु सिवाय अरु उपाए केहि हुदैन । आफु माथि थपिदै आएको जिम्मेवारिको भारि दिना दिन थपिदै आई रहन्छ तर समाधानको कुनै उपायको बाटो पहिल्याउन असमर्थ भए पछि जिवनमा निरासै निरासाको भारि बोकेर विदेशिको गुलामी बन्न तयार भएर विदेश पलाएन हुन्छन् ।मोटो आम्दानीको भण्डारन गर्न सकिन्छ भन्ने सम्झेर पलायन भएका युवाहरुमा केहि हदसम्म त नगन्य मात्राले आफनो जिवनलाई खुशियाली छाउन सफल भएका छन् । तर नगन्ने मात्राले गरेको प्रगतिलाई हेरेर सबै बैदेशिक रोजगारमा पलायन भएकाहरुलाई सफल भएको भन्न पनि कथा सरह हुन जान्छ । विदेशि भुमीमा आफुलाई असुरक्षित बनाएर आफनो पसिना बगाउदा पनि परिश्रमको फल पाउन नसकेकाहरुको हामीसँग प्रसस्त उदाहरणहरु छन् । बेरोजगारको चपेटामा चेप्टिएर थिलो भएका मनहरु अन्तिम गन्तव्यको अन्तरालमा पनि असईय भएर आत्माग्लानीमा समय विताउनु पर्दा जिवनमा सजिब प्राणिको सँज्ञा दिएर वाच्नु व्यार्थ सम्झी विभिन्न किसिमको हावादारि अन्तरघातका तिता आश्वासनमा चुर्लुम्व डुबेर बस्नु सिमाय अरु उपाय केहि पाएका छैन । त्यस पछि त कुबाटोको सँगततिर लम्किन थाल्दछन ति ईमान्दार मनहरुबाट असोचनिय कदमहरुको उत्पति हुन थाल्दछन् । एकले अर्कालाई डाहा र ईष्र्याको भावनाले हेर्न थाल्ने सँगैको सहपाठिलाई आफनो निसानाबाजिमा गन्ने गर्दछन् त भने कोहिले आफु भित्र भएको आत्मग्लानीलाई सिरोधार्य गर्न नसकेर आफुले आफुलाई विस्रजन गर्नसम्म पछि परेका छैन् । विदेशि भुमीमा आएर पनि असहय दुखहरुको झमेलामा फस्दाखेरि आफुले आफुलाई नै विस्रने परिस्थितीहरुको सृजना हुन जादो रहेछ । असोचनिय कल्पनाहरुमा डुबेर विदेशि भुमीमा रमाउन सफल भएको मन एका एक प्रलयविहिन दुर्घटनाहरुको सामना गर्नु पर्दा कस्ालाई त्रासदिय समयले धकेल्दैन होला । हामी नेपालीहरुमा एउटै कुराको कमी भएको महसुस गर्दछु त्यो हो अहम्ताको पर्खाल । एकले अर्कालाई नमान्नु र एकले अर्काको कुरालाई ध्यानमा नलिनु नै हामीमा भएको बट्ठयौली पनको पहिलो परिचय हो कि भनेर भन्दछु । कि न की हामी मध्यबाट नै केहि बाटा टाठा साथि भाईहरुबाट नै एकले अर्कालाई मिचाहा र हेपाहा प्रवृद्धिको व्याबहार सृर्जना गरि रहेको हुन्छ । प्रदेशि भुमीमा कसरि सुखमय दिनहरु बिताउउने उपाएको खोजी तिर नलागी कसरि एकले अर्कालाई तल झार्ने र आफनो अन्डरमा हैकम चलाउन पाउने भन्ने अग्घोरि प्रबृद्धिको भावनाले गाजेको हुन्छ । धेरै साथि भाईको जमात बटुलेर नेता प्रबृद्धिको भावनामा साथि भाई समक्ष बानवटि भावना साटेर आफनै साथि भाईबाट आफुले मोज गर्न पल्केका जमातको पनि कमि भएको पाईदैन । भाषणको खेति गर्न तिर लागेर एक अर्कामा फुट र लुटको बहुलठ्ठिपनको हावी सृर्जना गरेर सँघ सस्थाको गठन गरि एकले अर्कालाई ठग्ने कामहरु हामीले छर्लङ्ग देखि रहेका छौ । अनि भन्ने गर्दछन् पलाना दिन हाम्रा नेता आउदैछ जसरि भए पनि सामेल हुनु पर्छ भनेर आफनो कार्यलाई बन्द गरि नेताको स्वागत् गर्न तिर व्यास्त भएर रमाउन थाल्दछन् । हुन त एक भएर गोलबन्दमा लाग्नुलाई त कुबाटो भनेर भनिदैन तर पनि आजसम्म विदेशी भुमीमा आºनो पसिना बगाएर पठाएको रेमिटान्सको सहि ठाउँमा सदुपयोग हुन नसक्नु गैर नागरिकको नाताले राज्यले कहिले पनि सम्मान नगर्नु परदेशमा भई परि आएको बेला राज्यबाट कुनै किसिमको सहयोग नपाउनु अनि के को लागी पार्टिको नाममा तिलान्जलि लगाएर म फलानो पार्टि त फलानो पार्टि भनेर कुर्लनु अर्थ के हो त के सधै भरि नेता भनाउदाहरुको पछाडि लागेर हिड्ने प्रबृद्धि नत्याग्नु नै हामीमा भएको नेपाली पन हो त प्रदेशमा विभिन्न तौर तरिकाबाट नेपालीले नेपालीलाई लुट्ने प्रवृद्धि झन झन बढ्दै आई रहेको छ र विदेशिबाट दिन डाहाडै नेपालीहरुको हत्या भई राखेको छ । त्यति सम्म नभएर हिजो आज बिदेशमा नेपालीलाई झुट्ठो मुद्दामा फसाएर मृत्युदण्डसम्मको सजाय दिने गर्न थाली सकेको छ खै त्यो कुरामा सरकारबाट कहिले खोज भएको छ । देशका नेता भनाउदाहरुले किन कसरि हुन गई रहेको छ त्यस्ता कृयाकलाप भनेर नेपाल सरकारको मातहतमा कहिले बुझने गरेका छन् । दिन दुखीको समस्यालाई लिएर राजदुताबासमा जाँदा हामीलाई तिमीहरुको गुनासो सुन्ने फुस्रद छैन भनेर पन्छिन खोज्नु जनताको सेवाको लागी भनेर सरकारी नून खाएर बसेकाहरुले आफु खुशि राज गर्ने प्रबृद्धिको हैकमी शासन लादेर हप्कि खानु यस्ता धेरै गुनासाहरु अझै पनि आफु भित्रै गुम्स्याएर बस्न बाध्य भएर विदेशिएका नेपालीले भोग्नु परि राखेको छ । तर पनि हामीलाई कहिले पनि गोलबन्द भएर आफनो हक हितको नारालाइ अगाडि बढाउन सकि रहेका छैनौ । हामीबाट गएको रेमिटान्सको ५ प्रतिशत मात्र भए पनि बिदेशिएकाको नाममा विमा भनेर छुट्याई दिए मात्र विदेशमा विभिन्न किसिमबाट दुर्घटनामा परेर विच्चली भएकाहरुको केहि हदसम्म नैसर्गिक अधिकारको रक्षा हुने थियो भन्ने लाग्दछ । त्यसैको लागी अब बन्ने नयाँ सविधानमा बैदेसिक नितीमा विषेस कानुनको तर्जमा गर्नको लागी हामी सबैको एक मतको जरुरत छ भन्ने मेरो अनुरोध हो ।