Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

जिन्दगीको मोडले पनि हामीलाई काहाँ काहाँ पुर्याउने रहेछ कहिले सुख कहिले दुःख हुने रहेछ त्यसैले जिन्दगीलाई दुःख सुखको संगम पनि भन्छन तर कसै कसैलाई दुखले कहिले पनि नछोडने रहेछ झन् दुख माथि दुख थपिदो रहेछ

जिवन हरेको दिन गाँउमा भएको सुन्दर पाण्डेको पी सी वो मा जान्छन् हरेक फोनको घण्टी बज्ने साथै उसको मुटुको ढुकढुकी तेज सँग बढने गर्छ हुन पनि उसको मुटुको ढुकढकी नबढोस् पनि कसरी हुन पनि उसले आफनो कागजपत्र काठमाडौको एजेन्टलाई बुझाई इराक स्थित विदेशी कम्पनीमा काममा जानको लागि छनौट भई आफनो एजेण्टलाई लाख बुझाएको पनि महिना भएको थियो उसलाई विदेशमा गएर काम गरेर छिट्टै धन कमाएर पल्लो घर सुन्दरको जस्तै टिनको छाना लगाउनु थियो आफुले नपढे पनि उसले आफनो भएको दुई छोरा छोरीलाई राम्रो सगँ शिक्षा दिनु तथा उनीहरुले चाहेको हरेक कुरा पुर्याउनु थियो अनि प्रकृति पत्नी लाई पनि सुखसँग राख्नु थियो यही कुरको सोचले पनि जिवनलाई हिजो पनि अरामले निदाउन पाएको थिएन् अर्को तिर उसलाई उता भर्खर २४ पुगेर २५ लागकी प्रकृतिलाई कसरी एक्लै छोडेर कसरी जाने भन्ने कुराले उसको मन भतभती पोली रहेको थियो हुन पनि उसले भगवान्लाई साक्षी राखी हरेक दुख सुखमा साथ दिने गरेको बाचा याद आँउछ नजाउ भने पनि छोरा छोरी अनि परिवारको चिन्ता अनि कसरी पोहोर दशैमा लिएको साहुको ऋण तिनु थियो जाउ यता लालाबाला छोराछरी अनि प्रकृतीलाई कसरी छोडेर हिडनु यस्तै मनमा अनेकौ कुरा खेलौदा खॆलौदा त्यही दोकानभित्र भएको सुन्दर पाण्डेले उसलाई बोलाउँछ जिवन यहाँ काठमाडौबाछ तिम्रो एजेन्टको फोन आएको छिटो आउ भनेर बोलाउछ जिवन उसको बोलाई सँगै झसंग हुन्छ खुशी भएर फोनमा कुरा गर्न थाल्छ उताबाट हेल्लो जिवन भाइ हो भन्ने आवाज सुनिन्छ जिवनले प्रतिउत्तरमा हो जिवन वोल्दैछु भन्छ हेलो भाई जिवनको तिम्रो भिषा आईपुग्याे तिमी बुकी पैसा लिएर तुरुन्त काठमाडौ आउनु भनेर उसको एजेन्टले भन्यो जिवनले हुन्छ जति सक्दो चाडो आउछु भनेर फोन राख्छ सुन्दर पाण्डेलाई धन्यवाद दिएर उसको घरतिर लाग्छ घरमा प्रकृतिलाई यता उता हेर्छ उसले खाना बनाउदै गरको देख्छ अनि प्रकृतिको छेउमा गएर बस्छ प्रकृतिले चाडै आउनु भयो आज भनेर भन्छिन् जिवनले खुशी हुन्दै आज काठमाडौबाट एजेण्टले फोन गरको थियो मेरो भिषा आयो रे त्यसैले मलाइ चाडै पैसा लिएर आउनु भनेको अनि प्रकृतिले जिवनलाई सोध्छ बुढा कहिले जान्छौ जिवन पैसा पाए भने पसर्ि नै जान्छु भन्छ अनि पैसा काहाँबाट ल्याउने होला भनी प्रकृती सँग सल्लाह गर्छ हामी सँग पैसा पनि छैन् बुढी के गर्ने हामी सँग भएको त्योही तल्लो खेत त्यसैलाई बन्दकी राखेर पैसा निकाल्नु पर्छ होला भनेर बुढीसगँ सल्लाह गर्छ प्रकृतिले पनि कुनै पनि उपाय पाउदैन पैसाको व्यवस्था गर्नलाइ उसले पनि मन नलागि नलागि भए पनि बाध्यताले गर्दा हुन्छ भनेर स्वीकृति दिन्छ इराकमा काम गर्न थाले पछि प्रति महिना १५०० डलर कमाउछ भनी एजेन्टले उसलाई पहिला नै जानकारी गराएको थियो जिवन सुन्दर पाण्डेको घरमा गएर जग्गा बन्दकी राखी कागजात गर्छन महगो ब्याचदरमा ऋण लिन्छन् घरमा आउछन् अनि सबैसगँ बसी खाना खान थाल्दछ आज उसलाई भोक पनि थिएन् तैपनि उसले करले अलिअलि खाना खायो अनि बच्चाहरुलाई माया गर्न थाल्छ बच्चाहरुलाई सम्झाउन थाल्छ आमालाई धेरै दुख नदिनु अनि आमाले भनेको मान्नु गएपछि तिमीलाई खेलौनाहरु पठाइदिन्छु भनेर फकाउछँ आज उसलाई प्रकृतिलाई अनि छोरा छोरीलाई एकदम माया गर्न मन लागेको थियो यस्तै गर्दा गर्दै १० बज्छ अनि अब सुत्ने तरखर तिर लाग्छ अनि प्रकृति पनि बच्चाहरुलाई सुताएर आउ छिन् जिवन सगँ कुरा गर्छन् बुढा विदेशमा गएर राम्रो सगँ बस्नु आफनो स्वस्थ्यको ख्याल गनुृ्रस् भनेर भछिन् जिवन पनि बुढीलाई सम्झाउछन् तिमी पनि आफनो राम्रो सँग ख्याल गर्नु बच्चाहरुको पनि ख्याल गनृ्र के गर्ने बुढी हामी गरीब छौ हामीले आफनो लागि नभए पनि हाम्रो बच्चाहरुको सुनौलो भबिष्यको लागि पनि विदेशीनु पर्छ त्यसैले तिमी आफनो मन खिन्न नबनाउ भोलि मलाई जाने बेला हासेर बिदा गर भन्छ यसरी कुरा गर्दा्र गर्दै अनि मनमा अनेकौ कुरा साच्दा सोच्दै कति बेला निन्द्रामा पुग्छ जिवनलाई थाहा नै हुन्न् बिहान कुखुराले कुखुरी काँ कुखुरी काँ गरेको बेला झस्याङ हुन्छ उठेर हातमुख धुएर कपडा लगाएर प्रकृति अनि बच्चाहरुसँग अन्तिम पल्ट आिलंगन गरेर घरको सबै जिम्मा प्रकृतिलाइ जिम्मा दिई रातो टिका अनि सयपत्री फुलको माला लगाई जिवन काठमाडौको लागि निस्कन्छ जिवनलाई आज उसको हरेक पाईला एकदम गाह्रो लाग्छ नचाहादा नचाहादा पनि उसले आफनो पाइला अगाडि बढाउन बाध्य मनले नमान्दा नमान्दा पनि मुटु माथि ढुङ्गा राखी हिडनु परेको एकातिर विदेशमा गएर धन कमाउला भन्ने मनमा खुशी भने अर्को तिर आपुनो घरपरिवार छोडेर जानु परेको पिडा तैपनि उसले भोलीको सुनौलो दिनको कल्पनामा हराउदै आफनो पाइला अगाडि सार्छ बिहान ६ः३० बजेको बसमा काठमाडौ हिडछ्

यता काठमाडौ पुगे पछि उसले आफनो एजेन्टलाई फोन गरेर आफु काठमाडौ आएको जानकारी गराउछ त्यसको केही समय उसको एजेन्ट आएर उसलाई काठमाडौमा भएको लजमा लगेर राख्छ जिवनले आफनो एजेन्टलाई मेरो पुलाइट कहिले हुन्छ भनेर बुभुछ एजेन्टले प्रतिउत्तरमा तिमी अहिले थाकेको छौ पहिला आराम गर तिमीलाई भोली भन्छु भनेर आफनो बाटो लाग्छ भोली पसर्ि भन्दा भन्दा जिवन काठमाडौमा बसेको पनि हप्ता हुन लाग्यो उसले घरमा पनि फोन गरेको छैन उसले सोच्छ की पुलाइट हुने दिनमा फोन गर्छु भनेर सोच्दा सोच्दै कसैले बोलाएको जस्तो लाग्छ उसलाई नभन्दै त्योही एजेन्ट रहेछ उसलाई बोलाउने झसंग हुन्छ उसको वोलावटवाट एजेन्टले भन्न थाल्छ जिवन तिम्रो पुयाइट आज दिनको बजे त्यसैले आफनो तयारी गर्नु हामी तिमीलाई १२ बजे लिन आउछौ भनेर एजेन्ट त्यहाँबाट निस्कन्छ जिवन त्यो खबर सुने पछि खुशी हुन्छ प्रकुतिलाई फोन गरेर आफु आज जान लागेको कुरा बताउछ प्रकृतिले पनि राम्रो सगँ जानुस् बेला बेलामा फोन गर्नुस् भन्छिन् फोन गरी सकेपछि जिवन खाना खाई ठिक परेर बस्छ १२ बजे एजेन्ट आई उसलाई लिएर एयरपोर्ट तिर लाग्छ एयरपोर्टमा बाहिर झरेर एजेन्टले उसलाई टिकट १५०० डलर दिन्छ भन्छ यो १५०० डलर तिमीलाई दुबई एयरपोटमा लिन आउने फलानो व्यक्तिलाई दिनु भित्र एयरपोर्टमा मैले सबै मिलाई सकेको छु त्यहाँ गएर फलानो व्यक्तिको मान्छे हो भन्नु भन्छ ट्याक्सीमा चढाई एयरपोर्ट भित्र पठाउछन् एयरपोर्ट भित्र पुगे पछि आपुनो एजेन्टले भने अनुरुप गर्छन् सबै काम अनि सुरक्षा जाच भइसकेपछि हवाइजहाज चढन तिर लाग्छ उसले जिन्दगीमा पहिलो पल्ट नजिकैबाट हवाईजहाज दैख्दा कता कता खुशी पनि लागि रहेको थियो हवाइजहाजमा चढी सकेपछि हवाइजहाज उडने बेलामा प्रकृतिले भनेको कुरा सम्झिन्छ आखाँ चिम्मा गरेर भगवानलाई सम्झिन्छ उसले आखाँ खोल्दा हवाइजहाजले जमिन छोडीसक्छ करीब घण्टाको यात्रा पछि दुबईमा पुग्छ जिवन जिन्दगीमा पहिलो चोटी विदेश आएकोले होला उसलाई कता कता डर पनि लागि रहेको थियो जे जस्तो भएपनि होस् भनी जिवन इमीर्गेसन् तिर लाग्छ उसले त्यहाँ आफुसगँ भएको भिषा आपुनो राहदानी फिर्ता टिकट देखाउछँ केही छिन पासपोर्ट हेरेपछि त्यहाँको इमीर्गेसनको अरबीयनले एकजनालाई बोलाएर उसको आखाँको नानीको स्क्यान गर्न पठाउछँ उसले भने अनुरुप गरी सके पछि जिवनको पासपोर्टमा दुबइको महिनाको बस्न पाउने छाप हानी दिन्छ जिवन यता उता गर्दै दुवइको एयरपोर्ट बाहिर निस्कन्छ

कम्रशः

अनुप गुरुङ्ग

1 comments:

kalpana Thapa said...

ramro chha la bastabik nepali ko kthaa ho ni yo ta ko afnai kathaa lekhnu vayako ho ki ke ho tara ramro chhala

Post a Comment