Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

7:51 AM

माया टुक्रिएपछि

Posted by Lovlyanup

Uday Kumar Bajgai

Makwanpur,

Uday_raj2007@yahoo.com

आई कमको परिक्षा सकिएपछि घरमा फुस्रदका दिनहरु बिताउदै रिजल्टको प्रतिक्षामा थिँए यदि पास भए भने पनि सगँ बि बि एसका लागि प्रयाप्त आर्थिक सोत्रहरु थिएन् आपुनै गाउँको एकजना ठेकदारले सदरमुकाम भन्दा पनि टाढाको गा। वि। स। मा स्कुल निर्माण गर्ने ठेक्का पाएका रहेछन् लेवरलाई दैनिक रु १०० दिने रहेछन् आफुले नचिनेको गाउँ भएकोले ठाउँ पनि देखिने अरुले पनि नचिन्ने बि बि एस पढनको लागि रकम पनि जुटने महशुश गरी ठेकदारलाइै भनसुन गरेर उतै तिर लागे दिनभर काठ चिर्ने ढुङ्गा फोर्ने मसला मिलाउने जस्ता मजदुरी काम गर्दा मेरो हात फुटेर रगत बग्दा पनि सहेर मैले आपुनो गन्तव्यमा पुग्नको लागि कार्यलाई निरन्तरता दिई नै रहे दिनभरी काम गरे पश्चात बेलुका बस्नको लागि ठेकदारले नै एउटा कोठाको व्यवस्था मिलाई दिएका थिए मैले आपुनो दिनभरीको थकान बेलुका यही कोठामा मेटाउथे घरभेटीहरु प्नि निकै मिजासिलो हुनुहुन्थ्यो मैले खाए नखाएको बारे निकै सोधखोज गर्नुहुन्थ्यो स्वास्थ्यको ख्याल गर्नुपर्छ जिवन सबैभन्दा ठुलो कुरो हो जिउ रहे सबैथोक गर्न सकिन्छ भन्नुहुन्थ्यो हात फुटेर घाउ नै भएकोले मैले केही समय कपडा धुने कार्य गर्न सकेको थिइन् त्यसैले कोठामा मैला कपडाको थुप्रो नै भएको थियो एकदिन बेलुका कोठामा फर्कदा सबै कपडा सफा थिए केही समय मैले थाहा नै पाइन मनमनै विचार गर्न थाले कसले मेरो कोठामा आएर सबै मैला कपडा धोइदिएछ पछि केहि दिन अगाडिको कुरा सम्झना आयो घरबेटीको छोरीले मलाई कर्के नजरले हेर्दै फोहोरी बन्न हुदैन सफा रहनु पर्छ भनीरहेकी हुनाले मेरो शंका उनी माथि हुन स्वभाविक थियो उनले नै त्यसो गरेको पक्का भएपछि मैले यस्तो ऋण नवोकाउन आग्रह गरे तर उनी तपाईको हातले धुनु हुदैैन घाउमा पानी पनि पार्न हुदैन यस्तो स्थितिमा मैले तपाईलाई सहयोग गर्न के हुन्छ भनेर उल्टै प्रश्न तेरस्याउन थालिन तपाईको हात सन्चो भएपछि नधोइदिउला भन्दै उनी आफनो बाटो लागिन् समयसगै दिनहरु बित्दै गए हाउभाउ वोली चाली व्यवहार हेराई आदिका कारण प्रतिको आर्कषण पनि बढदै गएको सहजै अनुमान लगाउन सक्थे एकदिन उनले चिठ्ठी माफर्त मलाई प्रेम प्रस्ताव राखिन् अनि मैले उनलाई भेटेर यो असम्भव हुने बताए संभव होस् पनि कसरी उनी धनी बाबुकी छोरी थिइन् सदरमुकाम नजिक राजमार्ग छेउमै उनका वटा ठुला घरहरु थिए गाडी मिल भएकी उनलाई मेरो झुपडीमा कसरी सजाउन सक्थे सामान्य दैनिक ज्याला मजदुरी गरेर आपुनो जिन्दगीलाई अगाडि बढाउन मात्र सक्थे तव उनी मलाई भन्थिन् मलाई यस्तै परिश्रमी पुरुष मनपर्छ मैले तपाईलाई मन पराएको हो सम्पतिलाई होइन्आदी इत्यादी उनको आर्दश प्रतिको माया कोमलताले मलाई पनि उनी प्रति आर्कषित गरी छाड्यो अझ जव मैले आफनो पढाइलाई निरन्तरता दिनको निम्ती नै यस्तो परिश्रम गरेको भन्ने थाहा पाएपछि भने झन माया गर्न थालिन् पढे लेखेको भएपनि कुनै पनि काम गर्न नहिकिचाउने मेरो वानी उनको लागि प्रति माया उजागर गर्ने साहस बनेछ अन्तत मैले पनि उनलाई असाध्यै मन पराउन थाले क्रमशः दिन देगुना रात चौगुना हाम्रो माया मौलाएदै गयो एकदिन नभेटदा पनि बर्षौ विछेाडिएको जस्तो आभाष हुन्थ्यो कति कम्जोर कोमल हुदो रहेछ पहिलो प्रेम मनमनै महसुस गर्थे पनि गदगद थिए उनी पनि फुरुङ्ग थिइन् उनको आफनै रोजाई पाएर कहिले हामी शहिद स्मारकको भ्युटावरमा चढेर चार आँखा एक दृष्टी पारेर प्रकृतिको स्वच्छन्दता सुन्दरतलाई निहाल्थ्यौ कहिले मनकामना माईको मन्दिरबाट तल मस्र्याग्ंदी गहिराई नाप्दथ्यौ जीवन कति सुन्दर थियो फकि्रएको फुल झै कति हरियाली थियो बसन्तको पालुवा झै जिवन कति रंगीन थियो अरुणिमाको लाली झै त्यसैले सोच्दथे यसैको नाम रहेछ जीवन जीवनको एउटा महत्वपूृर्ण अध्याय शुरु हदाँ नहुदै अर्को अध्याय शुरु भयो जुन मेरो सानो झुपडीमा उनलाई सजाउने आशा गरेको थिए उन लाई एक पटक लिएर पनि गएको थिए मेरो बुढि आमासगँ हुनेवाला वुहारीको परिचय पनि गराएको थिए छोराको खुशीमा उनको समर्थन थियो तर वर्षा यामको वेलामा त्यही झुपडी पनि भत्किदा अर्को विपत्ति आइलाग्यो नया घर वनाउनु पर्ने भयो मेरो पढ्ने चाहाना भन्दा बढी आवश्यकता बस्न् घरको थियो घर बनाईसकेपछि ऋण तिर्ने कुनै उपाय नहुदाँ भारततिर रोजगारीको लागि जाने निर्णय गरी घरवाट हिडने निश्चय गरे यस्तै गरी जिन्दगीको अर्को मोडले हामीलाई एक अर्कावाट छुटिन बाध्य बनाउदै थियो हप्ता प्रन्ध दिन नभेटदा चिठी आदान प्रदान गर्ने हामी दुइ अव लामो समय बिछोडिनु पर्ने अवस्था हाम्रो सामु देखा पर्यो यसलाई मैले सकारत्मक रुपमा ऋण तिरे पछि तुरुन्त आफनो बनाएर ल्याउने बाचा गरी संम्झाए पछि उनी आखाको डिल भरी आशु पादै आफुलाई सम्हालेर सकारात्मकताको मुन्टो हल्लाइन आफनो मनले पनि कहाँ मानेको थियो तर पुरुष भएपछि घरव्यवहार ऋणको बोझ आफना लक्ष्य आकांक्षाहरु सबै देखाउदै उनलाई सान्त्वनाको आभाष दिलाउदै थिए कलेजमा डिप्लोमा पास गरेकाहरु प्नि बेरोजगार नै देख्दा बरु आफनी मनकी रानीलाई अपनाएर गाउ घरमा कुटो कोदालो लेक वेसी गर्दै रमाएर जीवन जिउनु बेहत्तर सम्झी बर्षमा आउने वाचा गदै उनीबाट विदा भए प्रत्येक महिनामा पत्र पठाइ रहन्थे सम्झना जति आए पनि तृष्णा मेटाउने सहारा पत्र मात्रै थियो सोचे जस्तो कमाई नभए पछि जिवनलाई नै दाउ लगाएर कारगिलको रणभुमितिर होमिए भाग्यले परिस्थिति सगँ वाध्यताले लाचारिता सगँ संम्झौता गर्नुपरे पछि अरु वर्ष बस्नुपर्ने बाध्यता उनी सामु व्यक्त गरे तर उनीभने अव बर्ष के दिन पनि विछोडिएर वस्न नसक्ने अब पनि नफर्के यहाँ आएर मलाई खोज्ने कष्ट नगर्नु भन्दै थिइन् यस कुराले गर्दा उनी बिचमा अब पत्र मार्फत शितयुद्ध चल्न थाल्यो बर्षमा फर्कन नसकेकोमा मैले उनी समक्ष पत्रमा माफी मागे तर उनले सुनिन्न भने उनीसगँ जीवन जिउने अभिलाषामा लडाईको मैदानमा जोखिम लिई नै रहे दशैको शुरुवात सगै नया उमंग नयाँ जोस लिएर घर फर्के घर परिवारलाई भेटने मनकी रानीलाई भेट्न जव घर पुगेर भोलिपल्ट उनको गाउँ जान प्रस्थान गरे सदरमुकाम हेटौडा पुग्ने वितिकै मलाई थाहा भयो कि उनी अर्कैको भइसकेकी रहेछ त्यो भन्दा दुःखको क्षण अरु कुनै लागेन लाग्यो कि मलाई हजारौ विच्छीहरुले डसिरहेका छन् मैले टेकेको जमिन नै भासिएछ कता गए ती वाचा कसमहरु अनि हास्दा फुलको गच्छा बर्षे झै लाग्ने खुशीहरु मनकामना मन्दिरमा एकले अर्कालाई फुलमाला पहिरयाएर टीका लगाएर जीवनभर सगै बाच्न गरेको संकल्प किन आज शीशा झै टुकि्रए तिम्रो मायालाई संसार हेर्ने दृष्टिको रुपमा लिएको यो सोझो गाउले आज तिमी बिना अन्धो झै लर्खराएको शारीरिक पिडा सहन गाह्रो हुदैन थियो तर प्रेम पिडा सहन गाह्रो हुदो रहेछ तिमी कोपिला थियौ फुल सरी फकि्र गयौ भने कुमार छु भनी दावा गर्न पनि सक्दिनथे तिमी विना मरु भने पनि स्वाभिमानले मर्न दिएन किनकि चोखो माया गर्नेलाई धुलो फयाकी धोका दिनेलाई संम्झी आत्महत्या गर्न कायरता मात्र हुन्थ्यो तिमी बिना बाच्नको औचित्य पनि नहुदाँ अप्रत्यक्ष रुपमा मृत्युलाई्र अंगालो हाल्न इराकको मरुभुमिमा होमिएको छु निष्ठुरी तिमीले मलाई नदेखे पनि सधै टेलिभिजनको समाचारमा इराकमा बमको धमाका सगै उडने धुवामा कतै एक दिन तिम्रो परिचित व्यक्तिको पनि धुवा उडिरहेको पाउने छौ तिमीले त्यस्तो कुन व्यक्तिलाई भेट्टायौ ती सबै बाचा कसम तोडन बाध्य भयौ विश्वकै सर्वाधिक हयाण्डसम सेक्सी खेलाडी डेबिड बेकहमलाई रोज्यौ कि भन्ने सोचेको थिए त्यो पनि हैन रहेछ विश्वकै चर्चित अनि लोकपि्रय अन्य कुनै व्यक्ति पनि रोजेकी हैन रहेछौ आखिर यो सोझो मजदुरको चोखो भावना मायालाई लात हानेर त्यही भुई पाइलट च्यापेकी रहेछौ डाइभर पुलिसको कहिल्यै भरोषा हुदैन भन्छन् यो कुरा तिमीमा अपवाद बनोस् अनि तिमीलाई गोहीका जस्ता आसु झार्न नपरोस् बैगुनीको छलमा पर्दा जिन्दगीको गोरेटोलाई विराए विराए बुढी आमालाई पनि विसर्िएछु पछिल्लो पटक फोन गर्दा वावु तिमी विना हामी निभ्न लागकेा वत्ति झै भएका छौ भन्ने आमाको कारुणिक आवाज सुन्दा पो झस्किएछु बल्ल थाहा पाए मलाई बास्तविक माया गर्ने बुढी आमाको मातृत्व पे्रमलाई लत्याएर बैगुनीको निम्ति मर्न तयार पो भएको रहेछु आज बल्ल आखाँ खुले बैगुनीले इराकको मरुभुमि भन्दा उजाड बनाएको हृदयलाई मातृ पे्रमले हरभरा बनाउदै तपाइकै काखमा चाडै आउदैछु प्रेम लिएर नेपालको १४ घण्टे लोडसेडिङ्गले अब अन्धकार बनाउन सक्दैन आमा तपाईहरुको जिवनको ज्योति छिटै आउदै

1 comments:

upendra Bulun said...

abui .......bro ko katha sunera malai pani mero atit ko yaad aayo yar....j hos lekhne saili ramro chha keep it up....

Post a Comment