Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

8:09 AM

नजोडीएको साइनो

Posted by Lovlyanup

सुमन बगाले

आज समयले निकै अफ्ठ्यारो मोडमा ल्याएर छोडिदिएको मलाइ तिमी मेरो प्राण दिलको राजा भन्ने गिताले नानाथरी बहाना बनाएर छोडेर अन्तै गइहाली विहे गर्ने कुरामा मन मरेर आएको थियो तर मेरो परिवारले गाउलेको भोज भतेरको पौचो तिर्नु रे गाउलेले कुरा काट्छन् रे भएको एक छोराकोपनि विहे गर्न सकेन फलानाले भनेर स्वर्गको बाटो खुल्दैन रे छोराको कर्मकाण्ड नगराइ स्वर्गवास भइयो भनेस्वर्ग पुगीदैनरे। साथीसँगी सबै छोराको वाउ भइसके घरमा बुहारीको खाचो आमाले आफनो नितान्त व्याक्तिगत विचार राख्नुभयो
हुनपनि ठिकै जस्तो लाग्यो विवाह नगरि बसियो भने सबैको आखाको तारो भइन्छ चेलीबेटिले आखा छलेपनि गाउलेले मलाइ नै आखा तर्छन मै माथी नै सँन्कालु नजरले हेर्छन यदि गिताले शम्भुसँग विहे गरेर खुशी छिन भने मपनि कसरी खुशी हुन नसकुला कुरा सबै बिर्सिएछ जस्तो लाग्यो गिताले कसरी सकेको होला उल्टै मलाइ नै सोधछिन् विवाह कहिले गर्ने भनी खिस्स हासेर त्यो हासोले मलाइ विगतका यादहरु मानस पटलमा छचल्काइदियो तर कोट्याउन मन लागेन भागिहाले गिताको त्यो व्यवाहार उनी विवाहीत जस्तो कत्तिपनि देखिदैन तर के गर्ने गलामा पासो सरी झुण्डीएको पोते सिउदोमा रँगीएको सिन्दुरले कसैको जिवन साथी भनि प्रस्ट देखाएको शम्भु दाइ देखेरपनि डाहा लागेर आउछ कतै केटि नपाएर मेरै गितालाइ विहे गर्नु परेको तर प्रतिकार गर्न नमिल्ने मपनि शम्भुदाइको अगाडी खिस्स हासिदिन्थेँ कुनैपनि हालतमा मैले विहे गर्नै पर्ने भयो
एघार पढदै मिलेको वाङकी शशिर लामा लामा केश बाटुलो मुहार राम्रो खानदान भएका कमला मलाइ सुहाउने भयो रे मेरो मामाको जेठीसासुकी कान्छी छोरी 12पास गराएर विहे गर्ने परिवारको सोच हुदा हुदैपनि दिदि नखरमाउली भिन्न जातसँग पोइला गएकीले कमलाप्रति पनि उनिहरुको विश्वास कम भएर होला भनु यो कुल घरानको इज्जत वचाउनको लागी भनेपनि कमलाको विहे गर्ने निधो गरेका रहेछन मामा कमला खानदानलाइ दाजेर निकै चर्चापरिचर्चा गर्दै हुनुहुन्थ्यो मैलेपनि विश्वास नै गरेँ कमला मसँग विहे गर्न राजी होलीन भोली कतै उनीलेपनि अरु नै जिवनसँगीनी रोजीसकेकी छिन कि नारी स्वतन्त्र भएको देशमा के भर हुन मपनि के को चोखो छु नढाटी विहे नै हुन्न भन्छन मैलेपनि ढाट्नै पर्ने हो कुमार केटो मेरो कुनै लपन्नछप्पन छैन भनेर कमलालाइ ढाटेपनि आफुले आफुलाइ ढाट्न सकिन्न नी बरु कमला तिम्रो भनि भन कसैको मायामा तगारो बन्न सक्दिन किनकी मलाइ पुरै थाहा विछोडको पिडा कस्तो हुन्छ भनेर जा फुस्कीहाल्यो नि कमलाले बुझी भने बर्बाद नै हुन्छ ढाट्न सक्दिन मेरो यहि नै कमजोरी हो के यसैको फाइदा उठाउलीन कमलाले विन्ती कमला ढाट्न सक्दिन हो मेरो पहिलो माया टुक्रीएको हो ति घाउह्ररु अझै आला काचै छन् मेरा ह्दयमा जुन आगो बनेर दन्कीरहकेा तर सामाजिक मर्यादा आफनो रिती सँस्कृतीलाइ निरन्तरता दिनको लागी भएपनि राजी भएको छु मायाको भोको छु मेरो आत्मा चैतमाशको डढेलोले खाइसकेको नाङगो डाडो भएको छु फेरी मैलाउन चाहान्छु नया दुनिया बसाउन चाहान्छु मेरो यो तृप्तीलाइ फर्काउन तिमीले साथ दिने छौ दुखेको आत्मालाइ जस्तो रित्तिसकेको खोक्रो मान्छेको जिवनमा आएर फेरी ममा केहि पुर्नजन्म दिनुपनि तिमीलाइ धर्म मिल्छ नि पिर नगर कमला गिताको अगाडी तिमीलाइ यति माया सदभाव दिनेछु कि हाम्रो माया देखेर दुनिया जल्नेछन् तिमीलाइ कुनै कुनामापनि कमीको महशुस हुन दिने छैन मात्र मेरो साथ देउ भोली दुइचार जना अभिभावनको सामु मेरो मुख रातोपिरो हुनुनपरोस ढाट्न सक्दिन मलाइ बुझने कोशीस गर कमला
तिमीलाइपनि केहि असजिलो भएको होला हामी दुइ अन्जान छौ कौतहल लागेको होला साथीसँगी जिस्काउछन् होला तिमीलाइ भने मनको बाघले खाइसकेको हुनपर्छ यो सोभाविक हो तिमी अबका बाकी दिनहरु मेरै घरमा विताउनु पर्नेछ आफनो जन्मघरमा छोडेर कर्मघरको कार्यभार बुहारीको नाममा सम्माहाल्नु पर्छ मानौ विवाह नारीहरुको दोस्रो जन्म सरह हुन्छ जवानी भरिदैमा परदेशीएको बल्ल आफनो देशसँग गुनासाहरु अझै पोखीरहेको छु विवाहपछि वाहारी मन्दीरको वरिपरी डुङगा लिएर फेरोमार्ने मेरो सपना तिमीसँग पुरा हुनेवाला आशा तिमी मेरो हरखुशीमा सुखी रहन सक्छौ भन्ने
सयौ जना मान्छे पहिले नै उपस्थति भइसकेका रहेछन् मैले केहि बुझन सकिन मलाइ किन आज अदालतको कठाघरामा उभ्यादैछ हजार प्रश्नहरु सोध्छु एउटै जवाफ हत्याराले धेरै नखारा नपार भनेर हातमा साँङलाले निलडाम बनाइसकेको थियो सबै उपस्थिती माननिय मान्छेहरु मलाइ एक दोशी हत्याराको आरोपमा मलाइ हेर्दै आखा बटारेका थिए कुरा एका एक गर्दै गुन्जीदैथियो श्रीमान् यो हत्यारालाइ हदै भन्दा बढि सजाय हुनुपर्छ यस्का गल्ती क्षमायुक्त छैन कुनै अन्जान व्याक्ति विहे कुरा चल्यो नमान्दैमा यसले हत्या गर्न पाउदैन विदेशमापनि यसले धेरै भन्दा धेरै हत्याकाण्डमा सहभागीता जनाएको हुनुपर्छ अझै सोध्दै मैले कसको हात्या गरे मलाइ विस्वास गर्नु आजको दिनसँम्म एक कुखुरापनि मार हानेको के हेरेको पनि छैन मलाइ त्यति साह्रो दोषी नबनाउनु अझै बढि बोल्छस् यि प्रमाण हेर भनेर च्यातिएर छेदविछेद हुन लागेका उसैमा रगत लतपतिएका खाटाहरु लेखीएका थिए सुमनले मलाइ यो जिवनमा जिउन दिएन मलाइ जिउदै मार्यो अरुपनि केहि शब्दहरु आकार बन्दै शब्द बन्न खोज्दैथिए तर सेरिएका पिडाले पुर्णहुन सकीरहेका थिएनन् त्यतिकैमा एक केटो एक बतास सरी साउनमा उर्लने खहरेको बेगसरी बहकिएर आएर उच उच रुन्चे स्वरमा चिच्याउदै यो भन्दै थियो कि सुमन हत्यारा होइन तर यसले कमलालाइ हत्या नगरेपनि कमला मेरो प्रेमको हत्या गरेको यो हाम्रो विचमा नआइदिएको भए कमलाले हत्या हुने थिइन कमलाको हत्यारा हुँ मैले हत्या गरेको हुँ किनकी मेरो मायाको कुनै औचित्य नहुने भएपनि मैले कमलाको हत्या गर्ने निर्णयमा पुगे उसको गलामा सेरिदिए। त्यसपछि मैले आफुलाइपनि हत्या गर्नु थियो मैले त्यो मैाका नै पाइन किनकी मैले कमलाको पछि सुमनको हत्या गर्नु थियो तर त्यो हुनुभन्दा पहिला नै मेरा हातहरु सुमनको हत्या गर्न कामीसकेका थिए कमलाको सिरीदाको चित्कारले मेरो मायामा हारेर ढुङगा भएको मनपनि मन पग्लीएर आयो त्यसपछि मैले सुमनलाइ नै मार्न सके मनै मर्न सकेँ कारण यो हो कि जब सुमन माग्न आउने कुरा भयो उनीका बाबाआमाले सुमनलाइ दिने निधो भयो कमला रुदै भन्दै थिइ विजय तिम्रो मेरो मिलन असम्भव मेरो बाबा आमाले सुमनलाइ दिने निधो गरिसकेका छन् तिमीसँगपनि मेरो मिलन हुन सक्दैन मेरो आमाबाबाको खुशीको लागी भएपनि सुमनसँग् विहे गर्नु नै पर्छ दिदिले इज्जत गुमाइसकेकी छे मैलेपनि त्यहि देाहोराउने हो भने अनर्थ हुन्छ मलाइ बिर्सिदेउ तिम्रो चाहेरपनि हुन सकिन यो नै हाम्रो जिन्दगीको अभिशाप हो यति कै मैले मार्ने निर्णय गरिसकेको थियाँ किनकी बाचेरपनि मरेको शरिर लिएर हिडन नसकिने रहेछ यो सिदान्तको मान्छे हुँ की माया गर्नेलाइ माया मायाले नै ढाल्नुपर्छ भनिन्छ मायामा सर्मपण हुन्छ तर भन्दीन किनकी प्राप्त गर्न नसकिने बस्तुलाइ गरेको बस्तुलाइ गरेको के अर्थ मलाइ जिवनको अन्तिम घडी ल्याइदिएर मेरो पवित्र मायाको खिल्ली उडाउनेलाइ त्यसै छोडने थिइन विश्वास लाग्दैन भने हेर्नुस विगतमा रगतले कोरिएका प्रेमपत्रलाइ जहा अटल अमर रहनेछ हाम्रो माया भनेर लेखेकी छिन तिम्री सुपुत्री छोरी कमलाले त्यहि हो अटल अमर माया कमला नमरेको भएपनि त्यसै तडपिन्थेँ उनीकै यादमा मरेपनि तडपीनु नै हेा उनीको यादमा त्यसैले नपाउने मायाको पुकार गर्नु भन्दा नाम निसानै मेटाइदिए बेश ठानेर मैले हत्या गरेको हुँ मलाइ जे सजाय दिएपनि सहन तयार मलाइ फासीँ लगाउनुस जेलमा सडाएर मार्नुस मलाइ कुनै दुविधा छैन श्रीमान् को जो आज्ञा

गलामा छुरी रेटदैमा हत्यारा भइदैन हत्या मैले गरेको हुँ आफु पहिला आफै निमोठिसकेको मान्छे फेरी आज मेरै कारणले कसैको हत्या गर्नेसम्म कठोर ह्दय बनाइ कसैको फुल्न लागेको प्रेममा काडा बनेर उनीहरुको प्रेमलाइ धुजा धुजा बनाइदिएको छु पापी हुँ यति हुनु सबै मेरै कारण हो मलाइ मार्नुस सच्चा प्रेम गर्नेलाइ होइन उबाट फेरी कोहिले माया पाउन सक्छ तर अन्तरघाति पापीबाट कोहि अछुतो रहन सक्दैन मलाइ फासी दिनुस मलाइ गोली हान्नुस मेरा यि अर्थहिन स्वरहरु अदालतको भवनहरु थर्किने गरेर गुन्जीरहेका थिए पर पर प्रतिध्वनीहरु उत्तर दिदै थिए पापी अर्धमी आदि आदि

1 comments:

प्रबिण थापा said...

dami 6 hai suman bro, hoina yo katha matra ho ki yathartha pani ho?

Post a Comment