अन्धकारले ढाकेको थियो एउटा सुनसान रात, त्यहि सुनसान रातलाई साथ दिने एउटा सानो टुकि, त्यहि सानो टुकिको उज्यालोमा अलपत्र परेर बसेका कथा व्यथाहरूलार्य ओल्टाई पल्टाई अतीतदेखि बर्तमानसम्मलाई नियाल्दै आˆनो विस्तारामा छटपटिदै कोल्टे फेर्छु । उनको याद र सम्झनामा कल्पित हुँदै कति दिन अनि रातहरू बिते । आखिर यात्र ने त रहेछ जीन्दगी, अघि अघि बढाउने प्रयासमा चालिहिड्छु गन्तब्यका पाइलाहर । कति ठाउँ खोजिहिड्छु, हेरि हिड्छु र अह कते पनि देख्दिन् गन्तव्यहरू । कहिले ओराली झर्छु, कहिले, कहिले उकाली चढ्छु । तर पुग्नु नै सकिन, धेरै लामो रहेछ । हो मैले यसरी नै कदमहरू चाल्दै हिड्नु थियो । यि गन्तव्यहरूमा एक दिन पक्कै पुग्न सक्छु कि ? सायद त्यसबेला मेरो जीन्दगीको अनिश्चित बाटोहरूमा काँडैकाँडा मात्र थिए, म जहाँ हिड्छु त्यहि काँडा । यो मेरो अनिश्चित जीन्दगिका अन्त्य कहाँ हुन्छ होला भनि त्यो निष्ठुरि समयसँग प्रश्न गर्थे । तर ति निष्ठुरि समयको पर्खाइमा बसिरहेको थिए ।
बसन्त ऋतुको आगमन सँगै उराठ लाग्दो मौसम अनि पुराना पातहरूको विछोड पछि नयाँ पालुवाको आगमन त्यति बेला लाग्दथ्यो कि गुराँसका फूलहरूसँगै कसैले मुस्कान छरिरहेका छन् कि ? आउँछन् फेरि घुम्दै बसन्त ऋतु अनि बदलिन्छ बसन्तमा, चरि जुरेलि अनि कोहिलीको सुमधुर स्वरसँगै उनिको पनि गुन्जन्छ मधुर स्वर “अनि आउँछे मेरो जनिक म दुङ्गा माथि बसिरहेको हुन्छु । सायद उनिलाई मैले यस धर्तिमा पहिलो पटक देखेर होला कसम धरोधर्म अप्सराकी परि झै देखे । जब उनि त्यस्तो चैत्रको उराठलाग्दो खरेडिमा पनि लालगिुराँस बनेर मुसुक्क गरि मुस्कुराउँदै मायाले भरिएको ओठबाट निस्कने मायालु बोलि र हँसिलो मुहारसँगै बढिन् म भएतिर । तर त्यस समय सम्म हामी दुवै अपरिचत नै थियौं । उनको त्यो चन्चले बानी, सायद मायालु मन सार्ह्रै चन्चले नै हुँदोरहेछ क्यारे, उनिले त्यो चन्चले मनलाई एकछिन्सम्म पनि बाँधेर राख्न सकिन हजुर ! घाँस काट्नु आउनु भा को ? भारि पुगेन ? जाउँ हामी काटिदिन्छौं ? उनिहरू पनि निकै ग्रुप नै रहेछ चार पाँच जनाका उनको त्यो सुमधुर बोलिसँग निस्किएका प्रश्नको जवाफहरू दिन मलाई निकै नै धौं धौं परिरहेको थियो किन की म त्यति बोल्न पनि सक्दिन थिए । सायद हामी नयाँ मान्छे भएर होला । मेरो प्रत्येक हृदयको बस्तिहरमा विद्युतिय झट्काहरूले करेन्ट लागे झै शरिरको प्रत्येक अंङ्गहरू शिथिल बन्दै गइरहेको थियो भने निधारबाट पसिनाहरू चिट् चिट् आइरहेको थियो । मुखबाट बोलिहरू हामफाल्न सकिरहेको थिएन । तै पनि ठूलो शाहस र आँट लिएर २ शब्द मुखबाट निकाली दिए । “पर्दैन-पर्दैन म आफै काटिहाल्छु नि ! बरु तिमीहरूको चाहिँ घाँस भारि पुगेन भने म काँटि दिउँला नि हुन्न र ?” “आबुई हजुरलाई किन यस्तो दुःख फेरि हामी त घाँस काट्न आएका पनि त होइनौ नि पात टिप्न पो आएको हौं ।” उनीको त्यो मधुर स्वरमा गुन्जाएको बोलिसँगै त्यस ढुंङ्गा (चुच्चे ढुंङ्गा) देखि उठेर हिड्यौं जंगलतिर । उनिले मेरो हातबाट हँसिया तानेर लगि अनि त घाँस काट्दिन थालिन् म पनि रुखमा चढेर पातहरू टिप्दै भुईमा झारि दिन्थे उनिको संगिहरूले आफु-आफु मुखा मुख गर्दै एकले अर्कालाई हेर्दै पातहर सम्हाल्दै आ-आˆनो भारि पुर्याएर उनिलाई बोलाउन थालिन् । तर उनि भने मेरो लागि घाँसको भारि पुर्याई दिनमा ब्यस्त थिई, उनिलाई पनि पातका भारि पुर्याई दिए मलाई पनि घाँसको भारि पुर्याई दिई । यसरी उनिसँग मैले पहिलोपटक माया साटासाट घाँस र पातबाट आदान प्रदान गरे । सायद दैवले पनि यस्तै जुराएको रहेछ क्यारे ! त्यसदिन देखिको हाम्रो माया यति गाढा र प्रगाढ बन्दै गयो कि सायद हाम्रो माया देखेर कति जना त दङ्ग नै परेहोलान् । वास्तविक पानाहरू पल्टाएर हेर्ने हो भने त म एउटा गरिब परिबार गरिब बाबा, आमाको कोखबाट जन्मभई एउटा दुर्गम पहाडी भेगमा जन्म भई डाँडा पाखा, भिर पहरा, खोलानाला, बनजंगल,घाँस दाउरा, मेला पात अनि साथिभाईसँग रम्दै हुर्किएको एउटा साधारण मान्छे न हुँ । कहिले शिशिरको तुसारोसँग रमाउदै त कहिले बसन्त ऋतुको उराठिलो मोसमसँग रमाउँदै गन्तव्यको गोरेटोहरूलाई अग्रसर गरउनु पर्ने बाध्यता थियो । जीन्दगीको एउटा अनौठो यात्रा हुँदोरहेछ । समय परिवर्तित सँगै जीन्दगीको भोगाईहरूमा अनेक विध्न बाधा, अवरोध अनि त यातनाहरू सहनु पर्दोरहेछ । तसर्थ यस्ता विडम्बनाहरूसँग संघर्षहरू गर्दै अगाडि बढ्नु बाध्य हुनु पर्दोरहेछ । मेरो जीन्दगीको यात्राहरू हजारौं संघर्षहरूसँग पार गर्दै दुःखि बाटोमा हिड्न व्यस्त थिए, त्यो यात्राले एउटा रमाइलो गोरेटोहरू पार गर्ला कि भन्ने महसुस पनि गरेको थिए । यो मेरो एक्लो यात्रा पारगर्दा आˆनो समयको प्रतिफल उठाई जीन्दगीको कथासँग साइनो गास्दै मेरो जीवनमा बिहानीको मिर्रमिरे लालि किरण आईदियो ।
त्यहि शब्दको साहाराहरूलाई मैले अतीतका यादहरूसँगै आज यस अवस्थामा उनकै निम्ति अनगिन्त लक्ष्य र आशाहरू बोकि प्रबाशि भूमिमा प्रवाशि जीवनहरू ब्यथित गरिहेता पनि उनकै याद र सम्झनामा हरेक दिन र रातहरू बितारुई रहेको छु । त्यहि मेरो गन्तव्यको पाइलाहरमा आज उनकै आकृतिले अमृत छाईदिएको छ । आखिर म सँग के ने पो थियो र ? थियो त केवल निर्दोष आत्मा, निश्वार्थ भावना अनि विश्वास ! हो यहि निश्वार्थ भावना विश्वास र निर्दोष आत्माको प्रगाढ मायाले होला, निदाउन खोज्छु हरक्षण, हरपल उनिलाई मेरै समिपमा पाइरहेको हुन्छु । मेरो आँखा अगाडि आएर मुस्कुराई रहेको अवस्था मा देख्छु । बिगतका दिनहरूलाई स्मरण गर्दा आज यो मेरो विशाल हृदय पनि छिया छिया परेर पल पल तड्पाई रहन्छ । साँच्चै नै अतीतमा उनि मेरो लागि जति पि्रय थियो, आज त्यो भन्दा पनि बढि पि्रय छ । मलाई त आˆनै माग्यदेखि डाह लागेर आउँछ अनि आˆनै भाग्लाई धिर्कार्छु तर खै कसलाई के भनौं र ? सायद मेरो भाग्य नै कमजोरि भएर होला हगि ? आज म उनकै सम्झनामा आँशु युक्त आँखाहरू बोकि दुःखित भएका हृदयको बस्तिहरू माझ विरही आत्मालाई सान्त्वना दिँदै हावाले उठाएको पात झै भएर सुमन्द्रको छालसरी उर्लदै बादलपारिको विरानो देशमा आˆनो दुःखहरूलाई आत्मसाथ गर्दै सुनौलो कर्मको खोजिमा भौतारिदै हिड्न बाध्य छु ।
मेशिनको घार-घार, घुर-घुर आवाजसँगै सबै श्रमिकहरू आ-आˆनो अनुसार फलामे मेशिनसँग संघर्ष गरिरहेको हुन्छ म पनि त्यहि फलामे मेशिनसँग पौठेजोरि खेल्दै उनिले दिएको मायाको चिनो बुट्टेरुमालले निधारबाट निस्किएका पसिना पुछ्दै आˆनो नित्यकर्ममा ब्यस्त थिए । हुलाकिले एउटा पत्र ढोकाबाट भित्र फालि दिन्छ । म दगुर्दै जान्छु अनि पत्र टिपेर हेर्छु त्यो पत्र उनिकै रहेछ । पत्र खोलेर हेरे साथमा २ ओटा प्रतिविम्ब पनि पठाएकी रहिछिन् । जुन उनको निर्दोष र मुलायम हातहरूले लेखिएको शब्दलहरी अक्षरहरूले यो मेरो भित्री मनका कुना -कुनासम्म छरिएर रहेका खुशीका आभाषहरू प्रकट गर्ने खुशीका सिमाहरूले पाउनुपर्ने भन्दा बढि खुशीका चित्कारहरूले बेहोस बनाई दिएको थियो ।
उनिले पत्रमा यसरी लेखेकी थिइन् ।
‘मित्रताको खहरे म, बर्षा बनि झरिदिनु,
रित्तियो मेरो मनलाई, अपार मायाले भरिदिनु !!’
अबिष जी, अल्पकालिन जीन्दगीका दिर्घकालिन सम्झना साथै अनमोल मायाका सौगातहर केवल तपाइलाई नै ल ।
खै कुन शब्दबाट सुरु गरौं अविष अनि कुन शब्दले सम्बोधन गरु हजुरलाई ? जीन्दगी नै चैत्र बैशाखको हुरि जस्तै भएर जलेर खरानी भईसक्यो अनि सङलो र पवित्र जलमा बाढिआई धमिल्याई दिएपछि अब बाँकि नै पो के रहयो र ? अन्तराल पछिको समयपश्चात् जुन दिन मैले हजुरको पत्र पाए अनि त यो उराठ लाग्दो उजाडीसकेको मनमा नयाँ बसन्तको आगमन ले छाई दियो । आखिर किन यस्तो अविष ? हामीले के पाप गरेका थियौं र ? यो कस्तो विडम्वना चाहँदा चाहँदै पनि घृणा र तिरस्कारको भूमिरिमा बाँधिएर दुःखै दुःखमा जीउनु पर्दोरहेछ । भाग्यले कोरिएको नियतिको रेखामा जो कोहि पनि हिड्नु विवश हुँदोरहेछ, जुन मायामा एक अर्काको दरिलो आस्था बनेर बस्दो रहेछ । जुन मनभरि सजिएका मिठा-मिठा सपना अनि ठूल-ठूला महलहरूलाई भुइचालो आएर तहस नहस पारि दिएपछि कस्को मन रुदैन र ? कस्को आँशु झर्दैन र ? तर पनि दुःख पिडाहरूलाई लुकाएर भए पनि आफ्नो भाग्य र जीन्दगीलाई धिक्कार्दै भएपनि हजुरको निम्ति दुईथोपा आँशु पिएर बाँचिरहेकी छु ।
दुःखी हृदयको कथा र ब्यथाहरू मुटुमा जन्मिदो रहेछ । समयले दिएको याद र सम्झनामा पनि विरहको भेट गराउँदो रहेछ हो अविष त्यहि समयको गीत सँग सँगै हाम्रो त्यो नयनको हेराई माथि हृदयको भावनाहरू कहिल्यै पनि बझुक्दो रहेछ । अन्तमा, यहाँ म आरामै छु, त्यहाँ हजुर पनि आरामै हुनुहुन्छ होला, आगामी दिनहरूमा पनि आरामै रहनुहोला भन्ने कामनाका साथ यो लड्पिएर जलिरहेको उदाशि जीन्दगीको तर्फबाट उज्वल भविश्य प्रतिका सु-स्वास्थ्य एवं दिर्घायुको कामना, अनन्त-अनन्तसम्मलाई दिन चाहान्छु ।
मेरो भनाईमा गल्ति छैन लेखाईमा गल्ति हुनसक्छ सुधारी पढ्नु होला ल । उहि म हजुर कै सम्झनामा बाँचिरहने “दीना” लौ त “अबिष” आजलाई विदा …।
हो यसरी अन्जानमा बसेको हाम्रो मायको साइनो पछि गएर हराउछ कि भनेर हरेकक्षण डराईरहन्छु । बल्ल-बल्ल भेटाएको मायाको साइनोलाई निश्चल र अमर रहिरहोस भन्दै यो हिडिरहेको पाइलाहरूमा एक अर्कामा आईपरेका दुःख, पिडाहरू साटासाट गर्न सकुन साथै हाम्रो “मायाको साइनो” ले धोका नदिउन…!!!!
- खगेन्द्र सारु मगर
ताङखुवा-८, गुराँसे पलैचा, धनकुटा
हालः सेरडाङ्गराय, मलेसिया
0 comments:
Post a Comment