Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

भो भो माया पि्रतिका कुरा अब गरिदैन
दुइ चार शुर मायाका गित अब गाइदैन
हात काटे मलम लगाइ निको बनाइयो
मुटु फुट्यो भन्दै आफनै खाल्टो अब खनिदैन ।


पुर्णिमाको जुनसँगै तिम्रो याद आएमा
एकान्तमा टोलाइ बसी तिम्रा तस्विर अब हेरिदैन ।
पलपलमा लातहानी छोडेर गए अफन्तहरु
तिम्रो पिरमा रक्सीको बोतलसँगै अब लडिदैन

वितिसकेका छन् जे जे हुने हो भइगयो
पापी मायाको सम्झनामा दिपावली अब बालिदैन
म डढेलोले खाएको चौतारीको एक्लो वर
पलासको फुल जस्तो तिम्रो माया अब पालिदैन ।

Writer - Suman Bagle "Suman-Sudha"

3 comments:

Anonymous said...

Derai Ramro chha la la la Pragati Garnush.../ Toriko Tel Lagayera.../

HAWA said...

हो हो...केटा होस वा केटी...काला गए गोरा आउछन...गोरा गए काला आउछन...के को रुंचे माया लाउनु नि ?

Anup said...

K ho Suman Bro kasaile dokha diyo ki kya ho?? kina yasari nirasa bhayako ??

Post a Comment