Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

लेखक विजयकुमार श्रेष्ठ

देशमा नयाँ परिवर्तनको लागी क्रान्तिकारीे नारा बोकेर हिडेका एकिकृत नेकपा माओवादी पार्टिले भुमिगत युद्धकालको समयमा विनासकारी विवेकीय स्वाभावको कारणले गर्दा आºनो नामको पछाडि उपनाम आतंककारी झुण्डयाएर विश्वमा नै चिर परिचित हुन सफल भएका थिए । १३औं हजार नेपाली जनताको तिलान्जली लगाउन सफल भएको नाताले सामराज्यबादि मुलुक अमेरिकाले शाहसिक र बहादुरिको कदमलाई कदर गरेर नाकको टुप्पामा आतंककारीको दर्जा दिई उपनामले परिभाषि गराई दिएको थियो । आºनो पौरखको कदर गरे देखि अमेरिकासँग रुष्ट भएका एकिकृत नेकपा माओवादी आफुले सकेको र जानेको शब्द प्रयोग गर्न पछि परेका थिएनन् । समयको अन्तरालसँगै आºनो जित भएको फर्माउने र आºनो जस्तो कम्युनिष्ट विचार आरुमा नभएको भनेर अन्य कम्युनिष्टका विचार बोकेका पार्टिहरुलाई समेत तथानाम गाली गर्न समेत पछि परेको छैन । जनताको एक मात्र सेवकको रुपमा परिचित हु भन्ने अहम्ताको माला भिरेका माओबादी पार्टिका शासकहरु हाम्रो अगाडि विश्व नै झुक्दछ भन्नसम्म पछि परेका थिएन । शासन र शासकको मातमा रमाउन नजान्नु र गणितिय हिसावमा फेल खानुलाई नै एकिकृत नेकपा माओवादी पार्टिको वितृष्णाको गोरेटोमा ओरालो लाग्नु पर्ने परिस्थितीले झक्झक्याउन थाली सकेकोछ भनेर भन्दा फरक नपर्ला भन्ने भाषिक र शासित वाणिको भावले परिणाम देखाउदै आएको छ भनेर नभनि रहन सकिदैन । आफु नेपालको दोस्रो जंगबहादुर हो भनेर परिभाषा गर्न खोज्ने प्रबृद्धिले गर्दा पनि माओवादी पार्टि राजनितीक गणितीय खेलबाट लटपटिन थाली सकेको छ । नेपाली जनताको एकता र सहिष्णुतालाई बुझन नसक्नु देशमा सबै भन्दा ठुलो पार्टिको पद धारण गरेको पार्टिले सधै भरि विध्वङसकारी र विनासकारी बाटोलाई अङ्गाल्दै हिड्नु र पार्टिको शक्तिशाली अध्यक्ष जस्तो व्याक्तिबाट कर्कलाको पातमा झरेको पानि जसरि टहलपलाउने र आºनो भाषा दहि चिउरा खाए जस्तो गरि स्वाद लिई लिई कहिले चिनी मिसाएर खाने त कहिले सुगर रोगको डरले पानि मिसाएर खाए जस्तो गरि जथाभावि हावी भएर भाषणको खेति गर्न तिर लागेर देश र जनताको सेवक हो भनेर जनताले कसरी पत्याउने भन्ने कुराको त्रिवेणी हुन गएको छ । अरु राजनैतिक पार्टि त पार्टि होईन भनेर भन्न पछि परेका छैनन् । नेपाली जनतालाई नोकरको दर्जामा राख्न समेत पछि पर्नु भएको छैन । नोकरसँग वात्र्ता नगर्ने मालिकसँग मात्र वात्र्ता गर्ने भनेर फुक्न नर्विसने पार्टि अध्यक्षको सवाललाई नेपाली जनताले कसरी परिभाषित गर्ने भन्ने कुराको र्निग्यौल निकाल्न हम्मे हम्मे पर्न गएको छ । सत्तामा बस्नेहरु नोकर हुने भए आफुले पनि नोकर हुनको लागी बेमौसमि बाजा बजाउदै मालिकको पाउँ पर्दै वार्तामा बस्नुको तात्पर्य के हुन गयो त । किन कि नेपाली चाल चलनको भाषामा मालिकको दर्जा दिनलाई नोकर हु भनेर फुक्ने व्याक्तिको मात्र हुन जान्छ र त्यहि नोकरबाट नै मालिकको पद दसा्रई दिएको हुन्छ । न कि राजनिती परिभेषमा नोकर र मालिक भन्ने कुराको परिभाषा सत्ता सन्चालनमा मालिक र नोकर भनेर परिभाषा गर्नुलाई आफुमा भएको बौद्धिकतामा नेपाली राजनितीमा अपभ्रम्स भएको शब्दले नेपालीपनको ठाडो बेईमानि पनको हुङकार हो भनेर लिन सिवाय अरु गहन शब्दको मौलिकता भएको पाईदैन । आºनो बोलीमा बारुद नभरिएको बन्दुकको कक दबाएर फलाम फलाम जुदाएर निकालिएको आवाज जस्तो गरि तेहि मालिकको शासकसँग हातको औला हल्लाउदै वात्र्ता गर्नुलाई के भनेर परिभाषा गर्ने त । कि मालिक मालिकको वार्तालाप हो भनेर भन्नु त । त्यसैले गर्दा नेपाली उखानमा सावित हुनु सिवाय अरु उपाय नभए पछि लाचारिपन देखाउदै आफनो पालामा आºनो पार्टिको नाकमा लागेको आतंककारीको दागलाई मेटाउन भर मकदुर प्रयास गरेको थियो केहि तात्पर्य पाउन नसके पछि लाचारी हुनु भएको अध्यक्ष महोदय अहिले आएर आफनो पार्टिमा लागेको खत मेटाउन काचो सुपारि घोटेर लगाउन थाल्नु भएको छ । अब हेर्दै जाउन त्यो काचो सुपारिले कतिसम्म दाग मेटाउनमा सफल गराउनेछ । विश्वलाई आºनो बाहुपासमा नचाउन सिपालु सामराज्यवादी अमेरिका पनि के कम आफुले कसैको सर्त मान्नु पर्ने भए पछि आºनो तर्फबाट पनि सर्तको पासो थाप्न किन पछि पथ्र्यो । अब आउने घडिमा थाहा हुने छ को नोकर र को मालिक भन्ने कुरा त्यो विदेशी प्रभुको पाजामा कस्ले कस्लाई नचाई रहेको रहेछ भन्ने कुराको पर्दाफास काचो सुपारिको मलहम लगाउनेको बुझाईमा थाहा हुने छ । विश्वलाई कान्छि औलामा नचाउन सिपालु सामराज्यवादी मुलुक पनि के कम आºनो पासा ºयाकि हाले एकिकृत नेपाल कम्युनिष्ट पार्टि माओवादिको अगाडि विश्वमा कसैले पनि सृजना नगरेको अर्ध सैनिकको दस्तालाई भङ्ग गर्नु पर्ने कब्जा गरेको घरजग्गा फिर्ता गर्नु पर्ने धम्किको राजनितीक बन्द गर्नुु पर्ने र सविधान निर्माण कार्यलाई समझदारिमा लाग्नु पर्ने जस्ता सर्तको पासा थापेका छन् । अब हेर्ने बेला आएको छ विदेशि प्रभुको अगाडि झुक्नु भनेको कस्तो हो भन्ने कुराको खेल कस्तो हुने रहेछ । आºनो काधमा सत्ताको बाघडार नआउने जसरि एउटा बेवारिसेले जसरि जथाभावि धम्कि र गालि गरि आºनो स्वाधिनताको अलिकति पनि कदर नगरि मपाई बनेर जे मन लाग्यो त्यहि बोल्ने बानिको उचाईको चुली चुलीएर जान्छ कि समुन्द्रको सतहमा गएर विलिन हुन्छ भन्ने कुराको खेल नेपाली जनताले हेर्ने बेला आउदै छ । अब यो अमेरिकीले थापेको पासोबाट कस्तो खाले आन्दोलनको प्रर्दुभाव हुने हो त्यो पनि हेर्ने नेपाली जनतले पाउने दिन आउदै छ । फेरि अर्को विडम्वना नवनोस सुपारीको महलम लगाउनाले सफल वोकालतको सहि परिणम आएन भनेर सडकमा जाल थाप्न नजाओस भन्ने अभिलाषाको साथ भोलीको दिनमा शान्तिको ताज पहिरिएर जन सेवकको काम भाषामा मात्र नभएर व्यावहारमा लागु गरोस भन्ने आशा नेपाली जनताले बोकेका छन् । देशलाई सङकटबाट मुक्त गरि नेपाली जनतालाई दिएको बाचा र आशाहरुलाई सिरोधार्य गरेर सबैभन्दा ठुलो पार्टिको नाताले देशमा शान्ति स्थापना गर्न तिर लागोस र विश्व सामु नेपाललाई झुकाउन नपरोस भन्ने आशा नेपाली जनताले चाहादै आएको छ ।

0 comments:

Post a Comment