Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

धरान विकासमा फड्को मार्न सफल । त्यही धरानमा पूर्वाञ्चल महोत्सवको तयारी भैरहेको छ । लुकेर बसेको कलाकौशल, हस्तकला, वैज्ञानिक कृषि प्रविधि, स्थानीय स्रोतबाट उत्पादित वस्तुको व्यापार प्रचार-प्रसार गर्ने उद्देश्यले यो महोत्सव हुन लागेको हो

धरान बजार पूर्वाञ्चलको एउटा प्रमुख केन्द्र हो । धरान सदावहार विजयपुर डाँडाको काखमा छ । यो सहरलाई पेन्सनवाला बि्रटिस गोरखा सैनिकहरूले बासस्थानका रूपमा प्रयोगमा ल्याएका छन् । त्यही भएर यहाँ धेरैजसो परिवारको मुख्य पेसा सेनासँग सम्बन्धित छ । धरानमा बनाइएको सैनिक क्याम्पमार्फत बि्रटिस सेनामा भर्ना लिने प्रबन्ध मिलाइने गरिएको । सेनामा रुचि राख्ने युवाहरू, यो डाँडामा हरेक दिन दगुर्दै कठोर अभ्यास गर्न आइपुग्छन् । पेन्सन पाकेकाहरू भने महिना दिनमा पेन्सन बुझ्न जाने गरेका छन्

धरान मकालु क्षेत्रको पदयात्राको प्रस्थान बिन्दु पनि हो । मकालुलाई संसारका कठिन पदमार्गहरूको सूचीमा राखिएको छ । यहाँबाट अरुण उपत्यका, सिफटान भन्ज्याङ हुँदै सगरमाथा, मकालु र ल्होत्से हिमालहरू अवलोकनका लागि जान सकिन्छ

विजयपुरको मध्यभागमा दन्तकालीको मन्दिर छ । यहाँ स्वस्थानीमा वर्णन गरिएकी सतीदेवी दाँत पतनको भएको विश्वास गरिन्छ दन्तकालीको मन्दिरसँगै पिण्डेश्वर बाबाको मन्दिर छ । त्यसै गरी विजयपुरमै अग्ला बाँसको घारीमा बुढासुब्बाको मन्दिर छ । यो मन्दिरमा कुनै मूर्ति छैन । मन्दिभित्र तीनवटा माटोका ढिस्कालाई पवित्र मानी पूजा-अर्चना गरिन्छ । यहाँ कहिल्यै काग आउँदैन, यहाँ रहेका बाँसमा टुप्पा नहुनुलाई आश्चर्यका रूपमा हेरिन्छ । किंवदन्तीअनुसार एक सिकारीले आफ्नो गुलेली त्यहाँ गाडेका थिए गुलेलीको बा ँस पलाएर ठूलो भएपछि उमि्रँदा टुप्पो नरहेको भन्ने जनविश्वास रहँदै आएको छ

धरान बसपार्कबाट आठ किलोमिटरमा विष्णुपादुका छ । कोका नदीको किनारमा विष्णुपादुकाको मन्दिर छ । यहाँ रहेको एउटा ढुङ्गामा भगवान् विष्णुको पैतलाको चिह्न रहेको विश्वास गरिन्छ । नेपालीहरूले यो मन्दिरलाई भारतको गयाजत्तिकै पवित्र मान्ने गरेका छन्

हिन्दूहरूको चार क्षेत्रमध्ये एक बराह क्षेत्र धरान नजिकै छ । कोसी टप्पु आरक्षण क्षेत्र पनि यहाँबाट नजिक छ । आधुनिक धरानमा भने सप्तरंगी पार्क, भानुमार्ग, सहिदपार्क आदि पनि छन् । शिक्षाक्षेत्रमा धरानको नाम कहलिएको छ । मेडिकल जनशक्ति उत्पादन गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, खाद्य विज्ञानको अध्यापन गर्ने नेपालको पहिलो क्याम्पस हात्तीसार क्याम्पस तथा कृषि इन्जिनियरिङ कलेजमा पढ्न देशका विभिन्न भागबाट विद्यार्थीहरू आएर धरानमा अध्ययन गरिरहेका छन् । पुस २२ गतेदेखि प्रारम्भ भएको महोत्सवले धरानका विविध क्षेत्रको जानकारी प्रदान गर्नेछ

0 comments:

Post a Comment