सार्थक सिम्खडा
हातमा हात समाएर हिंडेको त्यो पल
तिम्रै हस्त रेखामा आफ्नो भबिश्य कोरेको हुन्थे
नजरमा नजर जुधाएको त्यो पल
तिम्रै नयन भित्र भबिश्यको आकृति देखेको हुन्थे
भगवान साक्षी राखी कसम खाएको त्यो पल
तिम्रै साहरा जिबनभरिलाई मागेको हुन्थे
बर पिपल सँगै लुकामारी खेलेको त्यो पल
तिम्रै काखको सिरानीमा निदाएको हुन्थे ।
घाम पारी डाँडा बाट ओराली लाग्दै छ म भने मन भरी असिमित भाबनाहरु बोकेर उकाली चढिरहेको छु आधी उकालो पार गर्दैमा खुट्टा फतक्क गलेर आयो पहिले यही उकालो भारी बोकेर हिड्दा पनि केही नभएको खुट्टा आज खै किन आधी बाटो मै दुखेर आयो थचक्क ढुङ्गामा बस्छु अनी आफ्नै गाउ नियाल्छु जहाँ मैले धेरै बसन्तहरु पार गरेको छु कती सुन्दर रहेछ मेरो गाउ कहिले पहिले यस्तो सुन्दर गाउ नदेखेको जसरी म एकोहोरो हेरिरहन्छु अनी मन मनै सुस्ताउदै उकालो चढछु आफ्नै गन्तब्य तर्फ…. ,टाढाबाट देख्छु बर पिपल को जोडीलाई कस्तो मिलेको छ । त्यो जोडी शायद सबैले कल्पना गर्छन् होला त्यस्तै जोडीको.. पात हरु हल्लिरहेकोछ, ति पातहरुले पनि मलाई नै स्वागत गरिरहेको आभाश हुन्छ वरिपरी हेर्छु डाँडा पाखाहरु सुन्यलाग्छ , कोइलिले बिरहको गाना गाइरहेको आभाश हुन्छ मन त्यसै त्यसै उदास हुन्छ पाइलाहरु अगी बड्दै छन अनायसै क्षितिज बाट आवाज आउछ “अरुलाई यती बेला सम्म कुराएर ……..बरु नआएको भए पनी हुन्थ्योनी ” झल्यास्स हुन्छु नाडिको घडी हेर्छु साचै ढिलो नै भएको रहेछु मुस्कुराउदै ५ मिनेट ढिलो त हो नि म आफ्नो गल्ती लुकाउने प्रयत्न गर्छु । उनी केही नबोली रिसाएर बसिन नजिकै गएर कान समातेर माफि मागे उनी झन रिसाउदै त्यो डुब्न लागेको रातो सुर्यलाई देखाउदै भनिन”के त्यो सुर्यलाई ५ मिनेट को लागि उज्यालो प्रकाश दे भनेर दिन्छ ” म अवाक्क भए साँचै समय त गैसक्यो बिती सकेको समयलाई कसरी फर्काउन सकिन्छ र मैले उनको पिडा बुझे प्रतिक्षा गर्न कती गार्हो हुन्छ मैले पनि बुझेको छु मैले पनि कती पटक यसरी नै उनको प्रतिक्षा गरेको छु कहिले काँही उनी ढिलो आँउदा म पनि यसरी नै रिसाँउथे । मैले उनको हात समाएर त्यही सुर्यलाई देखाउदै भने ‘तिमीलाई थाहा छ त्यो सुर्य पनि भोली बिहानिको उज्यालो किरण बनेर झुल्कन्छ नि” मैले उनको पिडामा यसरी मलम लगाउने चेस्टा गर्दै थिए तर पनी खै किन हो किन मन आत्तिरहेको थियो आफु भित्र भित्रै जलिरहेको थियो फेरी उनिले भनिन “त्यो सुर्य त भोलिको उज्यालो रोशनी लिएर झुलकनेछ तर तिमी त मलाई अध्याँरो बनाएर जादै छौ नि ” हो साचै म उनलाई छाडेर केही समयको लागि टाढा जादै छु बिरानो ठाउमा थाहा छैन मलाई म भोली तिम्रो उज्यालो रोशनी बनेर फर्कन सक्छु या सक्दिन तर पनि बचन दिए चाँदनी तिम्रो चाँदमा अध्याँरो ग्रहन लाग्न दिने छैन म एक दिन अबश्य आउनेछु सुनौलो बिहानि सँगै उज्यालो रोशनी लिएर अनी तिम्रो यो चाँद लाई टल्काउने छु ,चम्काउनेछु म यस्तै यस्तै बहकिदै थिए उनलाई फुस्रो सान्त्वना दिने प्रयत्न गर्दै थिए म उनलाई सम्झाउदै थिए चाँदनी त्यो जिन्दगीको एक पल थियो जहाँ हामीले हासेर बितायौ ,रमेर बितायौ , एक अर्कामा समर्पित भएर बितायौ भनिन्छ नि नजिक हुँदामा भन्दा टाढा हुँदामा माया गाढा हुन्छ रे जिन्दगी कहाँ सधैं एकै नासको हुन्छर कहिले मिलनको पल त कहिले बिछोड को पल ,कहिले खुशीको पल त कहिले दु:खको पल जिन्दगी त्यही एक पल त हो चाहे सुख होश या दु:ख मिलन होस् या बिछोड, त्यही पनि म कहाँ तिमी बाट सदाको लागी टाढा जान लगेको होर केही बर्ष त हो नि त्यस पछी त फर्की हाल्छु नि के गर्नु छोरो भएर जन्मे पछी सधैं घरमा बस्न नसकिने रहेछ मलाई पनि कहाँ रहर छ र तिमी बाट टाढा भएर बस्नलाई तर पनि के गर्नु हाम्रो उज्यालो भबिश्यको लागि भए पनि म जानै पर्छ म यसरी उनलाई सम्झाउने प्रयास गर्दै थिए उनी मात्र सुनिरहेकी थिइन टोलाइरहेकी थिइन म भन्दै गए चादनी यदी म बाहिर गए पछी त तिमीले पनि मलाई भुलेर अर्कै सँग बिहे गरेर जान्छौ होला है तिमी त्यही बर पिपल लाई देखाएर भन्थ्यौ “जसरी यो बर् बिना पिपल को अस्तित्व हुँदैन त्यस्तै दिप बिनाको चाँदनीको कुनै अस्तित्व हुँदैन दिप तिमी त्यही बर् हौ म यही पिपल हुँ जसरी यो पिपल बर् बिना उदास, सुन्य हुन्छ दिप बिनाको चाँदनी पनि सुन्य अनी अध्याँरो हुन्छ म तिमीलाई केही बर्ष त के जन्मौ जन्मान्तर सम्म पनि कुरेर बस्नेछु … ‘ समय निरन्तर अगाडि बढीरहेको छ नाडिको घडी हेर्छु रात को आठ बजिसकेछ मन त कहाँ छ र छुट्टीन लाई तर पनि समयले बिदाइ गरिसकेछ आँखाहरु बेदनाले रसाइरहेको छ मन गर्हौ भएको छ खल्तिबाट रुमाल झिक्छु उनको आँखामा मोती दाना झै टल्केको आशु हरु पुच्छु अन्तिम पटक मायाको कोसेली स्वरुप मिठो चुम्बन गर्छु र बिदाइको हात हरु हल्लाउछु तिम्रो माया मुटु भरी साँचेर आज मरुभुमिमा परेड खेल्दै छु सुन्दै छु अब त तिमी पनि चाडै नै पराइको घरको श्रिङ्गार बन्दै छौरे हुनत भनिन्छ नि “नारी पराइ घरको श्रीङगार हो ” आखिर फरक यती मात्र हो मेरो घरको सट्टा अरु कसैको घर सजिने छ शायद तिमीले पराइको हात थामेको पल यस्तै हुन्छ होला हगी……………..
तिमी रातो टिकामा सजिएको पल
मेरो बैतर्नी गरिरहेको हुन्छ होला
तिम्रो घरमा नौमती बाजा बजेको पल
मेरो घरमा एकोहोरो संख बजिरहेको हुन्छहोला
तिम्रो घरमा जन्तीको लस्कर आएको पल
मेरो घरमा मलामिको लस्कर आइरहेको हुन्छ होला
तिमी रातो घुम्टी भित्र सजिएको पल
म सेतो कात्रो भित्र सजिइरहेको हुन्छु होला
तिमीले स्वयम्बरको माला पहिरिएको पल
मलाई श्रदाञजलि अर्पण गरिरहेको हुन्छ होला
तिमीले अग्निलाई सात फेरो लगाएको पल
मलाई जलाउने चिता बनिरहेको हुन्छ होला
मेरो लासलाई दागबत्ती दिइरहेको हुन्छ होला
तिमीले खुशीको सुहागरात मनाएको पल
मेरो अस्तु गंगामा बगिरहेको हुन्छ होला
0 comments:
Post a Comment