Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

जिवन जब एयरपोर्टबाट बाहिर निस्कन लाग्छ उसलाई कता कता डर पनि लागि रहेको थियो । कतै केही पो हुने हो की भनेर मनमा उसको जे भए पनि आखिर उसलाई काम गरेर पैसा कमाउनु छ । त्यसैले उसले मुटु दह्रो गरेर बाहिर निस्कन्छ नेपाल छाडनु अघि नेपालको एजेन्टले दुबईको एजेन्टलाई फोन गर्नु उसले तिमीलाई लिन आउछँ भनेको सम्झिन्छ र उसले पनि त्यसै गर्न थाल्छ । तर जिवन त त्यो ठाउँमा एकदमै अन्जान उसलाई केही पनि थाहा छैन फोन बुथ कहाँ छ भनेर उसले यता उता हेर्छ तर कतै देख्दैन सायद ऊ त्यस शहरमा नौलो व्यक्ति भएर पनि होला । उसले फोन बुथ पत्ता लगाउन नसकेपछि उसले अलिकति पर एकजना नेपाली फोनमा कुरा गरी रहेको देख्छ र उ पनि त्यही गई उसले म यस देशमा भर्खर आएको हुँ दाजु मलाई यहाँको बारेमा केही थाहा छैन त्यसैले दाजुले मोबाइलबाट यो नम्बरमा फोन लगाई दिनुस् न भनेर अनुरोध गर्छ र उसले पनि एकजना नेपाली भाईको नाताले हुन्छ भनेर उसले दिए बमोजिम फोन नम्बरमा सम्पर्क गरी दिन्छ । दई घण्टी पश्चात उताबाट हेलो भन्ने जवाफ आउछ र जिवनले त्यो व्यक्तिलाई नेपालको एजेन्टले भने अनुरुप म फलानो व्यक्तिको मान्छे हु म अहिले दुबईको एयरपार्टमा छु भन्छ र यताबाट भाई त्यही बसी रहनु म तिमीलाई लिन आउछु भन्ने जवाफ आउँछ र फोन राखी दिन्छ जिवनले हृदयदेखिनै त्यो मोबाइलवाला दाजुलाई धन्यवाद दिन्छ साथै उसले त्यो व्यक्तिलाई फोन गरेको पैसा पनि तिर्न खोज्छ तर त्यो दाजुले भाई यो के गरेको दाजु पनि भन्छौ फेरी यो पैसा पनी पैसा पर्दैन भाई तिमीलाई सानो सहयोग गर्न पाएँ म त्यसैमा खुशी छु भाई । उसले आफनो परिचय दिन्छ म रवि थापा म यही रोयल शिखरमा काम गर्छु अनि भाई कुन कम्पनीको लागि आएको र जिवनले भन्छ दाजु बास्तबमा म इराक जानको लागि आएको हुँ । कुराकानी गर्दा गर्दा रबिको मान्छे आई पुग्छ र उसले जिवनलाई ल भाई तिमी यही बस तिमीलाई लिन आउछँ यो मेरो नम्वर हो केही पर्यो भनी फोन गर्नु भनेर रबि आफनो बाटोतिर लाग्छ । त्यसैको केही समयपछि जिवनललाइ अपरिचित व्यक्ति आएर सोध्छ भाई तिम्रो नाम जिवन हो र जिवनले हो भन्छ र उनीहरु दुइ जना त्यहाँबाट निस्किएर त्यो एजेन्टले लिएर आएको कारमा चढी आफनो गन्तव्यतिर लाग्छन । यात्राको क्रममा त्यो व्यक्तिले जिवनलाई सम्झाउछँ भाई तिमी त्यहाँ पुगेपछि त्यहाँ पुराना केटाहरु छन् उनीहरु सगँ त्यति घुलमिल नहुनु र तिमी कहाँ जान लागेको भनेर पनि नभन्नु कसैसगँ राम्रोसगँ कुरा नगर्नु त्यहाँ भएको सबै केटाहरु बिगि्रसक्यो । कुरा गर्दा गर्दा करीव १ घण्टाको कार यात्रा पछि हामीहरु एउटा पुरानो बस्तीमा पुग्यौ र हेर्दा खेरी लाग्थ्यो हामी कुनै नेपालको तराईको गाउँ तिर आयौ । जिवनले कहिले पनि सोचेको थिएन की दूबइमा पनि यस्तो घरहरु हुन्छ भनेर उसले त खाली दुबइमा हेर्दा नै लोभ लाग्दो चिल्लो अग्ला अग्ला घरहरुको बारेमा मात्र सुनेको थियो । उनीहरु दुबैजना त्यही पुरानो थोत्रो घरतिर र्छिछन् । भित्र छिरे पछि जिवनले त्यहु ७ ८ जना नेपाली दाजुभाईहरु खाना खान लागेको देख्छ उनीहरुसगँ न त तरकारी थियो न त दाल उनीहरु केवल भात र नुन मात्र खाईरहेका थिए । उसलाई ल्याउने व्यक्तिले जिवनलाई आज खाना छैन तिमी त्यो परको होटलमा खाना खानु भनेर १० दिराम दिन्छ र उसले भोली खाना बनाउन चाहिने साम्रगीहरु ल्याउने बचनका साथ त्यहाँबाट आफनो बाटो लाग्छ । जिवन मनभरी मिठो कल्पना गर्दा गदै भुसुक्क निदाउछँ । बिहान करीव सात बजे तिर त्यही एजेन्टले चामल दाल तरकारी तथा मरमसलाहरु लिएर आँउछ । बिहानीको मिरमिरे सगै बाहिर बसेर तातो तातो कफीको चुस्की सगै साथीहरुसँग विदेशीनुको पिडा र विदेश यात्राको वेलिविस्तार लगाउछँ साथीहरुले पनि आफुले भोगेको पिडाहरु एक एक गरेर सुनाउछँ र दुवइमा आएर पनि भोगेको आफनो पिडाहरु प्नि सुनाउछ र उसलाई थाहा हुन्छ कि उनीहरु करीब ४६ दिन देखि त्यहाँ बसेका रहेछन् एजेन्टले तिमीहरुको फलाईट भोली हुन्छ भन्दा भन्दा त्यतिका दिन राखेका रहेछन् र उनीहरु विगत ६ ७ दिन देखि केवल भात र नुन खाएर बसेका रहेछन् उनीहरुले एजेन्टलाई पनि खानाको बारेमा कुरा गरेका रहेछन् तर एजेन्टले भोली ल्याउछु भन्दा भन्दा त्यतिकै झुलाएर यतिका दिन राखेको रहेछ । उनीहरुसगँ अरु कुनै विकल्प पनि थिएन एजेण्टको आश गर्नु बाहेक आखिर सास रहुन जेल आश हुन्छ भनै झै आशा गर्दा गर्दा जिवनको पनि १० दिन वितिसक्यो । एजेन्टलाई फोन गर्दा भाइ तिमीहरु किन आतिन्छौ तिमीहरुको फलाईट हुन्छ ढुक्क भएर बस्नु मात्र भन्छ । जिवन साथीहरुसँग कहिले सुम्रदको किनारा त कहिले दुवइको रमणीय पार्कहरु घुमेर दिनहरु बित्दै थियो र यसरी बस्दा बस्दा उनीहरुको खाद्मान्न पनि सकि सकेको हुन्छ उनीहरुले एजेन्टलाई फोन गरेर भएको खाद्मान्न सकिएको जानकारी गराउछ उताबाट म भोली बिहान ल्याइदिन्छु भनेर फोन राखी दिन्छ । यसरी उनीहरु सवै भोकै सुत्छन् उनीहरुलाई के थाहा यसरी पैसा कमाउन हिडेको मान्छे दुवइ जस्तो ठाउँमा पनि भोकै सुत्नु पर्छ भन्ने । भोलिपल्ट बिहान उनीहरुले एजेन्टले खाद्मान्न ल्याउछ होला भनी कुरी बस्छन तर एजेन्ट आउदैन उनीहरुमा धैर्यताको बाध पनि फुटी सकेको हुन्छ निराश अनुहार भोको पेट र अनिन्द्रो अनुहार लिएर एजेन्टलाई तैपनि एकचोटी फोन गरी हरौ भनेर फोन गर्छन् तर उता एजेण्टले फोन नै उठाउदैन उनीहरु सबै मिली एजेन्टलाई खोज्न जाने योजना बनाउछँ तर त्यो अपरिचित ठुलो शहरमा काहाँ खोज्न जाने कही केही पनि थाहा छैन दुइ दिनको भोकले गर्दा सबैको अनुहार निलो भइसकेको हुन्छ उनीहरु पैसा पनि छैन केही किनेर खानको लागि एकजना साथीसगँ अलिकति पैसा रहेछ त्योही पैसाले खबुस रोटी किनेर खानु सिवाय अको कुनै विकल्प पनि सवै जना पिडीत कसैले ४ लाख त कसैले ३ लाख तिरेर आएको र कोही कोही सेक्युरिटी कोही ड्राइभर तथा इलेक्ट्रीसिन कामको लागि आएका रहेछन् ।

करिव सायद रातको ८ बजेको थियो होला बाहिरबाट कसैले ढोका ढकढकाएको सुनिन्छ सबैको मनमा खुशीको रेखाकाहरु देखिन्छ कतै एजेन्टले खाद्मान्न पो लाएको हो कि जिवन दौडिएर गएर ढोका खोल्छ सबैको अनुहारमा एकाएक निराशको कालो बादल मडारिन्छ । ढोका एजेन्ट नभइकन एक अधबशै आइमाई थिई र उसले सबैलाई अहिले नै कोठा खाली गरीदिनु नभए म पुलिस बोलाउछु भन्छिन् । जिवनले किन हामीले यो कोठा खाली गर्ने भन्दा खेरी त्यो आइमाइले तिमीहरुको एजेन्टले कोठाको भाडा दिएको कुरा बताइन् जिवनले नम्र स्वरमा उसलाई आहिले रात परी सक्यो आजको रात बिताई भोलि बिहान नै कोठा छोडी दिने भनेर बिनम्र आग्रह गर्छ । तर निर्दयी ढुगांको मन भएकी आईमाई उनीहरुको पिडा नबुझी झन कठोर स्वरमा अहिले नै कोठा खाली गरी देउ नभए पुलिस बोलाउएर थुनी दिने धम्की दिईन् । आखिर विवश भएर जिवन लगायत सम्पुर्ण साथीहरु खादै गरेको खवुश हातमा वोकेर बाहिर निस्कन्छ र अरु कुनै पनि सामान लाग्न दिदैन् । कुन बाटो जान्छौ यात्री कुन मन्दिर जाने हो भने झै उनीहरुको पनि कतै जाने ठाउँ थिएन र एउटै मात्र विकल्प थियो त्यो हो कि त खुला पार्कमा सुत्नु वा समुन्द्रको किनारमा । यो बाहेक उनीहरु सगँ कुनै पनि विकल्प थिएन । सबै साथीहरुको सल्लाह बमोजिम समुन्द्र तिर लाग्छन् र समुन्द्र्रको वालुवालाई डसना खुल्ला आकाशलाई ओढने सिरक र आफनो हत्केलालाई सिरानी वनाई सुत्छन् । भोली पल्ट बिहान फेरी उनीहरुले आफनो एजेन्टलाई फोन गर्छ र यसपालि एजेन्टले फोन उठाउछँ र उनीहरुले भोगेको सबैे कुरा बताउछँ र हाम्रो फलाइट छिटो गरी दिनु नभए हाम्रो पासर्पोट तथा फर्किने टिकट फिर्ता गरीदिन दबाब दिन्छ तर उताबाट एजेन्टले उनीहरुले पनि आफुहरु सँग अहिले घरभाडाँ तिर्ने पैसा नभएकोले तपाईहरुले भोग्नु परेको दुख र पर्न गएको असुविधाको लागि क्षमा माग्छ र सबैको फलाईट पसर्िहुनु कुरा बताउछँ । यो कुरा सुनेर सबै साथीहरुमा खुशीयाली छाउछ र उनीहरुले भोकै बसेको समुन्द्रमा सुतेको सबै कुरालाई र्विसिन्छ ।

कम्रशः

लेखक ः अनुप गुरुङ्ग

पहिलो भाग पढनको लागि
यहाँ क्लिक गर्नुस्

1 comments:

Anonymous said...

OH!!!! Anup Sir......
hajur ko katha ramro lagyo malai ta ma aaudako din haru ko po yaad aayo ta.nikat bhabisya ma aru pani yestai katha haru padna paune apeksha gadachhu....

Upen Bulun
EEB,IZ

Post a Comment