सजना गोले -काभ्रे२ सल्ले
बगरका ढुङ्गाहरुसँग ठोिकंदै
तैरिन खोज्छ
पुलछेउको नाउमा
हिड्न थाल्छ
ह्दयभरिको उकुश मुकुशतालाई
म रोक्न सक्तिन
कहि यो नदी नहुँदो हो त
मान्छेको जीवन पनि नहुँदो हो
पानीको दहसँगै मनहरु
बग्न खोज्छ निरन्तर
एउटा नाउसँगै
यो जीवन लेख्न मन लाग्छ
कतै म पनि नाउ भैदिए
वारी हुने सबैालाई
पारी तारी दिन्थे होला
तर म कहिल्यै नाउ हुन चाहिन
धिक्कार छ नाउ तेरो जिन्दगी
एउटा माझीले जता चलायो
उतै चल्नु पर्ने
बगरका ढुङ्गाहरुसँग
पौंठाजोरी खेल्नुपर्ने
बगरका ढुङ्गाहरुले मलाई हेरिरहे
मैले ढुङ्गाहरुलाई हेरें
कतै हाम्रो जीवन पनि
ढुङ्गा जस्तै भैदिए
पानििभत्र नि नभिज्ने
यी मनहरु
बगरसँग मितेरी लाउन खोज्छ
उत्ता मेरी मायालु मलाई खोज्दो हो
आँखाबाट आँसुको छाँगा खसाल्दो हो
किनकी
मैले कहिल्यै नाउसँग आफ्नो
जीवन साट्न सकिन
पानीको छालहरुले मलाई लछार्दे जान्छ
निशंकोच निदाउन मन लाग्छ
बगरका ढुङ्गाहरुसँग
बालुहरुसँग
सुनिन्छ आजकल
देशले नयाँ कोल्टे फेर् यो रे
मान्छेको मनहरुमा
मानवता पलायो रे
सास एकोरिन्छ
कतै म जिउँदो मुर्दा त भइन
फेरीु होइनहोइन
घरि घरि गिज्याए झैं लाग्छ
ढुङ्गाहरुले
सुच्चिकै आज एक निन्द्र
निदाउन मन लागेको छ
बगरका ढुङ्गाहरुसँग
बालुवाहरुसँग
नाउहरुसँग
एउटा सुन्दर सपना
देख्नको निम्ति
मान्छेको ह्दयमा
मानवता खोज्नको निम्ति
LeaVe MeSaGe
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment