एउटा सुन्दर पात जसको छहारीमा
एउटा सुन्दर पुूल पुूलेको हुन्छ
जुन तिमीले मलाई प्रेमपुर्वक दिएका थियौ
सम्झेँ त्यसदिन त प्रेम दिवस पो रहेछ
पात उपहार !
तिमीले दिएको
न मैले हातमा लिन सकँे
न मायाले चुम्न नै सकेँ
मुटुमा आघात चोटहरुको खात बोकेर
तिम्रो सामु आएकीे थिएँ !
हुनसक्छ त्यो पातमा एउटा प्रेमको
सिङ्गो इतिहास अटेको छ
एउटा सिङ्गो मानव जीवन अटेको छ
तिम्रो मलिन मुहार !
मानांै त्यतिखेर तिमी
आफ्नी मायालुलाई भेट्न
हजार ठक्कर
खाएर आएका छौ
त्यसबखत तिम्रो हातमा भएको पातले
मलाई हेरिरहेको आभास हुन्थ्यो
ह्दयमा छामेर हेरेँ
धेरैपछि तिमीलाई भेट्न पाउँदा
मन त्यसै-त्यसै फुरुङ्ग थियो
यति चाँडै लख काट्न सक्तिन म
मनमनै सोचेँ कतै त्यो पातमा
हाम्रो जीवन त लेखेको छैन
पातको रेसा-रेसा केलाउन
मन लाग्छ मलाई
बषौंदेखि तिम्रो लागि जोगाएर राखेको
यो मुटुको कुनामा रहेको
मायाको सानो पोल्टो खोल्न मन लाग्छ
तर
आँधी चल्न थाल्छ मनमा
त्यतिखेर नै तिम्रो आँखा छलेर
त्यो हरियो पात
मायाको चिनो सम्झेर बिस्तारै टिप्छु
अनि तिमीले नदेख्ने गरि मुटुमा राख्छु
हो मैले आजसम्म
कुनैपनि फूललाई पे्रमपूर्वक टिपेकी थिईंन
तर आज
पातलाई टिपेकी छु
साँच्चै मलाई हजारौ सुन्दर फूलभन्दा
एउटा हरियो पात असाध्यै मन पर्छ
तर तिमीलाई सुनाउन सिकंन
जहाँ पात हुन्छ
त्यहाँ फूलको अस्तित्व रहन्छ
त्यस्तै जहाँ प्रेम हुन्छ
त्यहाँ जीवनको अस्तित्व रहन्छ
तर अझै तिमीलाई भन्न सकेकी छैन
र सोध्न पनि सकेकी छैन
यो निर्दयी शहरमा
बालुवाको बस्तीहरुमा
फालामे पाइलाहरु चाल्दा-चाल्दै
कतै यो तिम्री सजना
लुटिएन खोसिएन
मिचिएन कुल्चिएन भने
मन मुटुभरि नयाँ युगको
नयाँ दर्शन बोकेर
अनि एउटा नयाँ जीवन लिएर
अर्को प्रेम दिवसमा
मुटुको एककुनामा सजाएर राखेको
तिमीले नै दिएको
त्यो हरियो पात पनि सँगै लिएर
तिमीलाई भेट्न आउँनेछु
जहाँ हाम्रो मात्र नभई
यो संसारको प्रेम-इतिहास देख्न सक्नेछौं
-सजना गोले
काभ्रे२ सल्ले
LeaVe MeSaGe
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment