Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!


नेपालको एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता खेल्ने सम्भावना लगभग समाप्त भएको छ । एएफसी च्यालेन्ज कप छनोट चरण फुटबल प्रतियोगिताअन्तर्गत शनिबार दशरथ रंगशालामा सम्पन्न समूह 'सी'को खेलमा नेपालले किर्गिस्तानसँग १-१ को बराबरी खेल्यो । सो नतिजाले आगामी वर्ष भारतमा हुने प्रतियोगितामा नेपालको सहभागिता नहुने लगभग निश्चित भएको छ । फुर्तिला र शारीरिक रूपमा बलिया किर्गिस्तानी टोलीसँग बराबरी नतिजामा रोकिएपछि नेपालले दुई खेलबाट २ अंक मात्र जोड्न सक्यो । किर्गिस्तान र प्यालेस्टाइनको १/१ अंक छ । र, ती टोलीले एकआपसमा खेल्न बाँकी नै छ । दुई पाहुना टोलीको खेलको नतिजापछि समूह 'सी'को विजेता टुंगो लाग्नेछ । समूह विजेताले एएफसी च्यालेन्ज कप प्रतियोगिताको अन्तिम चरणमा सहजै सहभागिता जनाउन पाउनेछ । किर्गिस्तान र प्यालेस्टाइनबीचको खेल गोलरहित बराबरीमा रोकिए नेपालको छनोट हुने सम्भावना फिफा नियमअनुसार बाँकी रहनेछ । त्यो अवस्थामा कुनै गोल नगरेको प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिनेछ । अन्तिम खेल गोलरहित बराबरीमा रोकिँदा किर्गिस्तान र नेपालको अंक तथा गोलअन्तर समान हुनेछ । तर, कम कार्ड खाएकाले नेपाल प्रतियोगिताको विजेताका रूपमा चुनिनेछ । नेपालले किर्गिस्तानविरुद्ध शनिबार एक पहेँलो कार्ड मात्र खायो । किर्गिस्तानले भने दुई पहँेलो कार्ड पायो । तर, किर्गिस्तान र प्यालेस्टाइनबीचको खेलमा गोल भए नेपाल स्वतः बाहिरिनेछ । खेलको दोस्रो मिनेटमै लिएको अग्रतालाई जितमा बदल्न नसक्दा नेपाल यसरी निरीह बन्नुपरेको हो । खेलको दोस्रो मिनेटमै विराज महर्जनले लामो दूरीबाट प्रहार गरेको पिm-किकलाई अप्रत्यासित रूपमा गोलमा परिणत गरेका थिए । पोस्टभन्दा करिब ३५ यार्ड टाढाबाट विराजको पिm-किकलाई किर्गिस्तानका गोलरक्षक माटिएस पावेलले सही 'जजमेन्ट' गर्न सकेनन् । र, बल आकर्षक रूपमा गोलमा परिणत भयो, जसले रंगशालामा उपस्थित करिब १२ हजार नेपाली समर्थकमाझ रोमान्चक लहर ल्यायो । सुरुवाती गोलबाट हौसिएको नेपाली टोलीले खेलअवधि भर सुन्दर खेल प्रदर्शन गर्‍यो । तर, ८५औं मिनेटमा भएको नेपालको एक मात्र गल्तीमा किर्गिस्तानले पेनाल्टी अवसर पायो । र, त्यसलाई गोलमा परिणत गर्दै खेलको अवस्थालाई ठ्याक्कै उल्टाइदियो । खेलका नायक हुने पक्का भइसकेका विराजले डि-बक्सभित्र 'ज्ूयान्ड' गरेपछि इरानी रेपmी जाहन्वजी याडोल्लाहले किर्गिस्तानलाई पेनाल्टी अवसर दिएका थिए । जुन पेनाल्टीलाई मुर्जाइव मिर्लानले गोलमा परिणत गरे । यसअघि, नेपाली टोलीले गोलका स्पष्ट चार अवसर गुमायो । मध्यान्तरपछि 'लेपmट विंगर' विजय गुरुङले दुई अवसर गुमाए । खेल ६७औं मिनेटमा सानो डि-बक्सबाट विजयले प्रहार गरेको बल गोलपोस्टअगाडि लडेका आफ्नै साथी सन्तोष साउखलको ढाडले रोक्यो । निर्धारित समयको अन्तिम मिनेटमा विजयले डि-बक्सबाटै गरेको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्किँदा पूरै नेपाली टोली निराश बन्यो । 'आजको दिन हाम्रा लागि खराब रह्यो,' नेपाली टोलीका मुख्य प्रशिक्षक योगम्बर सुवालले खेलपछि भने, 'विजयको दुई प्रहार गोल नहुनु पनि ब्याड लक थियो ।' किर्गिस्तानका प्रशिक्षक ओमोरेन्को इगोरले एक अंक बटुल्न पाउँदा खुसी भएको प्रतिक्रिया दिए । 'हामी बराबरीमा खुसी छाँ, तर पनि नेपाली टोलीले उत्कृष्ट खेल्यो,' उनले भने ।

0 comments:

Post a Comment