Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

6:38 AM

स्कर्ट नै सजिलो

Posted by Lovlyanup

रञ्जना शर्मा आफूलाई साडीमा 'सेक्सी' देख्छिन् । भन्छिन्, 'मान्छेहरू साडीमा मलाई आहा ! कस्तो सुहाएको । क्या 'क्युट एन्ड सेक्सी' देखिएकी छौ भन्छन् । मलाई पनि साडी सुहाएझैं लाग्छ ।' रञ्जना पार्टीमा प्रायः साडीमा सजिने गरेको बताउँछिन् । 'साडी नारीको पहिचान हो । अरू डे्रसभन्दा साडी झन्झटिलो भए पनि मलाई साडी लगाउन अल्छी लाग्दैन,' रञ्जना भन्छिन्, 'मेरा ३५-४० वटा विभिन्न कलरका साडी छन् । फेरि-फेरि लगाउँछु ।' जमानाअनुसार 'फेसनेबल' हुनपर्छ भन्ने मान्यता छ उनको । साडीबाहेक मौसमअनुसारका ड्रेस पहिरने बताउँछिन् उनी । जाडोमा प्रायः उनी जिन्स-पाइन्ट र ज्याकेटमा देखिन्छिन् भने गर्मीमा स्कर्ट, व्ाान पिस ड्रेसमा देखापर्छिन् । 'सपिङ' मा पनि उनको रुचि उत्तिकै छ, । भन्छिन्, 'बाटोमा हिँड्दाहिँड्दै कुनै कपडा मन पर्‍यो भने किनिहाल्छु । फेसनमा 'कम्प्रोमाइज' गर्ने पक्षमा छैन म ।' उनको सपिङ प्रायः न्युरोडमा हुने गर्छ रे ! हालसम्म मर्यादा र मौसम गरी दुईटा फिचर फिल्म, गहना टेलिशंृखला तथा केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी उनी फिल्ममा भने कथाको मागअनुसार कपडा लगाउनुपर्ने भएकाले आफूले इच्छाएको डे्रस पहिरने मौका विरलै मिलेको बताउँछिन् ।

सुटिङका लागि सिलाएको कपडा फिल्मबाहिर लगाउदिनन् रे । किन त ? प्रस्ट्याइन्, 'क्यामेराका लागि कलरफूल ड्रेस सिलाइएको हुन्छ । बाहिर लगाउँदा आँखा खानुको साथै 'कार्टुन' जस्तो पनि देखिन्छ । त्यसैले लगाउँदिनँ ।' साडीपछि उनलाई कुर्ता, पाइन्ट र गाउन मनपर्ने रै'छ । 'पार्टी, हेरेर गाउन पनि लगाउँछु,' रञ्जना भन्छिन्, 'बुढापाका बढी भेला हुने पार्टी छ भने साडी वा सुट लगाउँछु । टिनएजर्सको पार्टी छ भने गाउन, पाइन्ट लगाउँछु । पार्टी पनि हेरीहेरी हुन्छ नि ।' झन्डै पाँच वर्षअघि आफन्तको बिहेमा पहिलोपटक साडी लगाउँदा निकै सास्ती बेहोर्नुपरेको अनुभव छ उनको । यता सम्हाले उता फुत्कने, हिँड्दा लडिएलाजस्तो भएकाले साडीले तनाव दिएको उनले बताइन् । भनिन्, 'पहिलोपटक साडी लगाउँदा मान्छेहरूले 'फुच्ची बेहुली' भनेर जिस्क्याएका थिए । साह्रै लाज लागेको थियो । तर, अचेल त साडी लगाउन मजाले आउँछ ।' डे्रसमा अहिलेसम्म सबैभन्दा बढी साडीमै लगानी गरेको बताउने रञ्जनाले किनेको सबैभन्दा महँगो साडीको मोल कति होला ? 'एउटा साडीलाई २५ हजारसम्म हालेकी छु,' उनले भनिन् । उनलाई मनपर्ने गाउन भने १५ हजारमा किनेको बताइन् । घरमा बस्दा लुज टाइपका कपडा लगाउने रञ्जना स्कुटरमा सर्रर हुइँकिँदा भने टाइट जिन्स पाइन्ट र टिसर्टमा सजिने बताउँछिन् । उनलाई मनपर्ने गर्मी सिजन सुरु भएको छ । अब भने उनलाई स्कर्टमा देख्न पाइनेछ । 'स्कर्ट लगाउन सजिलो तथा शीतलदायक हुन्छ । त्यसैले 'ओपन ड्रेस' लगाउँछु,' रञ्जनाको कथन छ, 'आफूलाई सुहाउँदो, सजिलो लाग्ने ड्रेसअप गर्नुपर्छ । फेसन भन्दैमा समाजले नै छि भन्ने खालको लगाउनुहुन्न ।' 'ओपन डे्रस' लगाएर हिँड्दा केटाहरूले र्‍याक भने कत्तिको गर्दा हुन् हिरोइन रञ्जनालाई ? लजाउँदै भनिन्, 'अहिलेसम्म त जिस्क्याउने मौका पाएका छैनन् । फेरि म त्यसरी खुलमखुला त कहाँ हिँड्छु र ?' अहिलेसम्म उनले आफूले चाहेअनुसारको डे्रस लगाएर अभिनय गर्न पाएकी छैनन् रे । उनको 'दिलखुस' हुनेे 'फिल्मी ड्रेस' भने कस्तो रै'छ त ? खुलाइन्, 'हाफ-पाइन्ट, छोटो टिसर्ट । मोर्डन लेडी, चुलबुले 'क्यारेक्टर' ।' डे्रसको सन्दर्भमा रञ्जनालाई के भनिदिए खुसी लाग्दो रै'छ त ? 'साडी लगाएको वेलामा आहा क्या सेक्सी देखिएकी भनिदियो भने म त भुतुक्कै हुन्छु । सेक्सी उपाधि पाउनु चानचुने कुरा होइन नि,' उनले भनिन् ।



0 comments:

Post a Comment