सातै बजे भट्टी पस्यो
भट्टी सँगै माया बस्यो
आधा उमेर यतै फस्यो
रक्सी तिमीलाई कसरी छाडौ
सुख दु:खमा साथ दिन्छौ
झगडा गर्नलाई मात दिन्छौ
श्रीमतिको लात दिन्छौ
रक्सी तिमीलाई कसरी छाडौ
दिउसै रोडमा झुलाईदिन्छौ
पिर चिन्ता भुलाईदिन्छौ
मनका कुरा खुलाइदिन्छौ
रक्सी तिमीलाई कसरी छाडौ
Hari Khanal
2 comments:
हरी सर रक्सिलाई हो कि भट्टिको साहुनिलाई हो छाड्न नसक्ने भनेको जे होश "रक्सी तिमीलाई कसरी छाडौ" को सट्टा "भट्टिको साहुनितिमिलाई कसरी छाडौ " भएको भए अली..अर्कै हुनेथियो कि
its better poem bro . you are so great person. ok bye keep it more.
Post a Comment