शुक्रबार एकाबिहानै हल्ला फैलियो- भक्तपुरको एउटा ढुंगेधारामा पानीको साटो दूध बग्न थाल्यो रे। अनि त के छ र भीड लाग्न थालिहाल्यो नि भक्तपुर व्यासी स्थित रहेको डाँफा हितिचाले प्रचलित ढुङगेधारामा। भगवान नारायणको जल भन्दै थाप्न आउनेहरु तँछाड मछाड गर्न थाले। हुन पनि धाराबाट सेतै पानी बगिरहेको थियो। पहेँलो सबै सुन हुँदैन, सेतो सबै दूध हुँदैन भनेर उनीहरुलाई कसले सम्झाउने?
हल्ला सुन्दा नै धत् ढुंगेधाराबाट पनि दूध बग्छ र नचाहिने कुरा भन्ने लागिसक्या थियो। कताबाट चुन मिस्यो होला अनि सेतो देखियो होला भन्ने लागेको थियो। यदि त्यसो हो भने त पोखराको सेती नदीलाई पनि पानी हैन दूध बग्ने नदी भन्नुपर्ने होला! नभन्दै हो रहेछ, त्यहीँ कै स्थानीय बासिन्दाले चुन मिसेर सेतो पानी आएको पछि पत्ता लगाए।
तर यो बीचमा अन्धविश्वासीहरुले ठूलै नाटक मञ्चन गरे त्यहाँ। आखिर किन हामी कर्ममा भन्दा पनि चमत्कार र भाग्यवादमा विश्वास गर्छौँ ? किन कसैलाई आशीर्वाद दिँदा पनि काम गरेर ठूलो बनेस् हैन ‘भाग्यमानी भएस्’ भनेर भाग्यको हातमा सबै छाड्छौँ? किन कहिले गणेशको मूर्तिले दूध खायो भनेर दूध बोकी मन्दिरमा लाम बस्छौँ र कहिले दूध बग्यो भन्दै ढुंगेधारामा ? किन मुखबाट सुनको डल्ला निकाल्ने बाबालाई महान् ठान्छौँ उसले आँखा छलेको कुरामा ध्यान नदिई ? यदि त्यसरी चमत्कार गर्नै सक्ने भए उनले लाखौँ भोकाहरुका लागि अन्न निकाल्ने थिएनन् होला त
Saujana :Mysansar
LeaVe MeSaGe
Subscribe to:
Post Comments (Atom)
1 comments:
ho ra teso pani huncha ta ki kasai le hali dayko ho ar tyo pani khai malai ta sankai nai lagyo hai keta haru ho . k garne ho thaha chaina yaar ...
Post a Comment