- गीता थापा (दोषी), ईजरायल
"कथा"
म गाडीको झ्याल पटीको सिट्मा बसेर बाहिरको प्राकृतीक सुन्दरतालाई अवलोकन गर्दै हुन्छुँ। मानौ आज भन्दा अघि यो सुन्दरता लाई निहाल्ने फुर्सत मलाई थिएनँ अथवा म यस्प्रति उती चाँसो रख्दिनँ थिएँ. हुन पनि हो खाली घर अनी अफिस मेरो दिनचर्या यसरिनै घुमिरहेको हुन्थ्यो। अलिकती टाईम पाएकोबेला न्युजपेपर तिर ध्यान केन्द्रित हुन्थ्यो। अनि देशमा दिनहुँ,जस्तै हत्या र हिंसाका खवरले मेरो मथिगल नै धमिलो पारेको थियो। मानौ म त्यो पटी बेसी जाँगरुक हुन्थे। तर त्यो दिनको एउटा घट्ना म चाहेर पनि भूल्न सक्दिनँ, र त्यो मेरो जीवनको महत्व क्षण हुनुपर्छ। जव गाडीको ब्रेक लाग्यो म झस्किएँ र म नजिकै सिट्मा संगै यात्रा गर्ने अपरिचित सहयात्री तिर मेरो ध्यान तानिन्छ। उनी आफ्नो अनुँहार एउटा मैलो पछ्यौराले बेरेर बसेकि थीइन। मैले केहिबेरको हेराइपछि उनीलाई कोट्याएँ,र सोध्ये तपाईं बिरामी हो?उनीले मेरो प्रश्नको कुनै जवाफ फर्काईनन, अथवा उती महत्व राखिनन, किनकी उनीलाई शायद सबै मान्छे भन्ने जात देखि वाक्क लागेको नि हुनँसक्छ। तर म उनीलाई सोध्न थाँकिन, अनी उनलाई शायद झर्को लाग्यो होला मेरा कुराले र एक्कासी ठुलो स्वरमा भनिन जानेर के गर्नु हुन्छ?ताली बजाउँनु हुन्छ। यही त छ यहाँको रित अर्काको दु:ख केवल रमिता हुन्छ, यहाँ सबैलाई। मेरा गहँभरिए उनका पिडा मिश्रित शब्द सुनेर।अनी मैले भने होइन कहाँ सम्म पुग्ने हो?एक्लै देखे अनि त्यसैले सोध्न मन लाग्यो,त्यो भन्दा मेरो अरु कुनै आसय छैन। अनी उनीले बिस्तारै आफ्नो पछ्यौरा बाट अनुँहार बाहिर निकालिन र आँशु झार्दै भनिन म नितान्त एक्लीछु। मलाई एक्ली यि मान्छेहरुले नै पारे। अनी मलाई उनिभित्र पस्न मन लाग्यो. तर बेथा र कथाको पोको धेरै हुन्छ फूकाउँदै जादाँ।गन्त्बय नजिकिदै थियो। मेरो यात्राको म बस्ने डेरा अब धेरै टाढा थिएन। तर मलाई यो लागिरहेको थियो, कि उनीको पूरा कथा सुन्नै पर्छ, मैले किनकि उनि चुपचाप आफ्नो यात्राको प्रतिक्षामा बसेकी थीइन्, तर मैलेनै उनीलाई सोधेकी थिएँ,
त्यसैले पनि मैले पूरै उनिभित्र डुबेर उनको पिडा सुन्नुनैपर्थ्यो। म त्यो ऋणी भएकी थिएँ। र मैले फेरी सोध्ये.तपाईं कहाँ जानु हुन्छ?उनको शटिक जवाफ थाहाँ छैन! अनी मलाई मसैगै जाऔ, भन्न कुनै संकोच लागेन। मेरो डेरा यहाँबाट नजिकै छ, डेरा आइपुग्न लाग्यो ,म एक्लै छु जाऔ हिड्नुस् मै सँग। अनी केहिछिन उनले राम्रो सँग मेरो अनुँहार निहालिन र भनिन, होइन होस मलाई मेरो भाग्य संगै छोड्दिनुस्,म अरुको बोझ बन्न चाहान्न। तर फेरी मैले दोश्रो चोटि करगर्दा उनी अन्कनाउँदै मेरो पछि लागिन । त्यो थोरै डेरा नआइपुगुन जेलसम्मको बाटोमा हामी दुबै चुपचाप रह्यौ। मैले केही हरियो सागपात किन्मेल गरे। उनी नजिकबाट टुलु टुलु हेरिरहिन।हेर्दा यस्तो लाग्थ्यो उ भित्र अन्योलको अनगिन्ती बाडी पहिरो उर्ली उर्ली गईरहेको छ। म भित्र भित्रै अनुमान लगाउँदैथिएँ। केहिबेर पछि, किन्मेल सक्यो, अनी हामी फेरी बाटो लाग्यौ। र केहिबेरको अन्तरालपछि, मेरो डेरा आयो, र म साँचोले बन्द ढोका खोल्छु, दुबैजना भित्र पस्छौं। र नजिकैको चियरमा म उनीलाई बस्ने आग्रह गर्छु। उनी बस्छिन, र चारैतिर आँखा घुमाउँछिन्, उनीलाई अनौठो लाग्यो होला म एउटी महिला भएर पनि यो कोठाको हालत किन यति अस्तब्यस्त। अनी म चिया बनाएर उनीको छेउँमा पुर्याउँछु. र केही बिस्कुट पनि सानु एउटा पिलेट्मा, अनी उनले भन्छिन, होइन किन मेरो लागि यति दु:ख गर्नु भएको? अनी म भन्छु केको दु:ख मानिस हुनुको औपचारिक्ता मात्र निभ्याएकी हुँ। कुनै अफ्ठ्यारो नमानु भएँ हुन्छ। तर मत अपरिचित एउटी घरवारबिहिन यात्री हुँ। अनी म मात्र मुन्टो हल्लाउँछु,र चिया सेलायो खानुस भन्ने आग्रह गर्छु। उन्का मुखभरी निलडामकाँ पुराना र नयाँ प्रस्सतै घाऊका टाटाहरु पढ्न सकिन्थ्यो, कुनै असजिलो बेगरनै। उनि चिया हातम लियर खान थाल्छिन। र केही घुट्का चिया सकसले निल्दै भन्छिन!अलिकती पानी दिनुस् न यो तातो चिया घाँटी सुकेर होला निल्ननै सकिनँ।अनि म पानी दिन्छु। र उनी सासै नफेरी त्यो गिलासको पानी
खाईसक्छिन। म उनितिर हेर्दै भन्छुँ पानी अझैदिऊ? उनी भन्छिन भयो। त्यस्पछी म खाना पकाउँने तयारितिर लाग्छु। कोठामा निकैबेर मौंनता छाउँछ। धेरैपछी उनको आवाज आउँछ,म केही कुरामा सघाउँन सक्छु कि?अनी म भन्छु होस् छोड्दिनुस अब सकिनै लाग्यो, सधैं आँफैले गरेको काम हो केहीं गार्ह्यो भएको छैनँ। शायद उनीलाई भित्र भित्रै असजिलो महसुस भइरहेको थियो। म अनुमान लगाउँन सक्थे। आखिर भात पाक्यो, अनी मैले उनीलाई खानाको लागि गिलासमा पानी लगेर दिदै हात धुनको लागि भने। उनी असजिलो मान्दै खाना बसिन, म पनि दुइटा भाग टेवलमा राखेर खान बसे। उनी भन्दैथिन मलाई यत्रो खाना धेरै हुन्छ। म खाइ सक्दिनँ। अनी म भन्छु, होइन बिस्तारो खानैपर्छ तपाईंले त्यो बच्चाहरुले खानेजति खाना कतिनि धेरै हुदैनँ। अनी हामी दुबै खानातिर ध्यान केन्द्रित गर्दै मात्र चुपचाप खान्छौ। र खान्पिन सकेर ओछ्यानतिर लाग्छौं। अनी म फेरी उहाँका दुखेसा सुनाउँनको लागि आग्रह गर्छु। अनी उनी लामु सास फाल्दै भन्छिन, खै सबै कुरा भनेर सोध्ये पनि छैन। अनी म भन्छु, त्यो सब त ठीक हो मनैमनमा राखेर आखिर समस्याको सावधान पनि त हुदैनँ,भन्नै पर्छ तपाईंले मलाई। र उनी भन्छिन आफूले त धेरै पढ्न पनि सकिएन, त्यसैले सधैं केही गर्न सक्किन्न, भन्ने पिर र चिन्ताले सताइरहन्छ। यो नै मेरो असवल पंक्ष हो, अनी म भन्छु बिचैमा कुरा काटेर त्यस्तो सोंचाइले मान्छेलाई हिन्ताबोधको शिकार बनाउँछ। पढाई हाम्रो आफूभित्रको आडिलो हत्यार जरुर हो। तर कति जो चाहेर पनि शिक्षा हासिल गर्न सक्नु भएको छैन। त्यसैलाई नै सम्झेर आफ्नो भाग्यलाई धिक्कार्दै बसेर सावधान हुदैनँ, मानी लिउ तपाईंको एउटा शरीरको अंग कमजोर भयो अब म मरिहाल्छु, भनेर हरेस खानु त भएननी, बाँकी अंगलाई सहिराखेर सहज तरिका अप्नाएर जिउँनुनै मानिसको आबिस्कार भएको सार्थक्ता मनिन्छ। भन्दा हामी मानव प्रति कुनै अन्याय नहोला। अनी उनी भन्छिन, होनी त्यो त मैले आज पढ्न जानेकी भएँ खाली कागत मा सहि गरेर यो दु:ख त भोग्नु पर्ने थिएनँ। अनी म चुपचाप उनीका कुरा सुनिरहे। उनी भन्दै गइन,मेरो श्रीमानको मृत्युपछि म अनपढ भएर खाली कगजमा सहिछाप गराएर, मेरो भएको सिरी सम्पत्ती खोसेर खेदाउँने त थिएनन। अनी म सोध्छु, कसले खेदायो तपाईंलाई?अनी उनी भन्छिन सत्रु खोज्न बाहिर जानुपर्दो रहेनछ। आफ्नै सासू ससूरा देवर जेठाजु मिलेर। म आँफै भित्र दुख्न पुगे कतिखेर आँशु झर्यो पत्तै भएनछ। ठिकै छ चिन्ता नगर्नुस मैले पनि तेती धेरै पढ्ने शुभअवसर पाइन तर म तपाईंलाई अंक्षर चिनाएर यो अन्यायको बिरुद्दमा लड्नसक्ने बानाउँछु। तर तपाईंले हेरेस र हार
खानु भने हुदैन। अनी उनीले भनिन तर मेरो कारणले तपाईं किन यो दु:ख लिदै हुनुहुन्छ? न म तपाईंको आफन्ता हुँ न कुनै जिम्मेवारी र कर लाग्छ
तपाईंलाई, अनी म भन्छु, न यहाँ कोही पराइ छ, न कोही आफ्नो मात्र हाम्रो सोंच्ने मनका उपच हुन यि आफ्नो र पराइको भावना। तपाईंलाई दु:ख पर्यो
मैले थोरै सयोग गरेर तपाईंको खुशी फर्केर आउछ, भने मैले किन नगर्ने। मेरो मनले यिही सोच्छ। तपाईंको खुशी नै मेरो खुशी तपाईं आज दुखी हुनुहुन्छ। के मलाई तपाईंले खुशी मुद्रामा देख्नु भएको छ? अनी उनी छैन!हो त्यसो भएँ हामी सँग मनवताको बलियो नाता भन्दा के रहेछ तँ कुनै अरु, त्यसैले हामी सबैले एक अर्कालाई चिन्न नसकेको कारणले आज हामी हामी बिच्मा काटमार झैँ झगडा भैरहेको छ। जुन दिन हामीले एउटा ब्यक्तीको दु:ख हामी सम्पुर्णको दु:ख हो भनेर बुझ्ने कोशिश गर्छौ त्यो दिन देखि यहाँ कसैले कसैलाई रुंवाउँने छैनन, अनी शान्ति नै शान्ति आउँछ। अनी उनीले भनिनन तपाईंलाई म के दिनु र यसको बद्लामा म रित्तो छु। अनी मैले भने मलाई केही दिनु पर्दैन तर एउटा कुरा अबस्य दिनु पर्छ। त्यो के हो भने तपाईं भित्र मरिसेकेको मानवताको दरिलो साहस। तपाईंले यो कहिल्यै सोंच्न पाउँनु हुन्न कि म नितान्त एक्ली छु। त्यो हिन्ताबोध आजै आफ्नो मनबाटै झिकेर फाल्ने बचन दिनुस? र त्यो बचनको पालाना गर्न सिक्नुस, बस अरु मलाई केहीँ चाहिदैन। अनी उनी लामु सास फाल्दै हुन्छ, भनेर आफ्नो मुन्टो हल्लाउँछिन,केही दिन पछि मैले उनलाई चिट्ठी हेर्न सक्ने, अक्षर चिन्न सक्ने, बनाएर उनीलाई उन्कै गाउँ पठाएँ। मलाई आँफै देखि गर्व लाग्यो, उनिभित्र मरिसकेको हिमत र साहस फिर्ता आएको देखेर, उनी हेरक चुनौती सँग लड्न सक्छु,भन्दै हाँसेर बाटो लागिन, मान्छेको बलियो बाँच्ने आधारनै सहास रहेछ। तर जो कसैको सानो सयोगले आउँछ। हो त्यो नै मेरो जीवनको महत्वपूर्ण क्षणको रुपमा आज पनि म भित्र बाचीरहेको छ,
अस्तु!
0 comments:
Post a Comment