पृष्ठभुमि
मानव जाती लैङ्गिक रुपले दुई लिङ्गमा विभाजित छ । त्यो हो एउटा स्त्री र अर्को पुरुष । हाम्रो समाजमा पुरुष स्वाधिन छ र शासकको रुपमा स्थापित छ । यहि समाजमा महिलाहरु हाम्रो समाजको अघोषित रुपमा रहेको परम्परा रितिरिवाजको कारणले पराधिन र शासित भएर बाच्न विवस छन् । तर यो सबैको मुल तत्व भनेको नै लैङ्गिक विभेद हो । तर यो नै स्त्री र पुरुष विचमा भएको वर्तमान अवस्थाको कारक तत्व हो त यो अवश्य पनि होइन बरु त्यस विभाजनको माध्यमबाट विकसित अन्य कारक तत्वहरु छन् । जसको कारणले स्त्री र पुरुषको विचमा प्रभुत्व र दासत्वको सम्वन्ध स्थापित हुन पुगेको छ । अब हामीले बुझ्नु परेको छ कि ती कारक तत्व कसरी उत्पन्न भए र त्यसलाई उन्मुलन गर्न सकिन्छ । यी सबै प्रश्नहरु माथि प्रकाश पार्नको लागि हामी सबैले चिन्तन मनन् र विश्लेषण गर्न आवश्यक छ ।
आर्थिक रुपमा महिला
नेपाली समाजमा महिलाहरुलाई आर्थिक सामाजिक राजनीतिक रुपमा पछाडि पारिएको छ । जस्तै आर्थिक रुपमा महिलाहरु सम्पन्न छैनन् किन कि उनिहरुको नाममा जमीन हुँदैन । हुन त हाम्रो देशको कानुनले पैत्रिक सम्पतिमा छोरा सरह छोरीको पनि पैत्रिक सम्पतिमा समान अधिकार छ भनेर अन्तरिम सम्विधानमा प्रष्ट उल्लेख छ । तर हाम्रो रितिरिवाज चालचलनले त्यसो हुन दिएको छैन । नेपाली समाजले र सामाजिक आर्थिक नीतिले महिलालाई एउटा लहराको रुपमा लिएको छ । जस्तो कि ू कमजोरि विरुवालाई बासका झिक्राका नभई हुदैन ू हाम्रो समाज पनि महिलालाई यस्तै लहरा या कमजोर विरुवा सम्झने गर्दछ । उनिहरुको नजरमा अरुको आश्रय या सहारा विना बाच्न सक्तैनन् । यो सबै लैङ्गिक भिन्नताको कारणले भएको हो ।
महिलाहरुको सवलमा डां तसलिमा नसरीनले लेखेकी छन् ूजव म घरबाट बाहिर निस्कन्छु त्यतिखेर म जति टाढा किन नजाउ र भला कति टाढा पो जान सक्छु र सामाजिक पर्खाल मेरो वरिपरी भएर देखा पर्छ यो पर्खाल जेलको पर्खाल भन्दा निक्कै अग्लो छ ू उनको भनाई अनुसार जेलको कैदी त पर्खाल नाघेर भाग्न सक्छन् तर म यो सामाजिक पर्खाल नाघेर कही जान सक्तिन । यो सामाजिक पर्खाल नेपाली महिलाहरुमा पनि लागू हुन्छ । किन कि एउटी महिला जतिसुकै कमाउने पढेलेखेकी भए पनि उसलाई एउटा झिक्राको आवश्यकता पर्छ । किन कि उसलाई सोधिने गरिन्छ को सग बसेकी छौ वा प्रश्न गरिन्छ परिवार सग हो यदि ती महिलाले एक्लै बसेको छु भनिन् भने सोध्ने मानिस नाक खुम्च्याउँछ । अनि ति महिलाको बारेमा सोच्न थालिन्छ । हामी हाम्रो पित्रिसतात्मक सामाजिक घेराबाट माथि उठ्न सकेका छेनाँै । हाम्रो समाजको आर्थिक नीतिले पनि त्यस्तै पछाडि पारेको छ । हाम्रा बाबा आमाहरु छोराले मात्र कमाउँछ छोरीले कमाउन सक्दैनन् भन्नु हुन्छ । यदि कुनै छोरीले कमाइन भने छोरीको कमाई खाने मानिस आफुलाई निच सम्झन्छ र आत्म ग्लानी गर्छ । यस्तै कारणले सके सम्म महिलाहरुलाई जागिर खाना नलगाउने गरिन्छ । त्यसले गर्दा महिला आफैले आर्थिक कारोवार गर्न नपाउँने हुँदा घर समाजमा उनिहरुको भुमिका गौण हुन पुग्छ ।
सामाजिक रुपमा विभेद
समाजको धर्म सस्कृति रितिरिवाज परम्परा चालचलन मुल्य मान्यता र कानुन आदिबाट प्रभावित भई बनाइएका नीतिनियमले समाजमा महिलाहरुलाई पछाडि पारेको छ । यस्ता विभेद प्राकृतिक वा जैविक विशेषता नभई सामाजिक वा मानव निर्मित हुन । यसलाई समाजले चाहेमा वा समाज अग्रगतिमा लम्किएर चेतनशिल भएमा परिर्वतन गर्न सकिन्छ । हामी सबैमा इच्छा शक्तिको खाँचो पर्दछ । यस्ता चालचलनले महिलाहरुलाई अरुमा आश्रित बनाइएको छ । जस्तो कि घर धन्दा बच्चा परिवार स्याहार साधनहिन जस्ता भुमिका यो समाजले महिलालाई दिएको छ । यसको तुलनामा पुरुषलाई कमाउने सामाजिक काम राजनीतिक काम स्रोत साधनमा पहुँच र स्वामित्व निर्णयकर्ता मर्यादित नागरिक जस्ता भुमिकामा पुरुषलाई उभ्याएको छ । यस्ता सामाजिक स्वरुप र विशेषताका आधारमा महिला र पुरुषबिच हुने फरक व्यवहार नै लिङ्गभेद हो । हाम्रो समाजमा लिङ्गको आधारमा कामको बाडँफाड हुने र कामको आधारमा नै सामाजिक मुल्य मान्यताहरु निर्धारण हुने भएकाले लैङ्गिक विभेदको अन्त्य अपरिहार्य छ । तर आज सम्म हाम्रो समाजले महिलाहरुलाई कसरी कहाँनिर शोषण गर्न सकिन्छ भनेर चारैतिर सामाजिक पर्खाल खडा गरेको छ । जसको कारण महिलाहरु चार किल्लाको पर्खाल भित्र कैद हुन बाध्य भएका छन् । हाल सम्म महिलाहरुलाई सामाजिक बन्धनबाट कसरी शोषण गर्न सकिन्छ भनेर महिलालाई स्वादिष्ट फल झै ठानिन्छ । ताकि उनिहरुलाई आफुले चाहे अनुसार चुस्न काट्न उसको रस निकालेर प्यून सकिन्छ । किन कि हाम्रो समाजले महिलाहरुलाई एउटा बस्तु सरह दान दिइन्छ किनिन्छ र बेचिन्छ । एउटा महिला मानव नभएर कुनै बस्तु भइन भने के उनि स्वतन्त्र हुन्छिन त पक्कै पनि हुदिनन् । हाम्रा धर्म कर्म रितिरिवाजले यसरी नै बस्तु सरह हाम्रो शोषण गरेका छन् । हामी कुनै बस्तु होइनौ मानव हुन चाहान्छौ । स्वतन्त्र हुन चाहान्छौ कुनै बन्धन होइन परेवा जस्तै आफ्नो गन्तव्य चुम्न चाहान्छौ पिन्जडाको सुगा होइन । हामि महिलाहरु आगोको झिल्का बन्न चाहान्छौ ताकि यो सामान्ति रुढिवादी समाजले बनाएको सबै बन्धन र पर्खालहरु डढाउन भत्काउन सकियोस । हामी सामाजिक आर्थिक रुपमा सवल बन्न चाहान्छौ ताकि अरुको भरमा हामी होइन हाम्रो भरमा अरुलाई साहारा दिन सकियोस । यी भनाई केवल मेरो मात्र होइन सम्पुर्ण महिलाहरुको हो सबै महिलाको मनमा सायद यस्ता धेरै आक्रोस वितृष्ना र कुन्ठाहरु छन् हामीले चाहेर पनि परिवर्तन गर्न सकेका छैनौँ वा हामिले गरेको पर्विर्तन यो समाजलाई पाच्य हुँदैन र हामी खुम्चिन्छौ चुढिन्छौ र आफ्ना पाइला पछाडी सार्न बाध्य पारिएका छौ ।
पुँजीवादमा महिला
हामी सबैले आधुनिक समाजको कल्पना गरेका छाँै । आधुनिक समाजमा हरेक कुरा विज्ञापनको आधारमा किनबेच गरिन्छ । विज्ञापन विना यो समाजमा कुनै पनि वस्तुको बिकि्र वितण हुन गाह्रो छ । यो आधुनिक समाज हो भनेर कतिपय बुज्रुकहरु महिलाहरु पनि स्वतन्त्र छन् भनि फुकिरहेका छन् तर आधुनीकताको नाममा शोषण भएको छकि छैन भन्ने कुरा कसैले अनुमान गरेको छैन । किन कि पँुजीवादले महिलाको अगं अगंको विकि्र वितरण गर्छ । जस्तै महिलाको स्तन साप्रा जाँघबाट नै मोलतोल गरिन्छ । महिलाहरुलाइ थोरै आर्थिक प्रलोभन देखाउने र महिलाको शरिरको मोलतोल गर्ने गरिन्छ । कुनै एउटा कम्पनीले आफ्नो सामान उत्पादन गर् यो भने उसले त्यसको विज्ञापन राम्रो शरीर र जिउडाल भएकी महिला मार्फत गराउछ । ताकि उसले ती महिलाको रुप जिउडाल बेचेर आफु अरव पति बनोस । यहाँ हरेक बस्तुको विज्ञापनमा महिलाको प्रयोग गरिन्छ । उसको मधुर स्वर टम्म मिलेको जिउडालको फाइदा एउटा बहुराष्टिया कम्पनिले लिएको हुन्छ । तर महिलाले विज्ञापन गरेका सबै बस्तु धेरै फाइदा हुने अइस आरम दिने खालका हुन्छन । किन कि उनिहरुलाई कसरी लगाउदा राम्रो हुन्छ वा आनन्द हुन्छ भनेर पैसाले महिलाको अस्मिताको व्यपार गरिरहेको छ । ती सबै कुरा हामिलाई थाहा हुदैन किन कि हामी साना-साना कुरामा सन्तुष्ट हुन्छौ हामीलाई थोरै केही पाए पनि संसार जिते जस्तो हुन्छ र हामी त्यसैलाई स्वतन्त्रता ठान्छौ र हरेक पल बिकि्र भैरहन्छौ । यदि यो नै स्वतन्त्रता हो भने किन समाजका पुरुषले जस्तै हामीले पनि समान कामको समान ज्याला पाउँदैनौ त समाजमा समान हैसियात किन हुदैन त नीति नियम बनाउने ठाउमा पुग्दा पुग्दै पनि हाम्रो कुरा किन सुनिदैन समान हैसियत हुँदा पनि समान भुमिका किन दिइदैन यो सब पँूजीवादको देखाउने दातहो ताकि स्वतन्त्रताको नाममा उसले बेचिएको चाल नपाओस ।
समाजवादमा महिला
हामी नारी मुक्ति आन्दोलन अति तेजले लैजान चाहान्छौ कि जसको प्रभावले राजनीतिक सामाजिक परिवर्तन होस वा समाजवादको स्थापना होस । किन कि समाजको हरेक शोषणबाट मुक्त हुनलाई समाजवादको आवश्यकता पर्दछ । जुन समाज वर्ग विहिन हुन्छ लिङ्ग विहिन हुन्छ । हामीले चाहेको समाज यि दुवै हुन हामी त्यै समाजको खोजीमा सघर्षरत छौँ । यस मा लेनिनले भन्नु भएको छ स्त्री र मजदुर दुवैको मुक्तिको आवश्यकता छ किन कि यि दुवै शोषकको दास हुन ू हो समाजवादमा मात्र महिलाहरुलाई आर्थिक राजनैतिक सास्कृतिक र सार्वजनिक अधिकार पुरुषको बरावर प्रदान हुनेछ । व्यवहारिक जीवनमा र कानुनको दृष्टिमा स्त्री र पुरुष सामाजिक रुपले समान हुनेछन् । समाजवादमा मातृत्वलाई सामाजिक कृत्य मानिनेछ जुन परम्पराले महिलालाई दास बनएर राख्न खोज्दछ त्यसको खुलेर विरोध गर्न पाईन्छ । किन कि त्यस समयमा महिला श्रमिक र पुरुष श्रमिकको बराबर पारिश्रमिक मिल्छ । त्यसैले गर्दा राजनैतिक अधिकार पनि समान प्राप्त हुन्छ । यसो भयो भने महिलाहरुले पनि आशातीत प्रगती गर्ने छन् । त्यो बेला सम्म हामी लढिरहने छौ ।
निष्कर्ष
महिलाको सवालमा हामी सामाजिक रितिरिवाज विरोधी हौं जवकी पुरुष विरोधी होइनौं । हामी समानता चाहान्छौं समान व्यवहार चाहन्छौ । त्यसको लागि हामी महिलाहरु पनि जहाँ जसरी सक्छौ एक जुट हुन आवश्यक छ । किन कि हाम्रा समस्या समान छन् हाम्रा आवश्यकता समान छन् हामी सबै पिडित छौ भने हामी उठ्न जरुरी छ । यदि हामी अव पनि उठेनौ भने फेरी कसैले टोक्नेछ चिर्थोनेछ त्यो कुनै सुंगुर होइन कालो सर्व होइन यो अर्ध सामान्ति पुँजीवादि व्यवस्थामा मौलाएको कुरिति र कुसस्कार हो । अव महिला हो उठ !! आफ्नो मेरुदण्ड सोझो गराएर उठ !! हामी हिड्नु छ !! यो सडक हाम्रो हो यो चउर हाम्रो हो यो खेतबारी हाम्रो हो यो पथ हामो हो जहाँ सम्म देख्न सक्छौ त्यो सब हाम्रो हो । केवल प्राप्त गर्न लड्नु पर्छ हामी जाग्नु पर्छ र जुट्नु पर्छ !! ।
कल्पना थापा
1 comments:
nikai ramro lekh, sahi bisleshan.
Post a Comment