Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

भारतीय चलचित्रबाट प्रभावित नेपाली चलचित्र
नेपाली चलचित्र निर्माणको आधा शताब्दी बिति सक्दा पनि अहिले पनि नेपाली चलचित्र भारतीय चलचित्रबाट प्रभाबित छ । शुरुमा नेपाली चलचित्र स्तरीय भएपनि अहिलेका नेपाली चलचित्र हुबहु हिन्दी चिलचित्रको नक्कल गर्छन । आखिर किन गर्छन नेपाली निर्देशकले हिन्दी फिल्मको नक्कल के नेपाली निर्देशकहरुमा केही नौलोपन दिने खुबी छैन र कुनै पनि कुराबाट प्रभावित हुनु नराम्रो होइन् । हामीहरु कुनै न कुनै चीजहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएको हुन्छौ । हामीले प्रभावित भएको चीजबाट पुरै हुबहु नक्कल गर्ने होइन कि हामीले त्यसबाट शिक्षा लिएर एउटा नयाँ तरिकाले प्रस्तुत गर्न सक्नु पर्छ । तर हाम्रा नेपाली निर्देशकहरु हिन्दी चलचित्रको कथा सम्वाद तथा अन्य कुराहरु हुबहु नक्कल गर्छन् । अनि हाम्रो चलचित्र नौलो छ । अहिलेको परिपेक्षमा एउटा नयु चलचित्र निर्माण गरेका छौ भन्नलाई निर्देशकहरु पछि पर्दैन । नेपाली निर्देशकहरु ठान्छन होला नेपाली जनताहरुलाई जस्तो चलचित्र बनाएर देखाए पनि हुन्छ । तर अहिलेको समयमा नेपाली जनताहरु नेपाली निर्देशकहरु भन्दा अगाडि छन् । अब नेपाली चलचित्रको स्तर पनि प्राबिधिक रुपमा पनि नयाँ पन दिनु पर्छ ।

नयाँ प्रविधिको प्रयोग गर्नु पर्छ नेपाली फिल्ममा । नेपाली फिल्म गाउमा बस्नेको लागि मात्र नबनाई अब सबैको लागि बनाउन पर्छ । कथा पटकथामा नौलोपन दिनु पर्छ । आपुनै कुरा गर्ने हो भने म त्यति नेपाली चलचित्र हेर्दिन । कहिले काही नेपाली चलचित्र पनि हेरौन भनेर हेर्न जाँदा फिल्मको पि्रन्ट नै २० बर्ष अगाडिको चलचित्र हेरेको जस्तो हुन्छ । अनि कथा पटकथा सम्वाद कलाकारको अभिनय पनि त्यति राम्रो हुदैन । पुराना चलचित्रहरु जस्तै लाहुरे कुसुमे रुमाल हरु कति राम्रा छन् । अहिले निर्माता तथा निर्देशकले चलचित्रको संख्या बढाउन भन्दामा पनि केही स्तरीय चलचित्र बनाउनु पर्ने अवस्था छ ।
निर्माता तथा निर्देशकले हिन्दी फिल्मको हुबहु नक्कल गर्नु भन्दा पनि त्यसबाट केही शिक्षा लिनु पर्दछ । अहिलेको अवस्थामा नायक तथा नायिकाहरुको पनि हेयर स्टाइल कपडा लगाउने शैली परिर्वतन गर्नु पर्दछ । अहिले बजारमा निस्केको नयाँ फेसनको कपडा तथा हेयर स्टाइल गर्नु पर्दछ । नयाँ नयाँ ठाँउमा फिल्म सुटिङ्ग गर्नु पर्दछ । समयनुसार चलचित्र पनि परिवर्तन गर्नु पर्दछ ।

Anup Gurung

0 comments:

Post a Comment