Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

‘जरा जरा टच मि, टच मि, टच मि ,जरा जरा किस मि, किस मी, किस मि ……’ युवा पुस्ताले खुबै गुनगुनाउने र धेरै डान्स बारमा नृत्याङ्गनालाई अर्ध नग्न ( यति मात्रै, कि अझ बढी नै क ) बनाउने गीत पनि हो यो । अव, बिवाहितहरुसँग नै प्रश्न गरौं न ! के यो गीतले भनेजस्तै तपाईंको श्रीमतिको ब्यवहारले तपाईंको बेडरुमलाई आनन्दमय बनाउँछ कि बनाउँदैन ?

कि वात्सायनले भनेका पाँचवटा संबेदना जगाउने पुरानै सूत्रको निरन्तरता मान्नुहुन्छ यो गीतलाई ?

यदि त्यसै हो भने आउनुहोस, यसलाई आधुनिक जमानामा यसलाई यसरी बुझौं ।

तपाईंको बेडरुमलाई साँच्चैको आनन्ददायी बनाउन खासमा तपाईंले छालामा भएका चलायमान तन्तुहरुलाई उत्तेजित बनाउनै पर्छ । औंलाहरु बिस्तारै खेलाएर,मुख र ओठ चलाएर,नाक रगडेर र आँखामा आँखा जुधाएर तपाईं आफ्नो वैवाहिक सम्बन्धलाई साँच्चैको अनुपम बनाउन सक्नुहुन्छ ।


भारतकी यौन र मानवीय संवेदना मामलाकी जानकार रिता गंगवानीका अनुसार सहवासका बेलाको तपाईंको पूरा ध्यान आफ्नो पार्टनरप्रति नै हुनु जरुरी हुन्छ । यसले तपाईंलाई मात्र नभई पार्टनरलाई पनि उत्तिकै संतुष्टी दिने उनको धारणा रहेको छ । यसैगरी सेक्सको मामलाका विशेषज्ञ डा. सन्जय चुङले पनि संवेदना जगाउने बात्सायनका सूत्रहरु बैबाहिक जीवन दरिलो बनाउने अचुक उपाय भएको बताएका छन् ।’यदि जीवनमा स्वच्छ र उत्तेजनात्मक सारिरीक संबन्ध छ भने तपाईंको बैवाहिक जीवन कहिँकतै टुट्दैन ।’-उनको दावी रहको छ । उनले अगाडि थपे-’यदि दुईमध्ये एउटाबाट उत्तेजना घटाउने काम भयो भने त्यो दाँतमा ढुङगा लागेजस्तै हुन्छ ।’

शरीरशात्री डा. समिरको भनाई पनि झण्डैझण्डै उस्तै रहेको छ । उनका अनुसार बेडरुममा रहँदा एकले गरेको क्रियाकलाप आफ्नोलागि मात्र नभएर पार्टनरको लागि पनि हो भन्ने कुरा कदापी बिर्सनु हुँदैन । यसको लागि त्यहाँ नया प्रयोग नै आवश्यक हुन्छ भन्ने मान्यता नराख्न समेत उनले सुझाव दिएका छन् ।

उनका अनुसार वात्सायनले भनेजस्तो पाँचै जनेन्द्रियबाट हुने कामहरु- हेरेर, सुँघेर, सुनेर, छोएर र चाटेर गरिने क्रियाकलापहरुले सोझै दिमागसँग सम्बन्ध राख्ने भएकाले पनि बेडरुममा यी क्रियाकलाप साह्रै नै जरुरी छन् ।

मनोविश्लेषक रिताको भनाईमा प्रकृतिले मानवलाई दिएको सबैभन्दा महत्वपूर्ण शक्ति नै मनले शरीरलाई दिने निर्देशन हो । उनको अनुसार तपाईंको पार्टनरको मनलाई निर्देशनकोलागि तयार बनाउन पनि तपाईंले यी सबै क्रियाकला गर्नै पर्ने हुन्छ ।

ल आउनुहोस् यी सामान्य कुरालाई पनि अलिकति महत्व दिएर हेरौं :

१) आँखाको भाका बुझ्नुहोस् : वास्तवमा सेक्सको लागि कस्तो ठाउँ उपयुक्त हुन्छ भन्नेकुरा ब्यक्तिपिच्छेको हेर्ने दृष्टिमा फरक- फरक हुनसक्छ । तर,एउटा कुरा के महत्वपूर्ण हो भने, मैनबत्तिको मधुरो प्रकाश,रेसमी बिच्छ्यौना, धेरै सिरानीहरु जस्ता बस्तुहरुले तपाईंको सहवासलाई मधुर बनाउन मद्धत गर्छ । विज्ञहरुका अनुसार यो अवस्था जतिबेला र जहाँसुकै पनि उपलब्ध नहुनसक्छ त्यसैले यस्तो अवस्थाको सृजना गर्नकोलागि तपाईंले कुनै महत्वपूर्ण चाडलाई ठम्याउनुहोस् । विवाहको वर्षाठ, जन्मदिन लगायतका पर्वहरु यसकालागि उपयुक्त हुने उनीहरुको सुझाव रहेको छ ।

सुझावः

क) ऐनाको अगाडि उभिनुहोस् । अझ सक्नुहुन्छ र मौका मिल्छ साँभको सो अगाडिको सिटमा बसेर हेर्ने गर्नुहोस् ।

ख) एकअर्काको आँखामा गहिरिएर हेर्नुहोस र दुईबीचमा गहिरो संबन्धको महशुस गर्नुहोस् ।

ग) अश्लिल सिनेमाको जस्तै , धेरैको जीवनमा आउने प्रश्न हो यो । नआत्तिनुहोस् र तपाईंको पार्टनरबाट अश्लिल सिनेमाको हिरो वा हिरोइनको भूमिकाको आशा पटक्कै नगर्नुहोस् । स्वभाविक बन्नुहोस् ।

घ) मधुरो प्रकाश रोज्नुहोस्, ज्यादा उज्यालो गहिरो मायाकोलागि बाधक बन्नेगर्छ ।

सुगन्धको उपयोग : पसिनाको गन्धले धेरै जोडीलाई सहबासको लागि उत्प्रेरित गर्छ भन्ने मान्यता रहेको छ । यति हुँदाहुँदै पनि यसले कुनैबेला नकारात्मक असर पार्न सक्ने संभावना पनि रहने वित्रहरुको भनाई रहेको छ । त्यसैले प्रथमत् : तपाईंको पार्टनरको रुची के मा छ भन्ने ठम्याउनुहोस । बास्नादार मैनबत्ति र अन्य किसिमका परफ्युम पनि त्यसको लागि सहायक हुन सक्छ । बास्तवमा नारी कामातुर भएको बेला उसको शरीरबाट आउने पसिनाको गन्ध र वाफमा एककिसिमको सेक्स अपील हुन्छ । चलनचल्तीको भाषामा यसलाई आइमाई गन्ध पनि भनिन्छ । यसलाई बेलैमा संबोधन गर्न सक्नु ब्यक्ति नै मर्द हुन् भन्ने पनि तपाईंले ठम्याईहाल्नुहोस् । होइन भने ‘नामर्दको जोइ हुनुभन्दा मर्दको रखौटी’ हुनु बेस भन्ने डायलग तपाईंमाथि पनि आउनसक्छ ।

सुझावहरुः

क) सुगन्धभन्दा पनि यौन आवेगको बेला शरीरबाटै निस्कने ‘पसिना गन्ध’लाई नै महशुस गर्नुहोस् । तर, तपाईंको पार्टनरलाई यो मन पर्देन भने कुरा अर्को हुनसक्छ ।

ख) बेडमा गुलावजल र्छकनु तथा गुलावजलले नुहाउनु मात्र नभई अत्तरको प्रयोग अनि केही प्राकृतिक जडिबुटी पनि यसकोलागि सहायक हुनसक्छ ।

ग) माउथ फ्रेसर प्रयोग गरेर सासलाई पनि ठीक ठाउँमा राख्न सिक्नुहोस् ।

घ) अल्कोहलिक हुनुहुन्छ भने गाह्रो हुन्छ, भन्न त नमिल्ला पार्टनरसँग बसेर हल्का डि्रक पनि तपाईंकोलागि बरदान हुनसक्छ

जुठो खानुः पत्याउनुहोस् वा नपत्याउनुहोस्, जुठो खाएपछि माया झाङगिंन्छ नै । आइसक्रिम, क्रिमसहितका खानेकुरा, अंगुर अनि स्याउ मात्र होइन चकलेटहरु पनि बाँढेर खाँदा तपाईंलाई बेफाइदा पक्कै गर्दैन । पुरानो नेपाली समाजमा स्वास्नीलाई विवाह गरेर भित्र्याउनासाथ जुठो खुवाउने प्रचलनमा पनि यही सत्य लुकेको छ भला यसमा पुरुषवादी सोच हावी नै किन नहोस् ।

सुझावहरुः
मन पर्ने फलफूल बाँडिचुँडी खान तपाईंलाई सिकाउनै पर्दैन । यति हुँदाहुँदै पनि ति फलफूहरु एकअर्कालाई खुवाउनचाहिँ नभुल्नुहोस् ।

सुन्नुहोसः प्रेम प्रदर्शनको अवस्थामा गरिने कानेखुसी तथा अन्य प्रकारका आवाजले पनि बेडरुमलाई साह्रै नै गतिशिल बनाउने गर्छ । यसकोलागि तपाईंले कहिलेकाँहि कर्णप्रिय संगीत पनि रोज्न सक्नुहुन्छ । कोइली कराउने बेलामा यौन आवेग बढ्छ भन्ने पूराना कुरा पनि एकपटक संझनै पर्ने हुन्छ ।

सुझावहरुः

क) सुमुधुर संगीतलाई मधुरो गरी बजाउनुहोस् ।

ख) केही नखरा पार्नुहोस्।

ग) अलिकति अश्लिल कुरा गर्ने पर्छ, केही ननभेज जोक पनि भनिहाल्नुहोस् ।

घ) कुनै रोमान्टिक हिरो वा हिरोइनको प्रेम प्रसंग निकाल्नुहोस् र आफू पनि त्यस्तै हुन पाए भन्ने आसय पनि दर्शाउनुहोस् ।

ङ) ख्याल गर्नुहोस्, तपाईंको पलङ वा खाट बज्ने भयो भने चाहिँ बरबाद नै हुन्छ । तर सामान्य लचकता भने चाहिन्छ है ।

र, अन्त्यमा टच मि एण्ड किस मि : घाँटी, पाखुरा, कान, ओठ लगायतका शरीरका भागहरुलाई संवेदनशील भाग मानिन्छ । नारीको कपाल पनि संवेदनशील नै हुन्छ ।
तपाईंले यी अंगहरुमा ओठ वा हातले छोएर सहवासको लागि आमन्त्रण गर्न र सहवासलाई रोमाञ्चक बनाउन सक्नुहुन्छ ।

क) कोठाको तापक्रमलाई ख्याल गर्नुहोस् ।

ख) बेडसिट सकेसम्म रेसमी नै राख्नुहोस् ।

ग) गर्मी छ भने आइसको सानो टुक्रा उनको उनको घाँटीपछाडि छुवाईदिनुहोस् ।

घ) खुट्टाको रगर्डाई पनि आनन्दको कारक हुनसक्छ भन्ने सत्यलाई मनन गरिराख्नुहोस, गहिरो सासलाई कपाल र घाँटीतिर फ्याँक्नुहोस् । अन्त्यमा तपाईंको पार्टनरलाई आँखा चिम्लने अवस्थामा पुर्‍याउनुहोस् र खेल शुरु गर्नुहोस् । अस्तु ।

0 comments:

Post a Comment